बारम्बार सोधिने प्रश्नहरु

कर लाग्ने कारोबार गर्ने व्यक्तिलार्ई आयकरको दायरामा ल्याउन एवं नियमित रूपले कर संकलन गर्ने उद्देश्यले आयकर ऐन, २०५८ को परिच्छेद १७ मा श्रोतमा कर कट्टी / अग्रिम कर कट्टी सम्बन्धी प्रावधान रहेको छ । कुनै पनि व्यक्तिले आय वर्षमा गरेको आयलार्ई ऐनको परिच्छेद १७ अन्तर्गत उल्लिखित दफामा उल्लेख गरिएका भुक्तानीका किसिममा भुक्तानी गर्दा कै अवस्थामा तोकिएको दरले कर कट्टा गरी बाँकी रकम भुक्तानी गरिने व्यवस्थालार्ई भुक्तानीमा कर कट्टी भनिन्छ । अग्रिम कर कट्टी गर्ने तथा अग्रिम कर असुली गर्ने दायित्व भएको व्यक्तिले कर कानुनले तोकेको भुक्तानीमा कर कट्टी गर्नुपर्ने र लाभ तथा कारोवारमा अग्रिम कर असुली गर्नु पर्दछ । यसरी भुक्तानी कै समयमा अर्थात श्रोतमा नै कर कट्टी हुने भएकोले यसलाई भुक्तानी (श्रोत) मा कर कट्टी (Tax Deduction at Source, TDS) भनिन्छ । भुक्तानी गर्दा लाग्ने कर रकम भुक्तानी प्राप्त गर्नेबाट कट्टा गर्ने हुँदा यसलार्ई Withholding Tax पनि भनिन्छ । आय गर्दाका बखतमा नै कर तिरिने भएकाले यसरी कर तिर्ने अवधारणालार्ई Pay As You Earn (PAYE) समेत भनिन्छ । यस प्रणालीले गर्दा सरकारलार्ई अग्रिममा राजस्व संकलन पनि हुने र करको दायरामा बढी करदाता समेटिनुका साथै सरकार तथा करदाता दुवैको कर संकलन लागत (Compliance Cost) पनि न्यून हुन जान्छ । विशेष गरी असंगठित क्षेत्र, छरिएका र साना भुक्तानी एवं निष्कृय आय हुने प्राकृतिक व्यक्ति (Hard to Tax Group) को आयमा कर लगाउने उद्देश्यले समेत यस्तो प्रबन्ध गरिएको हो ।

आयकर ऐन, २०५८ को परिच्छेद १७ मा उल्लेख भए अनुसार लगानीबाट भएको आय, लाभांश, रोजगारीको आय, सेवा शुल्क, ठेक्का पट्टा (Contract) आदिमा गरिने भुक्तानीमा त्यस्तो भुक्तानी हुँदाका अवस्थामा नै अग्रिम कर कट्टा गरी बाँकी रकम भुक्तानी गरिन्छ । यसरी अग्रिम कर कट्टी गरेर मात्र भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्दा ऐनमा तोकेको दर अनुसार हुने रकम कट्टा गरी बाँकी रकम मात्र सो व्यक्तिलार्ई भुक्तानी गर्नु पर्दछ । यस्तो कर कट्टी गर्नुपर्ने दायित्व भएको व्यक्तिलार्ई अग्रिम कर कट्टी गर्ने व्यक्ति भनिन्छ । उदाहरणको लागि कुनै बासिन्दा रोजगारदाताले आफ्नो कर्मचारीलार्ई पारिश्रमिक भुक्तानी गर्दा भुक्तानीमा कर कट्टा गरी भुक्तानी गर्नुपर्ने दायित्व भएको अवस्था रहेछ भने यस्ता रोजगारदातालार्ई अग्रिम कर कट्टी गर्ने व्यक्ति भनिन्छ । अग्रिम कर कट्टी गर्ने व्यक्तिले सामान्यतया तल उल्लिखित भुक्तानीहरुमा अग्रिम कर कट्टी गर्नु पर्दछ ।

क्र.सं.

भुक्तानी (आय) को किसिम

अग्रिम कर कट्टी गर्ने व्यक्ति

ऐनको दफा

नेपालमा स्रोत भएको रोजगारीबाट कुनै कर्मचारी वा कामदारले प्राप्त गरेको पारिश्रमिक

पारिश्रमिक भुक्तानी गर्ने बासिन्दा रोजगारदाता

८७(१)

नेपालमा स्रोत भएको ब्याज, प्राकृतिक स्रोत, भाडा, रोयल्टी, सेवा शुल्क, कमिशन वा बिक्री बोनस र अवकाश भुक्तानी           

भुक्तानी गर्ने बासिन्दा व्यक्ति

८८(१)

ठेक्का वा करार बापत पचास हजार रुपैयाँभन्दा बढीको रकम भुक्तानी

भुक्तानी गर्ने बासिन्दा व्यक्ति

८९(१)

आकस्मिक लाभ बापतको रकमको भुक्तानी

भुक्तानी दिने व्यक्ति

८८क.(१)

 

 

अग्रीम कर कट्टी गर्नुपर्ने कुनै पनि भुक्तानी गर्दा भुक्तानीकर्ताले अग्रिम कर कट्टी गर्नुपर्दछ ।

अग्रिम कर कट्टी गर्न छुट भएमा अग्रिम कर कट्टी हुने व्यक्ति र सो अग्रिम कर कट्टी गर्ने व्यक्ति दुबैजना संयुक्त रुपमा र छुट्टा–छुट्टै रुपमा जिम्मेवार हुन्छन् ।

अग्रिम कर कट्टी भुक्तानी गर्दाका बखत वा खर्च लेख्दाका बखत गर्नुपर्दछ ।

अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी बाहेक अन्य अग्रिम कर कट्टीको रकम आय विवरण (D01 विवरण बाहेक) साथ दाखिला गर्नुपर्ने कर रकममा मिलान गर्न पाइन्छ ।

अग्रिम कर कट्टी हुने व्यक्तिले सो भुक्तानी गरेको आय वर्षमा दाखिला गर्नु पर्ने कर रकममा मात्र मिलान गर्न दाबी गर्न सक्छ । अग्रीम कर कट्टी भएको कर रकम मिलान गर्न कुनै वर्ष छुट भए पछिल्लो वर्षमा मिलान गर्न  पाइदैन । अन्य कर दायित्व चुक्ता गरेर बढी दाखिला गरेको अग्रिम कर फिर्ता माग गर्न वा आगामी आ.व. मा तिर्नुपर्ने कर रकममा मिलान गर्न पाईन्छ ।

भुक्तानीकर्ताले अग्रिम कर कट्टी गरेको रकम तोकिएको बैंकमा वा कार्यालयमा सम्बन्धित राजस्व शीर्षकमा दाखिला गरी सो को विवरण र राजस्व दाखिलाको जानकारी आफूले स्थायी लेखा नम्बर लिएको कार्यालय वा भुक्तानी स्थलबाट नजिकको/सम्बद्ध  रहेको  आन्तरिक राजस्व कार्यालयमा भुक्तानी गरिएको महिना समाप्त भएको २५ दिनभित्र दाखिला गर्नुपर्छ ।

अग्रिम कर कट्टी गर्ने व्यक्तिले अग्रिम कर कट्टी हुनेको विवरण आन्तरिक राजस्व  विभागको मातहतका सम्बन्धित कार्यालयहरुमा दिनु पर्दछ । यस्तो विवरण र रकम संयुक्त रुपमा वा छुट्टा–छुट्टै पेश गर्न सकिन्छ ।

इन्टरनेटबाट पनि अग्रिम कर कट्टी विवरण बुझाउने सुविधा छ । सोका लागि पहिलो एक पटक सम्बन्धित कार्यालयबाट गोप्य संकेत (Password) प्राप्त गर्नुपर्दछ । e-TDS गरेमा सम्बन्धित कार्यालयबाट प्रमाणित गराउनु पर्दछ ।

बासिन्दा ब्यक्तिले ऐनको ८७, ८८, ८८क., र ८९ बमोजिम भुक्तानीमा गर्नुपर्ने अग्रिम कर कट्टीका दर (आ. व. २०७८।०७९) को सम्बन्धमा समष्टिगतमा तल टेवलमा प्रस्तुत गरिएको छ ।

आकर्षित हुने दफा

भुक्तानीमा कर कट्टी हुने भुक्तानी

भुक्तानीमा कर कट्टीको दर %

दफ ८७ (१)

रोजगारीको आय (पारिश्रमिक)

अनुसूची १ को दफा १ वा २ मा तोकिएको दरले

दफा ८८(१)

नेपालमा स्रोत भएको व्याज भुक्तानी

१५ प्रतिशत

दफा ८८(१)

प्राकृतिक श्रोत, रोयल्टी, सेवा शुल्क, कमिशन, बिक्री वोनस, अवकाश भुक्तानी आदि

१५ प्रतिशत

दफा ८८(१)

९२(१)(ज)

वैठक भत्ता, पटके रुपमा गरिएको अध्यापन गराए बापत, प्रश्न पत्र तयार गरे वा उत्तर पुस्तीका जांच गरे वापतको भुक्तानी

१५ प्रतिशत

दफा ८८(१)(१)

९२(१)(छ)

नेपाल सरकार वा स्वीकृत अवकाश कोषबाट भएको योगदानमा आधारित अवकाश भुक्तानी रु. ५,००,००० वा ५० प्रतिशत मध्ये जुन बढी हुन्छ सो घटाई बाँकी रहने भुक्तानी

५ प्रतिशत

दफा ८८(१)(२)

दफा ९२(१)(च)

वासिन्दा रोजगार कम्पनीले गैर वासिन्दा व्यक्तिलार्ई भुक्तानी गरेको कमिशन

५ प्रतिशत

दफा ८८(१)(३)

दफा ९२(१)(च)

वायुयानको लिज (पट्टा) वापतको रकम भुक्तानी

१० प्रतिशत

दफा ८८(१)(४)

मूल्य अभिवृद्धि करमा दर्ता भएको सेवाप्रदायक वासिन्दा व्यक्तिलार्ई भुक्तानी गरेको सेवा शुल्कमा वा मूल्य अभिबृद्धि कर छुटको कारोवार गर्ने बासिन्दा निकायलार्ई भुक्तानी गरेको सेवा शुल्क

१.५ प्रतिशत

दफा ८८(१)(५)

बासिन्दा ब्यक्तिले नेपालमा स्रोत भएको भाडा भुक्तानी

१० प्रतिशत

दफा ८८(१)(५)(क)

मू्ल्य अभिवृद्धि करमा दर्ता भई सवारी साधन भाडामा दिने व्यवसाय गर्ने व्यक्तिलार्ई त्यस्तो सवारी साधनको भाडा बापत भुक्तानी गर्ने रकम

१.५ प्रतिशत

दफा ८८(१)(५)(ख)

प्राकृतिक व्यक्तिले घर बहाल बापतप्राप्त गरेको रकम

कर कट्टी गर्नु नपर्ने

दफा ८८(१)(७)

वासिन्दा व्यक्तिले भू उपग्रह, व्याण्डविथ, अप्टिकल फाइवर, दूरसंचार सम्बन्धी उपकरण वा विद्युत प्रशारण लाइन प्रयोग गरे वापतको भुक्तानी

१० प्रतिशत

दफा ८८(१)(६)

दफा ९२(१)(ञ)

सामुहिक लगानी कोष (म्यूच्युअल फण्ड) बाट बितरण गरिने प्रतिफल प्राकृतिक व्यक्तिलार्ई अन्य व्यक्तिलार्ई 

५ प्रतिशत

१५ प्रतिशत

दफा ८८(१)(८)

ढुवानी  सेवा  बापतको  तथा  ढुवानी साधन   भाडामा   दिए   बापतको भुक्तानी रकम

२.५ प्रतिशत

दफा८८(१)(९)

बासिन्दा  बैंङ्क  तथा  वित्तीय  संस्थाले नेपाल  राष्ट्र  बैङ्कले  तोकेको  क्षेत्रमा लगानी गर्न विदेशी बैङ्क वा अन्य वित्तीय संस्थाबाट विदेशी मुद्रामा    लिएको    ऋण    बापतको ब्याज भुक्तानी

१० प्रतिशत

दफा८८(१)(१०)

उपभोक्ताले  वस्तु  तथा  सेवा  खरिद गर्दा   प्रचलित   कानुन   बमोजिम भुक्तानी  कार्ड‚ इ–मनी (वालेट)‚मोवाइल  बैंकिङ्गजस्ता विद्युतीय भुक्तानीका  उपकरणबाट  भुक्तानी गरे  बापत  प्रदान  गरिने  प्रोत्साहन रकममा

कर कट्टी गर्नु नपर्ने

दफा८८(१)(११)

विदेशी विद्यालय वा विश्वविद्यालयलाई रजिष्ट्रेशन शुल्क, शिक्षण शुल्क तथा परक्षा शुल्क बापतको रकम भुक्तानी

५ प्रतिशत

दफा८८(१)(१२)

बासिन्दा बैङ्क तथा वित्तीय संस्थाले जीवन बीमा कम्पनीलाई निक्षेप बापत भुक्तानी गरेको ब्याजमा

५ प्रतिशत

दफा ८८(२)क

दफा ९२(१)(क)

कम्पनी वा साझेदारी फर्मले भुक्तानी गरेको लाभांश

५ प्रतिशत

दफा ८८(२)ख

दफा ९२(१)(ग)

लगानी बीमाको लाभ भुक्तानी

५ प्रतिशत

दफा ८८(२)ग

दफा ९२(१)(घ)

स्वीकृति नलिएको अवकाश कोषबाट लाभको भुक्तानी

५ प्रतिशत

दफा ८८(३)

दफा ९२(१)(ङ)

नेपालमा स्रोत भएको र व्यवसाय सञ्चालनसंग सम्वन्धित नभएको खण्डमा बासिन्दा बैंक, वित्तीय संस्था, सहकारी वा ऋणपत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित कानून बमोजिम सूचिकृत भएका कम्पनीले कुनै प्राकृतिक व्यक्तिलार्ई निक्षेप, ऋणपत्र, डिवेन्चर तथा सरकारी वण्डको बापत भुक्तानी गर्ने व्याज   

५ प्रतिशत

दफा  ८८ (१)

दफा ९२(१)(ङ)

बासिन्दा बैंक, वित्तीय संस्था, सहकारी वा ऋणपत्र जारी गर्ने अन्य कुनै  निकाय  वा  प्रचलित  कानुन बमोजिम सूचिकृत भएका कम्पनीले कर छुट पाउने  संस्थालाई भुक्तान गर्ने ब्याज

१५ प्रतिशत

दफा ८८(४)(क)

प्राकृतिक व्यक्तिले गरेको व्यवसाय सञ्चालनसँग सम्बन्धित बाहेकका अन्य कुनै भुक्तानी

कर कट्टी गर्नु नपर्ने

दफा ८८(४)(क१)

पत्रपत्रिकामा प्रकाशित लेख रचना वापतको भुक्तानी

कर कट्टी गर्नु नपर्ने

दफा ८८(४)(ख)

बासिन्दा बैंक वा अरु बासिन्दा वित्तीय संस्थालार्ई तिरेको व्याज

कर कट्टी गर्नु नपर्ने

दफा ८८(४)(ख१)           

सहकारी बैङ्क तथा सहकारी संघ संस्थाले एक आपसमा ऋण लगानी बापत तिरेको व्याज

कर कट्टी गर्नु नपर्ने

दफा ८८(४)(ख२)           

संवत् २०८२ साल चैत महिनासम्म वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न भएका दुईसय मेगावाट भन्दा माथिका जलाशय तथा अर्धजलाशययुक्त जलविद्युत्त आयोजनाले विदेशी  बैङ्क वा अन्य विदेशी वित्तीय संस्थाबाट विदेशी मुद्रामा लिएको ऋण बापत तिरेको ब्याज।

कर कट्टी गर्नु नपर्ने

दफा ८८(४)(ग)

कर छुट पाएको भुक्तानी

कर कट्टी गर्नु नपर्ने

दफा ८८(४)(घ)

क्रेडिट कार्ड जारी गर्ने वैंकलार्ई तिरेको इण्टररिजनल इण्टरचेन्ज शुल्क

कर कट्टी गर्नु नपर्ने

दफा ८८क(१)

दफा ९२(१)(झ)

आकस्मिक लाभ

२५ प्रतिशत

दफा ८८क(२)

दफा ९२(१)(झ)

साहित्य, कला, संस्कृति, खेलकुद, पत्रकरिता, विज्ञान, प्रविधि तथा सार्वजनिक प्रशासन क्षेत्रमा योगदान पुर्‍याए वापत प्राप्त हुने राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका पाँच लाख रुपैंयासम्मको पुरस्कार

कर कट्टी गर्नु नपर्ने

दफा ८९(१)

ठेक्का वा करार वापत रु. ५०,००० भन्दा वढी रकमको भुक्तानी

१.५ प्रतिशत

दफा ८९(३)(क)

गैर वासिन्दा व्यक्तिलार्ई भुक्तानी हुने ठेक्का वा करारमा

५ प्रतिशत

दफा ८९(३)(ख)

गैर वासिन्दा बीमा कम्पनीलार्ई भुक्तानी हुने  पुनर्बीमा प्रिमियम वा गैर वासिन्दा बीमा कम्पनीबाट पुनर्बीमा वापत प्राप्त हुने प्रिमियम रकमबाट दिइने कमिशन

१.५ प्रतिशत

दफा ८९(३)(ग)

गैर वासिन्दा व्यक्तिलार्ई हुने अन्य भुक्तानी

विभागले लिखित सूचना दिए बमोजिम

दफा ८९(३क)

उपभोक्ता समिति मार्फत काम गराउने गरी गरिएको पचास लाख रुपैया भन्दा बढीको भुक्तानी

१.५ प्रतिशत

दफा  ९५क(१)

कमोडिटी फ्यूचर मार्केट अन्तर्गत व्यापार गर्ने व्यक्तिबाट सो व्यवसायबाट प्राप्त गर्ने मुनाफा र लाभमा कमोडिटी फ्युचर मार्केट सेवा संचालन गर्ने निकायले असुल गर्नुपर्ने अग्रिम कर

१० प्रतिशत

दफा  ९५क(२)(क)

नेपाल धितोपत्र बोर्डमा सूचिकरण भएको निकायको हितको निःसर्गबाट प्राप्त लाभको भुक्तानी वासिन्दा प्राकृतिक व्यक्तिको हकमा

५ प्रतिशत

दफा  ९५क(२)(क)

नेपाल धितोपत्र बोर्डमा सूचिकरण भएको निकायको हितको निःसर्गबाट प्राप्त लाभको भुक्तानी वासिन्दा निकायको हकमा तीन सय पैसठ्ठी दिन भन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको पाँच प्रतिशत र तीन सय पैसठ्ठी दिन वा सो भन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको सात दशमलब पाँच प्रतिशत

५ प्रतिशत/७.५ प्रतिशत

दफा  ९५क(२)(क)

नेपाल धितोपत्र बोर्डमा सूचिकरण भएको निकायको हितको निःसर्गबाट प्राप्त लाभको भुक्तानी अन्यको हकमा  

२५ प्रतिशत

दफा  ९५क(२)(ख)

नेपाल धितोपत्र बोर्डमा सूचिकरण नभएको निकायको हितको निःसर्गबाट प्राप्त लाभको भुक्तानी वासिन्दा प्राकृतिक व्यक्तिको हकमा

१० प्रतिशत

दफा  ९५क(२)(ख)

नेपाल धितोपत्र बोर्डमा सूचिकरण नभएको निकायको हितको निःसर्गबाट प्राप्त लाभको भुक्तानी वासिन्दा निकायको हकमा

१५ प्रतिशत

दफा  ९५क(२)(ख)

नेपाल धितोपत्र बोर्डमा सूचिकरण नभएको निकायको हितको निःसर्गबाट प्राप्त लाभको भुक्तानी अन्यको हकमा  

२५ प्रतिशत

दफा ९५क(५)(क)

प्राकृतिक व्यक्तिको जग्गा वा निजी भवन निःसर्ग वापत भएको पूँजीगत लाभमा सम्पत्तिको स्वामित्व पांच वर्ष वा सो भन्दा बढी भएकोमा

२.५ प्रतिशत

दफा ९५क(५)(ख)

प्राकृतिक व्यक्तिको जग्गा वा निजी भवन निःसर्ग वापत भएको पूजीगत लाभमा सम्पत्तिको स्वामित्व पांच वर्ष भन्दा कम भएकोमा

५ प्रतिशत

दफा ९५क(६)

दफा ९५क(५) मा लेखिए देखि बाहेक अन्य कुनै व्यक्तिको स्वामित्वको जग्गा वा भवन निःसर्ग भएको मुल्यमा

१.५ प्रतिशत

दफा ९५क(६क)

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई भाषा परीक्षा तथा मानकीकृत परीक्षण शुल्क वापत विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउने बासिन्दा बैंक वा वित्तीय संस्थाले त्यस्तो परीक्षा शुल्क बापतको रकममा विदेशी मुद्राको सटही सुविधा दिएको वखत

१५ प्रतिशत

दफा ९५क(६ख)

व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराए बापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गरेको भए सम्बन्धित बैङ्क, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको  एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ।

१ प्रतिशत

दफा ९५क(६ग)

व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले व्यक्तिगत रुपमा नेपाल बाहिर परामर्श सेवा प्रदान गरे बापत विदेशी मुद्रामा कुनै भुक्तानी प्राप्त गरेको भएमा सम्बन्धित बैंङ्क, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ।

१ प्रतिशत

दफा ९५क(६घ)

व्यवसाय सञ्चालनमा संलग्न नरहेको बासिन्दा प्राकृतिक व्यक्तिले सामाजिक सञ्जालमा श्रब्यदृश्य सामग्री अपलोड गरे बापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गरेको भएमा सम्बन्धित बैंङ्क, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ।

१ प्रतिशत

दफा ९५क(७)

व्यापारिक प्रयोजनको लागि पैठारी हुने भन्सार दरबन्दीको भाग १ मा पर्ने राँगा, भैसी, खसी, बोका, च्यांग्रा, भाग ३ मा पर्ने जीवित,ताजा तथा हिमिकृत गरिएको माछा, भाग ६ मा पर्ने ताजा फुलहरु, भाग ७ मा पर्ने ताजा तरकारी, आलु, प्याज, सुख्खा तरकारी, लसुन, बेबी कर्न र भाग ८ मा पर्ने ताजा फलफुलहरुमा भन्सार प्रयोजनको लागि कायम मूल्यमा

५ प्रतिशत

भाग २ को मासु, भाग ४ को दूधजन्य पदार्थ, अण्डा, मह, भाग १० को कोदो, फापर, जुनेलो, चामल, कनिका, भाग ११ को मैदा, आंटा तथा पिठो, भाग १२ को जडिबुटि, उखु र भाग १४ को बनस्पतिजन्य उत्पादनमा

२.५ प्रतिशत

अवकाश कोष भनेको प्राकृतिक व्यक्ति वा निजको आश्रितलाई सेवाबाट सेवा निवृत भएपछि निश्चित समयपछि अवकाश भुक्तानी (जस्तैः– क.सं. कोष, नागरिक लगानी कोष वा स्वीकृत प्राप्त अवकाश कोषबाट हुने भुक्तानी वा उपदान, निवृत्तिभरण रकम) प्रदान गर्ने प्रयोजनको लागि रकम (योगदान रकम समेत) स्वीकार गर्ने र सो रकम तोकिएका क्षेत्रमा लगानी गर्ने उद्देश्यले मात्र स्थापना भएको निकाय/संस्था/कोष हो ।

अवकाश कोषमा जोसुकै प्राकृतिक व्यक्तिले वा निजको तर्फबाट निजको रोजगारदाताले योगदान गर्दछ । रोजगारी आय नभएका स्वतन्त्र पेशा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिले पनि अवकाश कोषमा योगदान गर्न सक्दछ ।

कर्मचारी संचयकोष, नागरिक लगानी कोष, योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन, २०७४ बमोजिम स्थापना भएको सामाजिक सुरक्षा कोषले अवकाश कोष राख्न चाहेमा त्यस्तो कोष, निवृत्तभरण  कोष  ऐन,  २०७५  बमोजिम स्थापना  भएको  निवृत्तभरण  कोषले अवकाश कोष संचालन गर्न सक्दछ भने आन्तरिक राजस्व विभागबाट स्वीकृती लिएका कुनै बासिन्दा व्यक्तिले (जस्तै बैक, वित्तिय संस्था) तोकिएको शर्तहरुको अधिनमा रही अवकाश कोष संचालन गर्न सक्दछ । यो कोष न्यास (Trust) को रुपमा संचालन हुने गर्दछ । रोजगारदाताबाट अवकाश योगदान स्वीकार गर्ने अवकाश कोषको व्यवस्थापन र संचालन रोजगारदाता भन्दा स्वतन्त्र रुपमा भएको हुनु पर्दछ । आयकर नियमावली, २०५९ ले अवकाश कोषको हिताधिकारीलाई १. सेवाबाट अवकाश प्राप्त गरेमा २. हिताधिकारीको उमेर ५८ वर्ष पुगेमा वा ३. हिताधिकारीको मृत्यु भएमा वा निज स्थायी रुपमा अपांग भएमा मात्र अवकाश भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । अवकाश कोषको वार्षिक लेखापरीक्षण महालेखा परीक्षकको विभागबाट स्वीकृति पाएको लेखापरीक्षकले मात्र गर्नु पर्दछ । अवकाश कोषमा जम्मा गरिएको वा प्राप्त हुने रकम स्वीकृत क्षेत्रहरु (आयकर नियमावली अनुसार) मा मात्र लगानी गर्नु पर्दछ । यस्तो कोषको चुक्ता पूँजी कम्तीमा रु. १ करोड हुनुपर्ने र हिताधिकारीको संख्या कम्तीमा १ हजार हुनु पर्दछ ।

कर्मचारी संचयकोष र नागरिक लगानी कोष बाहेकका निकायले स्वीकृत अवकाश कोष संचालन गर्न स्वीकृती लिनुपर्दछ । स्वीकृत अवकाश कोषमा जम्मा गरिने अवकाश योगदान रकममा कर लाग्दैन तर यस्तो अवकाश कोषमा अवकाश योगदान गर्दा वार्षिक तीन लाख रुपैयाँ वा निर्धारणयोग्य आयको एक तिहाईमा जुन घटी हुन्छ सो रकमसम्म मात्र हुनु पर्दछ भने योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन, २०७४ बमोजिम स्थापना भएको सामाजिक सुरक्षा कोषमा योगदान गर्नेको हकमा भने सो कोषमा योगदान गर्दा वार्षिक पाँच लाख रुपैयाँ वा निजको निर्धारणयोग्य आयको एक तिहाईमा जुन घटी हुन्छ सो रकमसम्म अवकाश योगदान गर्न पाउने व्यवस्था छ । यस्तो अवकाश योगदान रकम करयोग्य आयबाट घटाउन पाईन्छ । स्वीकृत नभएको वा स्वीकृति नलिएको अवकाश कोषमा अवकाश योगदान रकम जम्मा गर्दा अवकाश योगदान रकम करयोग्य आयबाट घटाउन पाईंदैन र कर लाग्दछ ।

स्वीकृत अवकाश कोषमा जम्मा गरेको रकम अवकाश प्राप्त गरेको कर्मचारीले वा ५८ वर्ष उमेर पुगेको beneficiary वा उसको आश्रित व्यक्तिले वा स्थायी रुपले अपांग भएको व्यक्ति वा मृत्यु भएको व्यक्तिको आश्रित व्यक्तिले झिक्न पाउँछ ।

स्वीकृत अवकाश कोषबाट हुने पटके भुक्तानी (जस्तै क.सं. कोषको रकम) मा भुक्तानी रकमको ५० प्रतिशत वा रु. ५ लाख जुन बढी हुन्छ सो रकम घटाई बाँकी रहने रकमलाई लाभ मानी यस्तो लाभमा ५ प्रतिशतका दरले कर लाग्दछ र यस्तो कर अन्तिम मानिन्छ । तर निवृत्तिभरण र यस्तै प्रकारको अन्य (वृत्तिको स्वरुपको) भुक्तानीका हकमा आयमा समावेश गरी कर तिर्नुपर्दछ । निवृत्तिभरण आयको हकमा पारिवारिक वा व्यक्तिको छुट रकमको २५ प्रतिशत रकम करयोग्य आयबाट घटाउन पाइन्छ । स्वीकृत नरहेको अवकाश कोषबाट हुने भुक्तानीको हकमा अवकाश योगदान रकममा कर लागी सकेको हुँदा, अवकाश भुक्तानी रकमबाट अवकाश योगदान रकम घटाई पूँजीगत लाभको गणना गर्ने र यस्तो लाभमा ५ प्रतिशतले कर लाग्दछ ।

स्वीकृत अवकाश कोषको स्वीकृत प्राप्त क्षेत्रको आयमा कर लाग्दैन तर अन्य आय र स्वीकृत नभएका अवकाश कोषहरुलाई अन्य निकाय सरह कर लाग्दछ ।

स्वीकृत अवकाश कोषमा रु.३ लाख वार्षिक वा कूल निर्धारणयोग्य आयको एक तिहाई रकममा जुन घटी हुन्छ, सो रकमसम्म अवकाश योगदान गरी (रोजगारदाताले थप्ने रकम समेत) करयोग्य आयबाट घटाउन पाइन्छ । यस्ता स्वीकृत अवकाश कोषहरु एक वा एकभन्दा बढी पनि हुन सक्दछन् । जस्तै क.सं. कोष र नागरिक लगानी कोष तथा बिभागले स्वीकृत दिएका अन्य अबकाश कोषमा अवकाश योगदान जम्मा गर्न पाईन्छ तर कूल अवकाश योगदान रकमले उपरोक्त तोकिएको सीमा नाघ्नु हुँदैन । योगदानमा आधारित सामाजिक सुरक्षा कोष योजनामा सहभागि हुनेको हकमा भने रु.५ लाख वा कूल निर्धारण योग्य आयको एकतिहाई रकममा जुन घटी हुन्छ सो योगदान गर्दा पाउँछ । तोकिएको सीमा भन्दा बढी रकम अवकाश कोषमा जम्मा गर्दा करयोग्य आयबाट घटाउन पाईंदैन ।

एकपटक अवकाश कोषमा योगदान गरेपछि संधै गर्नुपर्छ वा पर्दैन भन्ने कुराको करारोपणसंग सम्बन्ध छैन । योगदान स्वीकार गर्ने अवकाश कोष र योगदान गर्ने प्राकृतिक व्यक्ति बीचको करारमा यो कुरा भर पर्दछ ।

अवकाश कोषमा गरिने योगदान समान रहे पनि वा परिवर्तन भए पनि तोकिएको वार्षिक सीमा ननाघेसम्म करयोग्य आयबाट घटाउन पाइन्छ ।

स्वीकृत प्राप्त अवकाश कोषले प्राप्त रकम वा जम्मा गरिएको रकम स्वीकृत क्षेत्रमा मात्र लगानी गर्नुपर्दछ । स्वीकृत लगानी भन्नाले निम्न लगानी सम्झनु पर्दछ ।

            (क)       नागरिक लगानी कोषमा गरिएको लगानी,

            (ख)       सरकारी ऋणपत्रमा गरिएको लगानी,

            (ग)       बैंकमा गरिएको लगानी,

            (घ)       बैंकसंग सहवित्तीयकरणको आधारमा गरिएको लगानी, र

            (ङ)       आफ्ना शेयरहोल्डर बाहेकका हिताधिकारी (Beneficiary) लाई गरिएको लगानी ।

स्वीकृत अवकाश कोषमा रकम जम्मा गरेमा करयोग्य आयबाट तोकिए अनुसार

(निर्धारणयोग्य आयको एक तिहाई वा रु. ३ लाखमा जुन घटी हुन्छ सो रकम सम्म) घटाउन पाईन्छ अर्थात् कर दायित्व घट्न जान्छ । अनिवार्य वचत हुने गर्छ निवृत जीवनयापन गर्न सहज हुन्छ ।

स्वीकृत अबकाश कोषबाट रकम झिक्दा (भुक्तानी पाउँदा) सो रकमको ५० प्रतिशत वा ५ लाख जुन वढि हुन्छ सो रकम घटाई बांकी रकममा पाँच प्रतिशतका दरले कर लाग्दछ ।

व्यक्तिको रोजगारी, व्यवसाय वा लगानीसंग प्रत्यक्ष रुपले सम्बन्धित नरहेको अनपेक्षित आय वा पूर्व अनुमान नगरिएको आयलाई जस्तैः (चिठ्ठा,उपहार, पुरस्कार, बक्सिस,जितौरी तथा अन्य कुनै पनि आकस्मिक रुपमा प्राप्त हुने  लाभ) लाई  आकस्मिक लाभको आय भनिन्छ ।

आकस्मिक लाभको भुक्तानीमा अग्रिम कर कट्टी गर्नुपर्छ । आकस्मिक लाभको भुक्तानीमा २५ प्रतिशतका दरले अग्रिम करकट्टी गर्नु पर्दछ ।

कसैलाई जिन्सी सामान उपहार दिएमा वा चिठ्ठा परेमा सो को मौद्रिक मूल्य गणना गरी सो मूल्यमा अग्रिम करकट्टी गर्नुपर्दछ ।

उपहार वा चिठ्ठा प्राप्त गर्ने व्यक्ति अग्रिम कर बुझाउन नसक्ने अवस्थाको भए पनि करको भार वहन गर्नु नै पर्दछ । अन्यथा करको भार उपहार वा चिठ्ठा दिने व्यक्तिले व्यहोर्नु पर्दछ । यो भुक्तानीमा कर कट्टि गरिने प्रणालीबाट कर संकलन गरिने भएकोले यसको कर कानून परिपालनाको उत्तरदायित्व अग्रीम कर कट्टी गर्ने निकायको भएकोले यो जिम्मेवारी भुक्तानी गर्नेको हुन्छ ।

कुनै व्यक्ति वा संस्थाबाट प्राप्त चन्दा कर छुट संस्थाले प्राप्त गरेको भएमा मात्र आकस्मिक लाभ अन्तर्गत पर्दैन । अन्यथा अरु सबैको आकस्मिक लाभको परिभाषा भित्र पर्दछ ।

कलाकार वा खेलाडीले पाउने पुरस्कार रकममा आकष्मिक लाभ मानी कर लाग्दछ तर यस्तो पुरस्कार रकममा सरकारले कर नलाग्ने गरी छुट दिन सक्नेछ ।

आकस्मिक लाभमा आकस्मिक लाभको नामले आयकर लाग्छ ।

लगानीबाट प्राप्त हुने आय पूँजीगत आय अन्तर्गत पर्दछ भने लगानी नगरी अनपेक्षित तवरले प्राप्त गर्ने आय आकस्मिक लाभ अन्तर्गत पर्दछ ।

क्यासिनोमा जुवा खेल्दा जित भयो भने यस्तो रकम पनि आकस्मिक लाभ अन्तर्गत पर्दछ ।

नेपालमा रोजगारी, व्यवसाय, लगानी र आकस्मिक लाभको श्रोतबाट प्राप्त आयमा कर  लाग्दछ ।

व्यवसायिक रुपमा कृषिको कारोवार गर्ने फर्म, कम्पनी, साझेदारी तथा संगठित संस्थाहरु बाहेक अन्य
व्यक्तिको कृषि आयमा संघीय सरकारको तहमा कर लाग्दैन । तर कुनै फर्म, कम्पनी, साझेदारी तथा
संगठित संस्थाको रुपमा दर्ता गरी कृषि व्यवसाय गरी प्राप्त गरेको आयमा लाग्ने करमा पचास प्रतिशतले
कर छुट हुनेछ ।

रोजगारीको आयमा रोजगारीसँग सम्बन्धित ज्याला, तलब, विदा वापतको रकम, अतिरिक्त समय भत्ता, शुल्क, कमिशन, पुरस्कार, उपहार जस्ता रोजगारीका सम्बन्धमा गरिएका अन्य कुनै पनि समावेश हुन्छ ।

प्रत्येक महिनाको पारिश्रमिक रकमको भुक्तानीसँगै वा पटके रकमको भुक्तानीमा अग्रिम कर कट्टीको माध्यमले पारिश्रमिक आयकर दाखिला गर्नु पर्दछ ।

रोजगारीको आयमा आफूले कर तिर्ने नभई रोजगारदाताले कर कट्टी गर्ने भएकोले रोजगारदाताले नजिकको करदाता सेवा कार्यालय वा आन्तरिक राजस्व कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा ठूला करदाता कार्यालयमा कर रकम दाखिला गर्नु पर्दछ ।

लाग्दछ । तर सामाजिक सुरक्षा वापत १ प्रतिशतले लाग्ने कर भने लाग्दैन ।

पूर्वानुमानित कर भनेको वार्षिक रुपमा तिर्नुपर्ने कर रकम बारे आयकर ऐन, २०५८ को अनुसूची १ (करको दर सम्बन्धी) अनुसार तोकिएको अवस्थामा तोकिएको एकमुष्ट रकम तिरे पुग्ने कर हो ।

महिला, पुरुष वा अन्य लिंग भएको मानिस (Human Being) र प्राकृतिक व्यक्तिको स्वामित्वमा रहेको एकलौटी फर्म समेतलाई प्राकृतिक व्यक्ति भनिन्छ ।

आयकर ऐन, २०५८ र सम्बन्धित वर्षको आर्थिक ऐनले कर नलाग्ने छुट रकमको सिमा फरक फरक तोकेको हुन्छ । तर प्राकृतिक व्यक्तिको रोजगारी आय भएमा कर छुटको सिमा नभएकोले शुरुदेखि छुट सिमा सम्मको आयमा सामाजिक सुरक्षा कर लाग्दछ । आ.व २०७८।०७९ को लागि प्राकृतिक व्यक्तिको स्वामित्वमा रहेको एकलौटी फर्मको शुरु सिमा (एकल व्यक्तिको लागि रु.४ लाख तथा दम्पत्तिका लागि रु.४ लाख ५० हजार) मा आयकर लाग्दैन तर प्राकृतिक व्यक्तिको रोजगारीको आयको
शुरु स्ल्याव अर्थात एकल व्यक्तिको हकमा रु.४ लाख तथा दम्पत्तिको हकमा रु.४ लाख ५० हजार सम्मको आयमा समेत १% ले सामाजिक सुरक्षा कर लाग्दछ । तर निवृत्तभरण बापतको आय, निवृत्तभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्ति वा दम्पतीको हकमा १ प्रतिशत कर लाग्दैन ।

कुनै व्यक्तिले आफुले दाखिला गर्नु पर्ने कर दायित्व भन्दा वढि हुने गरि कर दाखिला गरेमा र तिर्नु पर्ने कुनै कर वाँकी वक्यौता नरहेमा वढि दाखिला गरेको रकम फिर्ता हुन्छ ।

(क)       बढी रकम दाखिला गरेको कारण उत्पत्ति भएको आय वर्षको समाप्ति भएको मितिले २ वर्ष भित्र,

(ख)       वढी रकम दाखिला मितिले २ वर्ष भित्र फिर्ता माग गर्नुपर्छ,

(ग)       मुद्दा फैसला भएको मितिले २ वर्ष भित्र ।

आयकर ऐनले तोकेको सामान्य व्याजदर सहित फिर्ता हुन्छ ।

करदाता दर्ता भएको सम्वन्धित कार्यालय ।

करदाताले वढि दाखिला गरेको पुष्टि हुने कागजात सहित सम्वन्धित कार्यालयमा निवेदन दिनुपर्छ ।

सम्वन्धित कार्यालय प्रमुख वा आन्तरिक राजस्व विभाग समक्ष ।

औषधी उपचार वापतको कर मिलानवाट वढि भएको रकम र वैदेशिक कर मिलान वापतको रकम ।

नेपालमा रोजगारी, व्यवसाय, लगानी र आकस्मिक लाभको श्रोतबाट प्राप्त आयमा कर लाग्दछ । श्रम (Lobour) को लगानीबाट प्राप्त हुने पारिश्रमिक, ज्याला, भत्ता सुविधा, बोनस, निवृत्तभरण, उपदान वा रोजगारीका सम्बन्धमा प्राप्त हुने कुनै पनि भुक्तानी रोजगारीबाट भएको आय अन्तर्गत पर्दछ । सक्रिय श्रम, पूँजीको निस्कृय लगानी र उद्यमशीलताको मिश्रणबाट गरिने उद्योग ब्यापार पेशा व्यवसायको श्रोतबाट प्राप्त हुने मुनाफा, लाभ, सेवा शुल्क, मालसामान वा सेवाको विक्रिबाट प्राप्त रकम, व्यवसायसँग सम्बद्ध पूँजीगत लाभ तथा व्यवसायसँग सम्बद्ध भुक्तानीहरु व्यवसायको श्रोतबाट प्राप्त आय मानिन्छ । कुनै पनि प्रकारले पूँजी वा पूँजीगत सम्पत्तिको लगानीबाट प्राप्त हुने लाभांश, ब्याज, रोयल्टी, भाडा, प्राकृतिक श्रोत वापतको भुक्तानी, लगानी विमा वा अवकाश कोषबाट प्राप्त लाभ, पूँजीगत लाभ वा लगानीसँग सम्बन्धित अन्य भुक्तानीहरु लगानीबाट भएको आय अन्तर्गत पर्दछ । चिठ्ठा, उपहार ,पुरस्कार, बक्सिस, जितौरी तथा अन्य कुनै पनि आकस्मिक रुपमा प्राप्त हुने लाभ आकस्मिक लाभको आय अन्तर्गत पर्दछ ।

आकस्मिक लाभहरु (जस्तै क्यासिनोको जितौरी, चिठ्ठा, पुरस्कार रकम आदि) मा प्राप्त भुक्तानी रकमको २५ प्रतिशतका दरले आयकर लाग्दछ ।

नेपाली बासिन्दा व्यक्तिको जहाँसुकैको आयमा पनि नेपालमा कर लाग्दछ तसर्थ बासिन्दा व्यक्तिले विदेशमा आर्जन गरेको आयमा पनि नेपालमा कर लाग्दछ । तर, विदेशमा तिरेको कर भने नेपालमा तिर्नु पर्ने करमा (नेपाली करको सरदर दरले हुने गणनामा नबढ्ने गरी) हिसाब मिलान गर्न वा खर्च लेख्न पाइन्छ ।

नेपालको करको औसत दरलाई निम्नानुसार बुझ्न सकिन्छ :-

करको औषत दर =  बिदेशी कर मिलान अघि जम्मा लाग्ने कर  x १००%

                                                            करयोग्य आय

व्यवसायिक रुपमा कृषिको कारोवार गर्ने फर्म, कम्पनी, साझेदारी तथा संगठित संस्थाहरुले बाहेक अन्य व्यक्तिको कृषि आम्दानीमा कर लाग्दैन ।

घर भाडामा १० प्रतिशतले आयकर लाग्दछ । यस्तो कर प्राकृतिक व्यक्तिका लागि अन्तिम हुने व्यवस्था छ । बहालमा लगाउने कम्पनीहरुका हकमा भने आय विवरण पेश गरी स्वयंकर निर्धारण गर्नु पर्दछ । आ.व. २०७५।०७६ देखि प्रकृतिक व्यक्तिले घरभाडा स्थानीय तहले तोकेको दरमा स्थानिय तहमा बुझाँउनु पर्छ भने निकायको हकमा घरभाडाकै कारोबार गर्ने निकायले १०% का दरले आन्तरिक राजस्व कार्यालय/करदाता सेवा कार्यालयमा घरभाडा बुझाउनु पर्दछ ।

विद्यालय संचालकले मुनाफा/लाभको रुपमा विद्यालयबाट आय आर्जन गरी जीविकोपार्जन गरेको रहेछ भने, संचालकलाई अरु करदाता सरह यस्तो मुनाफा/लाभमा कर लाग्दछ । यसका लागि आय विवरण पेश गरी स्वयंकर निर्धारण गरी कर दाखिला गर्नु पर्दछ । विद्यालय संचालकले प्रधान अध्यापकको रुपमा वा प्रमुख कार्यकारीको रुपमा कुनै पारिश्रमिक लिएको रहेछ भने, त्यस्तो आयमा रोजगारीको आय सरह अग्रिम कर कट्टी गरी राजस्व दाखिला गर्नु पर्दछ ।

भुक्तानीमा गरिएको (अग्रिम) करकट्टीको विवरण विद्युतीय प्रणाली (Internet) बाट बुझाउने व्यवस्था हो ।

अग्रिम कर कट्टी e-TDS को विवरण बुझाउने तरिका

    • Mozilla Firefox वेव व्राउजर प्रयोग गरी ird.gov.np पेजलोड गर्नुहोस ।
    • होमपेजमा भएको taxpayer portal क्लिक गर्नुहोस ।
    • तत् पश्चात प्राप्त हुने screen मा e-TDS Folder लाई छनौट गर्नुहोस ।
    • तत् पश्चात e-TDS मेनुमा क्लिक गर्नुहोस ।
    • Submission No. प्राप्त गर्न सब्मिशन नं. लिने फारम लाई छनौट गरी आवश्यकता अनुसारको बक्समा युजरनेम, पासवर्ड, स्थायी लेखा नं., विथहोल्डरको नाम, सम्बन्धित आ.रा.का. वा क.से.का. छनौट गरी, फोन नं., अग्रिम कर कट्टी अवधि( मिति देखि मिति सम्म) टाइप गरी (यदी तपाईले आर्थिक वर्ष २०६८।०६९ भन्दा अगाडीको भौचर मिति भएमा मात्र भौचर मिति टाइप गरी) Register Button मा क्लिक गर्नुहोस ।
    • अब तपाइले प्रविष्टि (Entry) गरेको विवरण सहित नयाँ सब्मिशन नं. र ट्रान्स्याक्सन भर्ने भन्ने दुइवटा Button देखा पर्नेछन । विवरण प्रविष्टि गर्ने ट्रान्स्याक्सन भर्ने (transaction Entry) बटनमा क्लिक गर्नुहोस ।
    • अब down Sample बटनमा क्लिक गरी नमूना फाइलमा भए अनुसारको अग्रिम करकट्टीको विवरणहरु Microsoft Excel files मा विवरणहरु प्रविष्टि गरी Save गर्नुहोस । यसरी Save गर्दा Micro soft Excel version 97 मा file name को तल देखिने File save as type मा क्लिक गरी Excel 97-2003 workbook format मा file save गर्नुहोस ।
    • यसरी तयार भएको file load Excel file मा क्लिक गरी विवरणहरु TDS भर्ने फारममा लोड गर्नुहोस ।
    • अब विवरणहरु ठीक संग लोड भएको छ कि छैन रुजु गरी यदी विवरण सबै ठिक भएको खण्डमा पेजको माथि पट्टी रहेको भौचर भर्ने फारममा क्लिक गर्नुहोस ।
    • अब भौचर विवरण जस्तै शीर्षक नं., भौचर नं. भौचर मिति, भुक्तानीको प्रकार (नगद, बैक वा गुडफर पेमेन्ट छनौट गरी) र रकम टाइप गरी Add Button मा क्लिक गर्नुहोस । भौचर संख्या १ भन्दा वढी भएमा सोही प्रकृया दोहोराउनुहोस ।
    • अब तपाईले अग्रिम करकट्टी विवरण तथा भौचर विवरण दाखिला -Submit_ गरिसक्नु भएको छ भने पूनः ट्रान्स्याक्सन -Transaction_ भर्ने फारममा भएको Save Button मा क्लिक गरी  विवरण Save गर्नुहोस ।
    • विवरण भर्ने कार्य पुरा भएको भए Submit Button मा क्लिक गरी अग्रिम करकट्टी विवरण सम्बन्धित ठूला करदाता कार्यालय वा आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा पेश गर्न Submit Button मा क्लिक गर्नुहोस ।
    • यदि विवरण पूर्ण भएको छैन भने Taxpayer portal को e-TDS Folder मा भएको e-TDS  Menu मा क्लिक गरी विथहोल्डर Login ट्यावमा क्लिक गरी विवरण भर्दा प्राप्त गरेको username Password र Submission No टाइप गरी पून विवरण अध्यावधिक गरी Submit Button मा क्लिक गर्नुहोस ।
    • अब Print Button मा क्लिक गरी विवरणहरु प्रिन्ट गरी सक्कल भौचर समेत लिएर सम्बन्धित ठुला करदाता कार्यालय वा आन्तरीक राजस्व कार्यालय वा कर दाता सेवा कार्यालयमा गएर विवरण Verify गर्नुहोस ।तपाईले पेश गर्न चाहानु भएको विवरण verify नभएसम्म विवरण पेश भएको मान्य हुदैन । अत: आफूले पेश गरेको विवरण तोकिएको समयमा नै सम्बन्धित कार्यालयमा गएर verify गराउनुहोस ।
    • थप सहयोगको आबश्यक भएमा e-TDS menu मा गई Help लिन सकिन्छ ।

यदि तपाईंको कर कट्टी गर्ने व्यक्तिले e-TDS मार्फत अग्रिम करकट्टीको विवरण बुझाएको रहेछ भने तपाईं आफैंले विद्युतीय प्रणाली (Internet) बाट हेर्न सक्नुहुन्छ ।

Username, Password प्राप्त गर्न सम्बन्धित ठूला करदाता कार्यालय वा आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क गर्नुहोस । त्यसपछि,

    • Mozilla Firefox वेव व्राउजर प्रयोग गरी ird.gov.np पेजलोड गर्नुहोस ।
    • होमपेजमा भएको taxpayer portal क्लिक गर्नुहोस ।
    • तत् पश्चात प्राप्त हुने screen मा e-TDS Folder लाई छनौट गर्नुहोस ।
    • तत् पश्चात e-TDS मेनुमा क्लिक गर्नुहोस ।
    • Withholdee Login मा क्लिक गर्नुहोस ।
    • Username, password राखी आफ्नो विवरण हेर्नुहोस।

पर्दैन । एकपटक दर्ता भएको Username, Password सँधै प्रयोग गर्न सक्नुहुन्छ ।

तपाईंले आय विवरणसाथ संलग्न गर्नुपर्ने अनुसूची १० मा कर दावी महलमा अन्य विवरणका अतिरिक्त  e-TDS को Transaction Number मात्र राखे पुग्छ, अन्य कागजात (भौचर, अग्रिम कर कट्टी फाराम) संलग्न गर्नु पर्दैन ।

कमिशन शब्दले वस्तु वा सेवाको खरीद बिक्री सम्बन्धी कुनै शर्त पुरा गरि दिए वापत प्रदान गरिने बिक्री बोनस भुक्तानी लगायत सबै भुक्तानीलाई समेटदछ ।

कमिशन भुक्तानीमा अग्रिम कर कट्टी गर्नुपर्छ ।

कमिशन भुक्तानीमा १५ प्रतिशतका दरले अग्रिम कर कट्टी गर्नुपर्छ ।

कुनै शर्त पुरा गरे वापत नगद वा जिन्सी उपहार दिएमा पनि अग्रिम कर कट्टी गर्नुपर्छ ।

कुनै शर्त पुरा गरे वापत नगद वा जिन्सी उपहार दिएमा पनि अग्रिम कर कट्टी गर्नुपर्छ ।

गैर बासिन्दा व्यक्तिलाई बासिन्दा रोजगार कम्पनिले भुक्तानी गरिने कमिशनमा ५ प्रतिशतका दरले अग्रिम कर कट्टी गर्नुपर्दछ ।

विक्री वापत कसैलाई वोनस स्वरुप कुनै भुक्तानी गरिएमा अग्रिम कर काट्नु पर्छ ।

हवाई टिकट विक्रीको कमिशन भुक्तानीमा पनि अग्रिम कर कट्टी गर्नु पर्दछ ।

देहाय बमोजिमका संस्थाहरुलाई कर छूट हुन्छ ।

क) आन्तरिक राजस्व बिभागबाट कर छुट पाउने संस्थाको प्रमाण पत्र पाएका नाफा नकमाउने उद्देश्यले स्थापना भएका सार्वजनिक प्रकृतिका सामाजिक, धार्मिक, शैक्षिक, परोपकारी संस्था, सदस्यहरुले लाभ नलिने गरी सामाजिक वा खेलकुद सम्बन्धी सुविधा प्रवर्द्धन गर्ने उद्देश्यले गठन भएका अव्यवसायी संस्था ।

ख) आयकर ऐन, २०५८ ले आयकर छुट हुने संस्थाका रुपमा परिभाषित गरेका निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक दल ।

कर छुट हुने संस्थाको कर नलाग्ने आय जस्तै संस्थाको उद्देश्यमा सहयोग पुर्र्याउन प्राप्त गर्ने चन्दा, उपहार, अनुदान, सदस्यता शुल्क वा सरकारी/गैर सरकारी (स्वदेशी वा विदेशी) संस्थाबाट प्राप्त सहयोग रकममा मात्र कर छुट हुन्छ । तर अरु व्यवसाय वा लगानी गर्ने करदाता झैं व्यवसाय वा लगानी गरेमा (जस्तै ब्याज वा घर भाडा आर्जन गरेमा) सोमा कर लाग्दछ ।

कर छूट हुने संस्थाले प्राप्त गर्ने कर नलाग्ने रकम जस्तै संस्थाको उद्देश्य प्राप्तिमा सहयोग पुर्‍याउन लिइएको चन्दा, उपहार, अनुदान, आर्थिक सहायता, सदस्यता शुल्क वा सरकारी तथा गैरसरकारी (स्वदेशी वा विदेशी) संस्थाबाट प्राप्त सहयोग रकममा कर छुट हुन्छ ।

कर छूट हुने प्रमाण पाउन सम्बन्धित इच्छुक संस्थाले कर छूटको लागि आन्तरिक राजस्व विभाग अन्तर्गत रहेका कार्यालयहरुमा निवदेन दिनु पर्दछ । यस्तो निवेदनमा इच्छुक निकाय, संघ वा संस्थाको नाम, PAN, सम्बन्धित निकायमा दर्ता भएको दर्ता नम्बर, ठेगाना, उद्देश्य, कृयाकलाप संचालन गर्ने स्थान, संस्थाको अध्यक्ष वा मुख्य व्यक्तिको नाम, पद, ठेगाना, संस्थाको आयश्रोत सम्बन्धी विवरण बारे उल्लेख गर्नु पर्दछ । कर छुट हुने प्रमाण पाउन इच्छुक संस्थाले निवेदनका साथ (क) संस्थाको गठन सम्बन्धी विधान, (ख) अन्य कुनै निकायबाट स्वीकृति लिनु पर्ने भए स्विकृती भएको प्रमाणपत्रको प्रतिलिपि, (ग) PAN को प्रमाणपत्रको प्रतिलिपि र (घ) लेखा परीक्षणको प्रतिवेदन भए सोको प्रतिलिपि पेश गर्नु पर्दछ ।

कर छुट पाउने संस्थाले आन्तरिक राजस्व विभाग अन्तर्गत रहेका कार्यालयहरुबाट स्थायी लेखा नम्बर लिनु पर्दछ । दर्ता प्रमाणपत्रको वर्षेनि आय वर्ष समाप्त भएको मितिले १ वर्ष भित्र नवीकरण गराउनु पर्दछ । संस्थाको आय विवरणहरु वार्षिक रुपमा दाखिला गर्नुपर्दछ । साथै अग्रिम कर कट्टी गरेको विवरण र कर रकम समयमा दाखिला गर्नु पर्दछ । आयकर लाग्ने कारोवार गरेको भए आय विवरण र कर रकम पनि आर्थिक वर्ष समाप्त भएको ३ महिना भित्र दाखिला गर्नु पर्दछ ।

कर छूट पाउने निवेदन साथ कुनै दस्तुर बुझाउनु पर्दैन ।

कर छुट पाउने संस्थाले अनिवार्य रुपमा लेखा परीक्षण गराई आय विवरणहरु वार्षिक रुपमा आर्थिक
वर्ष समाप्त भएको मितिले ३ महिना भित्र दाखिला गर्नु पर्दछ । त्यस्ता संस्थाले कर छुट हुने आयका
अतिरिक्त अन्य कर लाग्ने आय आर्जन गरेको भए तोकिएको समयमा किस्ताबन्दीको विवरण, वार्षिक
आय विवरण र कर दाखिला गर्नु पर्दछ ।

कर छुट प्रमाणपत्र लिएको संस्थाले करयोग्य कारोबार गरेको छ भने आर्थिक वर्ष समाप्त भएको
मितिले ३ महिना भित्र विवरण बुझाउनु पर्दछ । यदि करयोग्य कारोबार गरेको छैन भने नवीकरण
प्रयोजनको लागि आय वर्ष समाप्त भएको मितिले १ वर्ष भित्र आय विवरण सम्बन्धित आन्तरिक
राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा बुझाउनु पर्दछ ।

कर छुट पाउने संस्थाले PAN मा दर्ता भई (PAN लिई) आफूले अग्रिम कर कट्टी गर्नुपर्ने सबै भुक्तानीहरुबाट (जस्तै पारिश्रमिक, घर बहाल, ठेक्का/करार वा सेवाको भुक्तानी) आयकर ऐनले ताके अनुसारका दरले भुक्तानीका बखत वा खर्च लेख्दा अग्रिम कर कट्टी गरी सोको विवरण तथा कर रकम प्रत्येक महिना समाप्त भएको २५ दिन भित्र सम्बन्धित आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयहरुमा दाखिला गर्नु पर्दछ । समयमा अग्रिम कर कट्टी गरी रकम दाखिला नगरेमा शुल्क तथा व्याज लाग्छ ।

कर छुट पाउने संस्थाले यस्तो छुट पाउन निवेदन दिनु अगावै स्थायी लेखा नम्बर (PAN) लिई सक्नु पर्दछ ।

कर छूट पाउने संस्थाले प्रतिस्पर्धा गरी वा नगरी कुनै व्यावसायिक कारोवार (जस्तै ठेक्का, सेवा करार) गर्न सक्दछ तर यस्तो कारोवार कर लाग्ने कारोवार भएकोले ति कारोवारबाट प्राप्त आय/रकममा करछुटको प्रमाणपत्र लिएको भएतापनि आयकर ऐन अनुसार कर तिर्नु पर्दछ ।

कर छुट संस्थाको रुपमा स्वीकृति लिन आफूले स्थायी लेखा नम्वर लिएको आन्तरिक राजस्व विभाग मातहतको कार्यालयहरुमा सम्पर्क राख्नु पर्दछ ।

 कर छूट प्रमाणपत्र पाउन संस्थाको प्रमुखले वा संस्थाको अधिकृत प्रतिनिधिले निवेदन दिनु पर्दछ ।

कर छुट पाउने संस्थाको लागि आवश्यक निवेदनको ढाँचा इन्टरनेटबाट विभागको वेबसाईट www.ird.gov.np बाट प्राप्त गर्न सकिन्छ तर निवेदन आफूले स्थायी लेखा नम्वर लिएको आन्तरिक राजस्व विभाग मातहतको कार्यालयहरुमा पेश गर्नु पर्दछ ।

कर छुट लिन चाहने संस्थाले थप जानकारी लिन चाहेमा आ.रा.वि. वा आ.रा.का. वा करदाता सेवा कार्यालयको करदाता सेवा शाखा वा कार्यालयहरुको हेल्प डेस्कहरुमा सम्पर्क राख्नु पर्दछ ।

कर छुटको प्रमाणपत्र प्राप्त गरेको छुट पाउने संस्थाले आय वर्ष समाप्त भएको मितिले १ वर्ष भित्र
त्यस्तो प्रमाणपत्र नवीकरण गराउनु पर्दछ । यस्तो प्रमाणपत्र नवीकरण गर्न विभागले तोकेको ढांचामा
निवेदन साथ अघिल्लो आय वर्षको आय विवरण, लेखा परीक्षण भएको वित्तीय विवरण र अग्रिम कर
कट्टी गरी दाखिला गरेको विवरण समेत पेश गर्नु पर्दछ र कर अधिकृतले छानविन गर्दा कर छुट पाउने
देखिएमा त्यस्तो प्रमाणपत्र नवीकरण गरिनेछ ।

कर छुट संस्थाको रूपमा दर्ता भई करछुटको प्रमाणपत्र प्राप्त गर्न र प्राप्त करछुटको सुविधालार्ई
निरन्तरता दिन देहाय बमोजिमको प्रक्रिया र शर्त पुरा गर्नुपर्दछ ।
१. कर छुटको लागि संस्था दर्ताको प्रमाणपत्र, संस्थाको विधान, स्थायी लेखा नम्बर दर्ता
प्रमाणपत्र र पहिलेदेखि सञ्चालन भइरहेको संस्था भए अघिल्लो आय वर्षको लेखा परीक्षण
प्रतिवेदन साथ आय विवरण समेत पेश गरी सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनु
पर्दछ । तर ऐनमा दर्ता हुनु नपर्ने भनी तोकेको कुनै संस्थाले दर्ता हुन निवेदन दिइरहनु पर्दैन ।
२. निवेदक ऐनको दफा २ को खण्ड (ध) ले “कर छुट पाउने संस्था” को रूपमा परिभाषित
गरेको नाफा कमाउने उद्देश्य नभएको परोपकारी सामाजिक संस्था हुनुपर्दछ ।
३. कर छुट प्राप्त संस्थाले हरेक वर्ष आय वर्ष समाप्त भएको एक वर्ष भित्र आय विवरण
दाखिला गरी करछुटको प्रमाणपत्र नवीकरण गर्नु पर्दछ ।
४. त्यस्तो संस्थाले आफ्नो लेखापरीक्षण भएको वार्षिक वित्तीय विवरण साथ एक वर्ष भित्र आय
विवरण पेश गरी ऐनको दफा १०(छ) बाहेकका अन्य कुनै रकम प्राप्त गरेको भएमा लाग्ने कर
दाखिला गर्नु पर्नेछ ।
५. छुट प्राप्त संस्थाको लेखापरीक्षण गर्ने लेखापरीक्षकले आफ्नो प्रतिवेदनमा आयकर ऐन,
२०५८ को परिच्छेद–१७ अनुसार अग्रिम कर कट्टी गरेको, ऐनको दफा १०(छ) बाहेकका अन्य
कुनै रकम प्राप्त गरेको वा नगरेको र संस्थाको उद्देश्य अनुसारको मात्र कार्य गरेको वा
नगरेको विषय उल्लेख गर्नु पर्दछ ।
६. कर छुट प्राप्त गर्ने संस्थाले प्राप्त गरेको भुक्तानीमा आयकर ऐन, २०५८ को परिच्छेद १७ अनुसार
भुक्तानी दिने निकायले अग्रिम कर कट्टी गर्नुपर्ने भुक्तानी भए कर कट्टी गर्नुपर्ने र यसरी अग्रिम कर
कट्टी भएको रकमको आयमा कर लाग्ने नदेखिएमा कर फिर्ता माग गर्नु पर्दछ ।

७. करयोग्य कारोबार गर्ने व्यक्ति तथा संस्थासँग प्रतिस्पर्धा गरी प्राप्त गरेको अनुदानलार्ई कर
छुटको रूपमा मान्यता हुदैन ।
८. कर छुट पाएको कुनै संस्थाले आफ्नो सम्पत्ति र आफूले प्राप्त गरेको रकमबाट कुनै व्यक्ति
विशेषलार्ई व्यक्तिगत फाइदा पुर्‍याएको हुनु हुदैंन । त्यसरी फाइदा पुर्‍याएको भए कर
छुट पाउने संस्थाको हैसियत रहन्न ।
९. कर छुट प्राप्त गरेको संस्थाले आफ्नो विधानमा उल्लेख भएको उद्देश्य विपरित कार्य गर्नु हुदैन ।


देहायको कुनै एक वा एक भन्दा बढी अवस्थामा कुनै करछुट संस्थाको रूपमा दर्ता भई कर छुटको
प्रमाणपत्र प्राप्त गरेको संस्थाको कर छुटको सुविधा समाप्त हुन जान्छ ।
१. सो संस्था नाफा कमाउने उद्देश्य नभएको सार्वजनिक वा परोपकारी संस्थाको रूपमा नरहेमा,
२. सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा तोकिएको समयमा लेखापरीक्षण भएको वित्तीय
विवरण साथ आय विवरण पेश नगरेसम्म ।
३. संस्थाको सम्पत्ति र आय रकमबाट कुनै व्यक्तिलार्ई कुनै व्यक्तिगत फाइदा पुर्‍याएमा ।
४. संस्थाको विधानमा उल्लेख भएको उद्देश्यभन्दा बाहेकका अन्य कार्यमा संलग्न भएमा ।
५. कर छुटको प्रमाणपत्र प्राप्त गरेको संस्थाले कर छुटको प्रमाणपत्र नवीकरण नगराएसम्म ।

नेपालमा लाग्ने आय करको दर आयकर ऐन, २०५८ को अनुसुची – १ मा उल्लेख गरिएको छ । यो अनुसूचीलाई सालबसाली आर्थिक ऐनले आयकर ऐनलाई संशोधन गरिरहने भएकोले सम्बन्धित आर्थिक वर्षको आर्थिक ऐन पनि हेर्नुपर्दछ । आयकर ऐनको दफा ११ ले केही क्षेत्र र व्यवस्थालाई करको सहुलियत दिएकोले यसको आधारमा वास्तबिक करको भार थाहा पाउन सकिन्छ ।

हाल आयकरको दर न्यूनतम १ प्रतिशत देखि १०, १५, २०, २५ र अधिकतम ३० प्रतिशतसम्म रहेको छ । तर ऐनको दफा ११ ले केही क्षेत्रगत व्यबसायमा र वर्गलाई आंशिक छुट दिएको छ ।

 

ऐनको दफा

विषय

दर

९५क(१)

कमोडिटी फ्युचर मार्केट व्यवसायबाट प्राप्त गर्ने मुनाफा र लाभमा

१० प्रतिशत

९५क (२)क

नेपाल धितोपत्र बोर्डमा सूचिकरण भएको निकायको हितको निःसर्गबाट प्राप्त लाभको भुक्तानी वासिन्दा निकायको हकमा तीन सय पैसठ्ठी दिन भन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको पाँच प्रतिशत र तीन सय पैसठ्ठी दिन भन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको सात दशमलब पाँच प्रतिशत

५ प्रतिशत/ ७.५ प्रतिशत

नेपाल धितोपत्र वोर्डमा सूचिकरण भएको निकायको हितको निसर्गबाट प्राप्त लाभ रकमको हकमा  (बासिन्दा निकायको लागि)

१० प्रतिशत

नेपाल धितोपत्र वोर्डमा सूचिकरण भएको निकायको हितको निसर्गबाट प्राप्त लाभ रकमको हकमा  (अन्यको हकमा)

२५ प्रतिशत

९५क (२)ख

नेपाल धितोपत्र वोर्डमा सूचिकरण नभएको निकायको हितको निसर्गबाट प्राप्त लाभ रकमको हकमा  (बासिन्दा प्राकृतिक ब्यक्तिको लागि)

१०प्रतिशत

नेपाल धितोपत्र वोर्डमा सूचिकरण नभएका निकायको हितको निसर्गबाट प्राप्त लाभ रकमको हकमा  (बासिन्दा निकायको लागि)

१५ प्रतिशत

नेपाल धितोपत्र वोर्डमा सूचिकरण नभएका निकायको हितको निसर्गबाट प्राप्त लाभ रकमको हकमा  (अन्यको हकमा)

२५ प्रतिशत

९५क (५)क

प्राकृतिक ब्यक्तिले ५ वर्ष भन्दा बढी अबधीको स्वामित्व धारण गरेको गैर व्यवसायिक करयोग्य सम्पत्ती (जग्गा तथा घरजग्गा) को निसर्ग भएको पूजीगत लाभमा

२.५ प्रतिशत

९५क (५)ख

प्राकृतिक ब्यक्तिले ५ वर्ष भन्दा कम अबधीको स्वामित्व धारण गरेको गैर व्यवसायिक करयोग्य सम्पत्ती (जग्गा तथा घरजग्गा) को निसर्ग भएको पूजीगत लाभमा

५ प्रतिशत

९५क (६)

दफा ९५क(५) मा लेखिए देखि वाहेक अन्य कुनै व्यक्तिको स्वामित्वको जग्गा वा भवन नि:सर्गको मूल्यमा

१.५ प्रतिशत

९५क (७)

व्यापारिक प्रयोजनको लागि पैठारी हुने भन्सार दरबन्दीको भाग १ मा पर्ने राँगा, भैसी, खसी, बोका, भेडा, च्याङग्रा, भाग ३ मा पर्ने जीवित, ताजा तथा हिमिकृत गरिएको माछा, भाग ६ मा पर्ने ताजा फूलहरु, भाग ७ मा पर्ने ताजा तरकारी, आलु प्याज, सुख्खा तरकारी, लसुन, बेबी कर्न र भाग ८ मा पर्ने ताजा फलफूलहरुमा भन्सार प्रयोजनको लागि कायम मूल्यमा

५ प्रतिशत

भाग २ को मासु, भाग ४ को दूधजन्य पदार्थ, अण्डा, मह, भाग १० को कोदो, फापर, जुनेलो, चामल, कनिका, भाग ११ को मैदा, आँटा तथा पिठो, भाग १२ को जडिबुटी, उखु र भाग १४ को वनस्पतिजन्य उत्पादनमा

२.५ प्रतिशत

 

पूर्वाधार विकास निर्माणका सम्बन्धमा नेपाल सरकार र कुनै व्यक्ति बीच भएको सम्झौत भए सम्झौता अवधिभर कायम भएको सम्झौताको दर लागु हुन्छ । करको दर २० प्रतिशत रहेको छ ।

सरकारले तोकेको दुर्गम क्षेत्रमा सञ्चालन गरिने उद्योग धन्दाहरुका लागि उद्योग सञ्चालन मितिले १० वर्षसम्म आयकर लाग्दैन । सो पछिका आय वर्षमा लाग्ने आयकरको पचास प्रतिशत सम्म कर  लाग्दछ ।

आयकर ऐन, २०५८ को दफा ११ बमोजिम व्यवसायको आयमा छुट तथा सुविधाहरु (Concession) सम्बन्धी व्यवस्थालाई तलको तालिकामा प्रष्ट पारिएको छः

व्यवसायिक छुट तथा सुविधाहरु (आय वर्ष २०७८/७९ को लागि)

सि.नं.

   दफा

व्यवसाय/निकायको विवरण/आयको अवस्था

कर छुट तथा सुविधा

दफा ११(१)

कुनै फर्म, कम्पनी, साझेदारी तथा संगठित संस्थाको रुपमा दर्ता गरी कृषि व्यवसाय गरी प्राप्त गरेको आयमा र भूमि सम्वन्धी ऐन, २०२१ को दफा १२ को खण्ड (घ) र (ङ) मा उल्लेख भए बमोजिमको जग्गामा कृषि व्यवसायबाट प्राप्त भएको बाहेक अन्य कृषि आम्दानीमा

कर नलाग्ने

दफा ११(१)

कुनै फर्म, कम्पनी, साझेदारी तथा संगठित संस्थाको रुपमा दर्ता गरी कृषि व्यवसाय गरी प्राप्त गरेको आयमा लाग्ने करमा

५० प्रतिशतले छुट

दफा ११(२)

सहकारी ऐन, २०७४ बमोजिम दर्ता भई सञ्चालन भएको कृषि वा वन पैदावरमा आधारित रेशम खेती तथा रेशम उत्पादन, फलफूल खेती, उत्पादन तथा फलफूल प्रशोधन, कफी खेती तथा प्रशोधन, जडिवुटी खेती तथा प्रशोधन, तरकारीका बीउ बिजन उत्पादन, मौरीपालन, मह उत्पादन, रबर खेती, कवुलियति वन, एग्रोफरेष्ट्री आदि व्यावसायिक वन सम्वन्धी व्यवसायहरु जस्ता कृषि तथा वनजन्य उद्योगहरु, तरकारी भण्डारका लागि स्थापित शीत भण्डार, कृषि सम्वन्धी बीउ विजन, पशु आहारा, दाना, कीटनाशक औषधि, मल तथा कृषि औजार (यान्त्रिक शक्तिवाट चल्ने बाहेक) को कारोवार गर्ने सहकारी संस्था तथा गाउँपालिका क्षेत्रमा सञ्चालित सहकारी संस्था वा संघको आयमा तथा यस्तो संस्था वा संघले वितरण गरेको लाभांशमा समेत

कर नलाग्ने

दफा ११(२क)

गाउँपालिकाको क्षेत्रमा सञ्चालित लघु वित्त संस्था, ग्रामिण विकास बैङ्क, हुलाक बचत बैंङ्क, र उपदफा (२) बमोजिमका सहकारीमा जम्मा गरेको निक्षेपबाट आर्जित वार्षिक पच्चीस हजार रुपैंयासम्मको ब्याज आयमा

कर नलाग्ने

दफा ११(२ख)

वर्षभरी पूर्णरुपले सञ्चालनमा रहेको विशेष उद्योगबाट भएको आयमा लाग्ने करमा देहाय बमोजिम छूट हुने

-बासिन्दा प्राकृतिक व्यक्तिको आयमा तीस प्रतिशतका दरले कर लागेको रहेछ भने सो करमा

- निकायको आयमा लाग्ने करमा

 

एक तिहाईले छुट

बीस प्रतिशतले छुट

दफा ११(३)(क)

कुनै व्यक्तिलाई कुनै आय वर्षमा विशेष उद्योग र सूचना प्रविधि उद्योगबाट भएको आयमा देहाय बमोजिम कर लाग्ने

- एक सय वा सो भन्दा बढी नेपाली नागरिकलाई वर्षभरी नै प्रत्यक्ष रोजगारी दिएमा लाग्ने करको

- तीन सय वा सो भन्दा बढी नेपाली नागरिकलाई वर्षभरी नै प्रत्यक्ष रोजगारी दिएमा लाग्ने करको

- पाँच सय वा सो भन्दा बढी नेपाली नागरिकलाई वर्षभरी नै प्रत्यक्ष रोजगारी दिएमा लाग्ने करको

- एक हजार वा सो भन्दा बढी नेपाली नागरिकलाई वर्षभरी नै प्रत्यक्ष रोजगारी दिएमा लाग्ने करको

 

 

९० प्रतिशत

 

८० प्रतिशत

 

७५ प्रतिशत

 

७० प्रतिशत

तर महिला, दलित वा अपाङ्गहरु मध्ये कम्तीमा तेत्तीस प्रतिशतलाई समेत समावेश गरी एक सय जनाभन्दा बढी नेपाली नागरीकलाई वर्षभरी प्रत्यक्ष रोजगारी दिएमा तिर्नुपर्ने रकममा थप दश प्रतिशत छुट हुने 

तिर्नुपर्ने रकममा थप १० प्रतिशत छुट

दफा ११(३)(ख)

क. अति अविकसित क्षेत्रहरुमा विशेष उद्योग सञ्चालन भएको भए त्यस्तो उद्योगले व्यवसायिक उत्पादन वा कारोवार सुरु गरेको मितिले दश वर्ष सम्म आयमा लाग्ने करको

१० प्रतिशत कर लाग्ने

ख. अविकसित क्षेत्रहरुमा विशेष उद्योग सञ्चालन भएको भए त्यस्तो उद्योगले व्यवसायिक उत्पादन वा कारोवार सुरु गरेको मितिले दश वर्ष सम्म आयमा लाग्ने करको

२० प्रतिशत कर लाग्ने

ग. कमविकसित क्षेत्रहरुमा विशेष उद्योग सञ्चालन भएको भए त्यस्तो उद्योगले व्यवसायिक उत्पादन वा कारोवार सुरु गरेको मितिले दश वर्ष सम्म आयमा लाग्ने करको

३० प्रतिशत कर लाग्ने

दफा ११(३)(ग)

एक अर्ब रुपैंयाभन्दा बढीको पूँजी लगानीमा स्थापना हुने र पाँच सयभन्दा बढीलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी प्रदान गर्ने विशेष उद्योग र पर्यटन उद्योग (क्यासिनो बाहेक) लाई कारोवार शुरु गरेको मितिले पाँच वर्षसम्म पूर्ण रुपमा आयकर छुट

-त्यसपछिको तीन वर्षसम्म लाग्ने करको

तर हाल सञ्चालनमा रहेका त्यस्ता उद्योगले कम्तीमा पच्चीस प्रतिशत जडित क्षमता वृद्धि गरी दुई अर्व रुपैयाँ पूँजी पुर्र्याई तीन सयभन्दा बढीलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी प्रदान गरेमा त्यसरी क्षमता वृद्धिवाट प्राप्त भएको आयमा पहिलो पाँच वर्षसम्म पूर्ण रुपमा आयकर छुट

-त्यसपछिको तीन वर्षसम्म लाग्ने करको

 

 

कर नलाग्ने

५० प्रतिशत छुट

 

 

 

कर नलाग्ने

५० प्रतिशत छुट

दफा ११(३क)(क)

हिमाली जिल्ला र नेपाल सरकारले तोकेको पहाडी जिल्लाका विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगलाई

- कारोवार शुरु गरेको मितिले दश वर्षसम्म लाग्ने आयकरको शत प्रतिशत छुट

- त्यसपछिका आय वर्षमा लाग्ने आयकरको

 

कर नलाग्ने

 

५० प्रतिशत छुट

दफा ११(३क)(ख)

अन्य क्षेत्रमा रहेको विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगलाई

- कारोवार शुरु गरेको मितिले पाँच वर्षसम्म लाग्ने आयकरको शत प्रतिशत छुट

- त्यसपछिका आय वर्षमा लाग्ने आयकरको

 

कर नलाग्ने

 

५० प्रतिशत छुट

दफा११(३क)(ग)

विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले वितरण गरेको लाभांशमा

-कारोवार शुरु गरेको मितिले पाँच वर्षसम्म लाभांश वितरणमा लाग्ने करको शत प्रतिशत छुट

-त्यसपछिको तीन वर्षसम्म  लाभांस वितरणमा लाग्ने करको

 

कर नलाग्ने

५० प्रतिशत छुट

दफा ११(३क)(घ)

विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगका विदेशी लगानीकर्ताले विदेशी प्रविधि वा व्यवस्थापन सेवा शुल्क तथा रोयल्टीबाट आर्जन गरेको आयमा लाग्ने आयकरको

५० प्रतिशत छुट

दफा ११(३ख)

खनिज, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्याँस तथा इन्धन अन्वेषण तथा उत्खनन गर्ने व्यक्तिले २०८० साल चैत्र महिनासम्म व्यापारिक रुपमा कारोवार सञ्चालन गरेमा कारोवार सञ्चालन गरेको मितिले पहिलो सात वर्षसम्म

-त्यसपछिको तीन वर्षसम्म  

 

कर नलाग्ने

 

५० प्रतिशत छुट

१०

दफा ११(३ग)

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको प्राणीशास्त्र सम्बन्धी (जुलोजिकल), भूशास्त्र सम्बन्धी (जियोलोजिकल), जीवप्रविधि (वायोटेक) सम्बन्धी पार्क संचालन, प्रविधि पार्क र सूचना प्रविधि पार्कभित्र स्थापित सफ्टवेयर विकास, तथ्यांङ्क प्रशोधन, साइवर क्याफे, डिजिटल म्पापिङ सम्बन्धी उद्योगको आयमा लाग्ने करको  

५० प्रतिशत छुट

११

दफा ११(३घ)

सम्वत् २०८० साल चैत्र महिनासम्म जलविद्युतको व्यापारिक रुपमा उत्पादन, प्रसारण वा वितरण सुरु गर्ने अनुमति प्राप्त व्यक्ति वा निकायले लजविद्युतको व्यापारिक उत्पादन शुरु गरेको मितिले पहिलो दश वर्षसम्म

-त्यसपछिको पाँच वर्षसम्म

त्यस्तो सुविधा सौर्य, वायु तथा जैविक पदार्थबाट उत्पादन हुने विद्युतले समेत पाउनेछ ।

 

 

कर नलाग्ने

५० प्रतिशत छुट

१२

दफा ११(३ङ)

नेपालको श्रोतबाट कुनै आय वर्षमा निकासीबाट भएको आयमा

-बासिन्दा प्राकृतिक व्यक्तिको आयमा बीस प्रतिशतका दरले कर लाग्ने रहेछ भने सो करमा

-बासिन्दा प्राकृतिक व्यक्तिको आयमा तीस प्रतिशतका दरले कर लाग्ने रहेछ भने सो करमा

-निकायको आयमा लाग्ने करमा

 

-प्राकृतिक व्यक्तिको उत्पादनमुलक उद्योगले उत्पादन गरेको वस्तु निर्यात गरी प्राप्त भएको आयमा दफा ११(३ङ)(क) बमोजिमको छुट पछि कायम हुने करमा

-निकायको उत्पादनमुलक उद्योगले उत्पादन गरेको वस्तु निर्यात गरी प्राप्त भएको आयमा दफा ११(३ङ)(ख) बमोजिमको छुट पछि कायम हुने करमा  

 

२५ प्रतिशत  छुट

५० प्रतिशत छुट

२० प्रतिशत छुट

 

थप ३५ प्रतिशत छुट

 

थप ३५ प्रतिशत छुट

१२

दफा ११(३च)

कुनै निकायले देहाय बमोजिमको कार्य गरी सो बाट प्राप्त आयमा व्यापारिक कारोबार संचालन गरेको मितिले दश वर्षसम्म लाग्ने करमा देहाय बमोजिम छुट हुनेछ ।

 

दफा ११(३च)(क)

ट्राम वा ट्रली बस सञ्चालन गरेमा लाग्ने करमा

४० प्रतिशत छुट

दफा ११(३च)(ख)

रोपवे, केवलकार, रेल्वे, टनेल वा आकासे पुल निर्माण गरी सञ्चालन गरेमा लाग्ने करमा

४० प्रतिशत छुट

दफा ११(३च)(ग)

सडक, पुल, सुरुङ्गमार्ग, टनेल, रेलवे, विमानस्थल निर्माण गरी सञ्चालन गरेमा लाग्ने करमा

५० प्रतिशत छुट

१३

दफा ११(३छ)

धितोपत्र बजारमा सूचीकृत भएका उत्पादनमुलक, पर्यटन सेवा, जलविद्युत उत्पादन, वितरण तथा ट्रान्समिसन गर्ने र दफा ११ को उपदफा (३ग) मा उल्लेख भएका निकायहरुलाई लाग्ने करमा

१५ प्रतिशत छुट

१४

दफा ११(३ज)

अति अविकसित क्षेत्रमा स्थापित फलफूलमा आधारित ब्राण्डी, साइडर एवं वाइन उत्पादन गर्ने उद्योगलाई कारोवार शुरु गरेको मितिले दश वर्षसम्म

४० प्रतिशत आयकर छुट

अविकसित क्षेत्रमा स्थापित फलफूलमा आधारित ब्राण्डी, साइडर एवं वाइन उत्पादन गर्ने उद्योगलाई कारोवार शुरु गरेको मितिले दश वर्षसम्म

२५ प्रतिशत आयकर छुट

१५

दफा ११(३झ)

कुनै व्यक्तिले बौद्धिक सम्पत्ति निर्यात वापत प्राप्त रोयल्टी आयमा लाग्ने आयकरको दरमा

२५ प्रतिशत छुट

१६

दफा ११(३ञ)

कुनै व्यक्तिले बौद्धिक सम्पत्तिको हस्तान्तरणद्वारा बिक्री गरी प्राप्त गरेको आयमा लाग्ने आयकरको दरमा

५० प्रतिशत छुट

१७

दफा ११(३ट)

दुई अर्ब रुपैंयाभन्दा बढीको पुँजी लगानीमा स्थापना हुने पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग वा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीलाई

-कारोवार शुरु गरेको मितिले ५ वर्षसम्म

-त्यसपछिको ३ वर्षसम्म लाग्ने आयकरको दरमा

 

 

कर नलाग्ने

५० प्रतिशत छुट

१८

दफा ११(३ठ)

विशेष उद्योग र पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योगले आफ्नो सञ्चित मुनाफालाई सोही उद्योगको क्षमता विस्तारको लागि शेयरमा पुँजीकरण गरेको अवस्थामा त्यस्तो पुँजीकरणमा लाभांश वितरण स्वरूप लाग्ने लाभांश करमा

शत प्रतिशत छुट

१९

दफा ११(३ड)

पचास करोड रुपैंया वा सोभन्दा बढी चुक्ता पुँजी भएको प्राइभेट कम्पनीको रुपमा सञ्चालनमा रहेको कुनै कम्पनी हुने गरी पब्लिक कम्पनीको रुपमा परिणत भई कारोवार सञ्चालन गरेमा त्यसरी पब्लिक कम्पनीको रुपमा परिणत भएको मितिदेखि तीन वर्षसम्म लाग्ने करमा

तर कम्पनी ऐन, २०६३ को दफा १२ बमोजिम पब्लिक कम्पनीको रुपमा संस्थापन हुनुपर्ने कम्पनीले यस उपदफा बमोजिमको सुविधा पाउने छैन ।

 

दश प्रतिशत छुट

२०

दफा ११(३ढ)

स्वदेशी चिया उत्पादन र प्रशोधन गर्ने उद्योग, दुग्ध पदार्थको कारोवार गर्ने डेरी उद्योग र कपडा उत्पादन गर्ने उद्योगले आफ्नो उत्पादन बिक्री गरी प्राप्त गरेको आयमा लाग्ने आयकरको दरमा

५० प्रतिशत छुट

२१

दफा ११(३ण)

सामुदायिक संस्थाबाट सञ्चालन गरिएका स्वास्थ्य संस्थाको करयोग्य आयमा लाग्ने करमा

२० प्रतिशत छुट

२२

दफा ११(३त)

लघु उद्यमलाई व्यवसाय वा कारोवार शुरु गरेको मितिले ७ वर्षसम्म लाग्ने आयकर पूर्ण रुपमा छुट हुने

यस्तो लघु उद्यम महिला उद्यमीबाट सञ्चालन भएमा थप तीन वर्ष लाग्ने आयकर पूर्णरुपमा छुट हुने

आयकर नलाग्ने

आयकर नलाग्ने

२३

दफा ११(३थ)

कुनै आय वर्षमा कुनै निकायले सार्वजनिक पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने जस्ता आयोजनाहरु र विद्युत गृह निर्माण, उत्पादन र प्रसारण गरेमा त्यस्तो निकायलाई सो निकायको करयोग्य आयमा लाग्ने करमा 

 

२० प्रतिशत छुट

२४

दफा ११(३द)

औद्योगिक क्षेत्र वा औद्योगिक ग्राममा स्थापन भई सञ्चालन भएका विशेष उद्योगलाई कारोबार शुरु गरेको मितिले तीन वर्षसम्म लाग्ने आयकरमा पचास प्रतिशत छुट र त्यस पछिको पाँच वर्ष सम्म लाग्ने करमा पच्चिस प्रतिशत छुट हुनेछ ।

(आर्थिक विधेयक (प्रतिस्थापन),२०७८ अनुसार)

(३ध) स्वदेशमा उत्पादन गरेको कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ विशेष उद्योगलाई विक्री गरी प्राप्त गरेको आयमा लाग्ने करमा बिस प्रतिशत छुट हुनेछ ।

(३न) नवप्रवर्तनकारी ज्ञान, सोच, सीप, प्रविधि, व्यवहार र तरिका प्रयोग गरी वार्षिक एक करोड सम्म कारोवार गर्ने विभागले तोकेको स्टार्ट अप व्यवसायलाई कारोवार सुरु गरेको मितिले पाँच वर्षसम्म लाग्ने करमा शतप्रतिशत छुट हुनेछ ।

(३प) काठमाडौं उपत्यकामा सञ्चालनमा रहेको कुनै विशेष उद्योग काठमाडौं उपत्यका बाहिर स्थानान्तरण भई सञ्चालन भएको मितिले तीन वर्षसम्म लाग्ने करमा शतप्रतिशत र त्यसपछिको दुई वर्ष सम्म पचास प्रतिशत छुट हुनेछ ।

(३फ) वातावरणमा प्रत्यक्ष असर पार्ने प्रयोग भइसकेका वस्तु मात्र कच्चा पदार्थका रुपमा प्रयोग गरी नयाँ वस्तु उत्पादन गर्ने उद्योगलाई कारोवार शुरु गरेको मितिले पहिलो तीन वर्षसम्म लाग्ने करको पचास प्रतिशत र त्यस पछिको दुई वर्ष पच्चिस प्रतिशत छुट हुनेछ ।  

 

२५ प्रतिशत छुट

२५

दफा ११(३फ)

वातावरणमा प्रत्यक्ष असर पार्ने प्रयोग भइसकेका वस्तु मात्र कच्चा पदार्थका रुपमा प्रयोग गरी नयाँ वस्तु उत्पादन गर्ने उद्योगलाई कारोवार शुरु गरेको मितिले पहिलो तीन वर्षसम्म लाग्ने करको पचास प्रतिशत र त्यस पछिको दुई वर्ष पच्चिस प्रतिशत छुट हुनेछ । 

२५ प्रतिशत छुट

२६

दफा ११(४)

कुनै व्यक्तिले दफा ११ बमोजिम बेग्ला बेग्लै कर छुट सुविधा पाउने कारोबार गरेको रहेछ भने त्यस्तो सुविधा लिन आयको गणना  गर्दा छुट्टा छुट्टै व्यक्तिले सो आय ‌प्राप्त गरेको सरह मानी आय गणना गर्नुपर्नेछ ।

 

२७

दफा ११(५)

एउटै आयको सम्बन्धमा यस दफा बमोजिम एकभन्दा बढी छुट पाउन सक्ने अवस्था भएको व्यक्तिले आफूले रोजेको कुनै एउटा छुट मात्र पाउनेछ ।

 

२८

दफा ११क

पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालान गर्नको लागि नेपाल सरकार र कुनै व्यक्तिका बीच कुनै सम्झौंता भएमा त्यस्तो सम्झौंता गर्दाको बखत कायम रहेको ऐनले व्यवस्था गरेको करका सुविधाहरु त्यस्तो पूर्वाधार निर्माण तथा सञ्चालन गर्ने व्यक्तिले सम्झौंता अवधिभर उपभोग गर्न पाउनेछ ।

 

एकल व्यक्ति

दम्पत्ति

करको दर

रोजगारीको आय मात्र हुनेको लागि

रु.४००००० सम्म करयोग्य आय भएमा

रु.४५०००० सम्म करयोग्य आय भएमा

करयोग्य आयको १  प्रतिशतका दरले *

रु.४००००० भन्दा बढी तर रु.५००००० सम्म करयोग्य आय भएमा

रु.४५०००० भन्दा बढी तर रु.५५०००० सम्म करयोग्य आय भएमा

एकल व्यक्तिको हकमा

रु.४००० र रु.४००००० देखि रु.५००००० सम्मको रकममा १०   प्रतिशतका दरले

दम्पत्तिको हकमा

रु.४५०० र रु.४५०००० देखि रु.५५०००० सम्मको रकममा १०   प्रतिशतका दरले

रु.५००००० भन्दा बढी तर रु.७००००० सम्म करयोग्य आय भएमा

रु.५५०००० भन्दा बढी तर रु.७५०००० सम्म करयोग्य आय भएमा

एकल व्यक्तिको हकमा

रु.१४००० र रु.५००००० देखि रु.७००००० सम्मको रकममा २०   प्रतिशतका दरले

दम्पत्तिको हकमा

रु.१४५०० र रु.५५०००० देखि रु.७५०००० सम्मको रकममा २०   प्रतिशतका दरले

रु.७००००० भन्दा बढी तर रु.२०००००० सम्म करयोग्य आय भएमा

रु.७५०००० भन्दा बढी तर रु.२०००००० सम्म करयोग्य आय भएमा

एकल व्यक्तिको हकमा

रु.५४००० र रु.७००००० देखि रु.२०००००० सम्मको रकममा ३०   प्रतिशतका दरले

दम्पत्तिको हकमा

रु.५४५०० र रु.७५०००० देखि रु.२०००००० सम्मको रकममा ३०   प्रतिशतका दरले

रु.२०००००० भन्दा बढी करयोग्य आय भएमा

रु.२०००००० भन्दा बढी करयोग्य आय भएमा

एकल व्यक्तिको हकमा

रु.४४४००० र रु.२०००००० भन्दा बढी रकममा ३६   प्रतिशतका दरले

दम्पत्तिको हकमा

रु.४२९५०० र रु.२०००००० भन्दा बढी रकममा ३६   प्रतिशतका दरले

एकलौटी फर्मको रुपमा व्यवसाय मात्र हुनेको लागि

रु.४००००० सम्म करयोग्य आय भएमा

रु.४५०००० सम्म करयोग्य आय भएमा

कर नलाग्ने

रु.४००००० भन्दा बढी तर रु.५००००० सम्म करयोग्य आय भएमा

रु.४५०००० भन्दा बढी तर रु.५५०००० सम्म करयोग्य आय भएमा

एकल व्यक्तिको हकमा

रु.४००००० देखि रु.५००००० सम्मको रकममा १०   प्रतिशतका दरले

दम्पत्तिको हकमा

रु.४५०००० देखि रु.५५०००० सम्मको रकममा १०   प्रतिशतका दरले

रु.५००००० भन्दा बढी तर रु.७००००० सम्म करयोग्य आय भएमा

रु.५५०००० भन्दा बढी तर रु.७५०००० सम्म करयोग्य आय भएमा

एकल व्यक्तिको हकमा

रु.१०००० र रु.५००००० देखि रु.७००००० सम्मको रकममा २०   प्रतिशतका दरले

दम्पत्तिको हकमा

रु.१०००० र रु.५५०००० देखि रु.७५०००० सम्मको रकममा २०   प्रतिशतका दरले

रु.७००००० भन्दा बढी तर रु.२०००००० सम्म करयोग्य आय भएमा

रु.७५०००० भन्दा बढी तर रु.२०००००० सम्म करयोग्य आय भएमा

एकल व्यक्तिको हकमा

रु.५०००० र रु.७००००० देखि रु.२०००००० सम्मको रकममा ३०   प्रतिशतका दरले

दम्पत्तिको हकमा

रु.५०००० र रु.७५०००० देखि रु.२०००००० सम्मको रकममा ३०   प्रतिशतका दरले

रु.२०००००० भन्दा बढी करयोग्य आय भएमा

रु.२०००००० भन्दा बढी करयोग्य आय भएमा

एकल व्यक्तिको हकमा

रु.४४०००० र रु.२०००००० भन्दा बढी रकममा ३६   प्रतिशतका दरले

दम्पत्तिको हकमा

रु.४२५००० र रु.२०००००० भन्दा बढी रकममा ३६   प्रतिशतका दरले

*  एकलौटी फर्म दर्ता भएका करदाताको हकमा, निवृत्तभरण  बापतको  आय,  निवृत्तभरण  कोष  र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्ति वा दम्पत्तिको हकमा १ प्रतिशतो कर लाग्दैन । {(अनुसूचि १ को दफा १ को उपदफा (१) र (२)}

 

प्राकृतिक व्यक्तिको आयमा समावेश नहुने रकम वा खर्चमा छुट हुने रकम

१ दुर्गम भत्ता सुविधाः

दुर्गम क्षेत्रमा कार्यरत प्राकृतिक व्यक्तिको करयोग्य आयबाट घटाउन पाउने रकम

१. “क” वर्गका क्षेत्रमा रु. ५०,००० (पचास हजार)

२. “ख” वर्गका क्षेत्रमा रु. ४०,००० (चालीस हजार)

३. “ग” वर्गका क्षेत्रमा रु. ३०,००० (तीस हजार)

४. “घ” वर्गका क्षेत्रमा रु. २०,००० (बीस हजार)

५. “ङ” वर्गका क्षेत्रमा रु. १०,००० (दश हजार)

  दुर्गम क्षेत्रको बर्गीकरण देहाए वमोजिम रहेको छ‍

            “क” वर्गमा रहने क्षेत्र:

 (१) मनाङ्ग जिल्ला (२) कालिकोट जिल्ला (३) मूगू जिल्ला (४) डोल्पा जिल्ला ( ५) हुम्ला जिल्ला (६) बाजूरा जिल्ला

            “ख” वर्गमा रहने क्षेत्र:

 (क)     ताप्लेजुङ्ग जिल्लाको धुन्सा ओलाङचुङगोला र यसमा पर्ने गा.वि.स. 

 (ख)     संखुवासभा जिल्लाको निम्न गाउँ विकास समिति

            १. चेपुवा २. हेदाड्ना ३. किमाथांका ४. स्याकसिला  ५. वालूङ ६. सीमाजोर

 (ग)      सोलुखुम्बु जिल्लाको निम्न गाउँ विकास समिति

            १. खोम्जुङ २. नाम्चे ३. चौरी खर्क

 (घ)      दोलखा जिल्लाको गोगर गाउँ विकास समिति

 (ङ)      रसुवा जिल्लाको टिमूर गाउँ विकास समिति

 (च)      गोरखा जिल्लाको निम्न गाउँ विकास समिति

            १. सिर्दिवास २. प्रोक ३. लोहा ४. केरोजा  ५. छेकाम्पार ६. मान्बु

 (छ)      बाग्लुङ्ग जिल्लाको निम्न गाउँ विकास समिति

            १. बोङ्गा २. निसी ३. हुकाम ४. रम्मा  ५. मेकोट ६. टकवाछी

 (ज)      मुस्ताङ्ग जिल्ला

 (झ)      जुम्ला जिल्ला

 (ञ)      बजाङ जिल्ला

 (ट)      डोटी जिल्लाको खप्तड जडिबुटी उद्यानको ९०० फिटभन्दा उचाईको भाग

 (ठ)      दार्चुला जिल्ला

ग” वर्गमा रहने क्षेत्रः

 (क)     रुकुम जिल्ला

 (ख)      जाजरकोट जिल्ला

 (ग)      दैलेख जिल्ला

 (घ)      अछाम जिल्ला

            घ” बर्गमा रहने क्षेत्र:

 (क)     ताप्लेजुङ जिल्ला “ख” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति

 (ख)      भोजपुर जिल्ला

 (ग)      तेह्रथुम जिल्ला

 (घ)      संखुवा सभाको जिल्ला “ख” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति

 (ङ)      खोटाङ जिल्ला

 (च)      ओखलढुङ्गा जिल्ला

 (छ)      सोलुखुम्बु जिल्ला “ख” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति

 (ज)      धादिङ जिल्लाको निम्न गाउ विकास समिति

            १. बुडाथुम २. लापा ३. फुलखर्क ४. रिगाउ  ५. सल्यानकोट ६. सल्यानटार

 (झ)      सिन्धुपाल्चोक जिल्लाको निम्न गाउँ विकास समिति

१. बराम्चो २. वरुवा ३. मौताडा ४. वीरता गोलदे  ५. गुनसा ६. गुवा ७. किउल ८. लिस्टिकोट ९ महांकाल १०. पाग ताग ११. फुल्पीङ कटी १२. धागपालकोट १३. टिसुनठगल टिनस ध्यागल

 (ञ)      लमजुङ जिल्लाको निम्न गाउँ विकास समिति

१. बाहुनडाँडा महेन्द्रोदय २. श्रीकाली काताधी ३. ठूलीवेसी पटाङ्गो ४. ठाकन फालिकादेवी

 (ट)      म्याग्दी जिल्ला

 (ठ)      रोल्पा जिल्ला

 (ड)      सल्यान जिल्ला

 (ढ)      प्यूठान जिल्ला

 (ण)      डोटी जिल्लाको “ख” वर्गमा परेका क्षेत्रदेखि बाहेक अन्य बाँकी क्षेत्र

 (त)      डडेलधुरा जिल्ला

 (थ)      बैतडी जिल्ला

            ङ” वर्गमा रहने क्षेत्र:

 (क)     पाँचथर जिल्ला

 (ख)      धनकुटा जिल्ला

 (ग)      रामेछाप जिल्ला

 (घ)      दोलखा जिल्ला

 (ङ)      रसुवा जिल्लाको “ख” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति

 (च)      सिन्धुपाल्चोक जिल्लाको “घ” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउ विकास समिति

 (छ)      धादिङ जिल्लाको “घ” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति

 (ज)      लमजुङ जिल्लाको “घ” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति

 (झ)      गोरखा जिल्लाको “ख” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति

 (ञ)      गुल्मी जिल्ला

 (ट)      अर्घखाँची जिल्ला

 (ठ)      पर्वत जिल्ला

 (ड)      बाग्लुङ जिल्लाको “ख” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति

२. बैदेशिक भत्तामा छुट सुविधाः

नेपालका विदेशस्थित कुटनीतिक नियोगमा कार्यरत कर्मचारीलार्ई प्राप्त हुने बैदेशिक भत्ताको पचहत्तर प्रतिशत रकम करयोग्य आयबाट घटाउन पाउने ।

३. निवृतिभरण आय भएको व्यक्त्तिले पाउने छुट सुविधाः

बासिन्दा प्राकृतिक व्यक्तिको निवृतिभरण आय रहेछ भने  त्यस्तो व्यक्तिले करयोग्य आयबाट निजले छुट पाउने सीमामा थप पचीस प्रतिशत रकम घटाउन पाउने।

४. अपाङ्ग ब्यक्तिले पाउने छुट सुविधाः

बासिन्दा प्राकृतिक व्यक्ति अपाङ्ग रहेछ भने त्यस्तो व्यक्तिले करयोग्य आयबाट निजले छुट पाउने सीमामा थप पचास प्रतिशत थप रकम घटाउन पाउने।

५. लगानी वीमामा छुट सुविधाः

बासिन्दा प्राकृतिक व्यक्तिले लगानी बीमा गरेको रहेछ भने त्यस्तो बीमा वापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा पच्चीस हजार रुपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाउन पाउने ।

६. स्वास्थ्य बीमा वापत तिरेको प्रिमियम

बासिन्दा प्राकृतिक व्यक्तिले बासिन्दा बीमा कम्पनीसँग स्वास्थ्य बीमा गरेको रहेछ भने त्यस्तो बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा बीस हजार रुपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाउन पाउने ।

७. आफ्नो स्वामित्वमा रहेको निजि भवनको बीमा बापत तिरेको प्रिमियम स्वास्थ्य

बासिन्दा प्राकृतिक व्यक्तिले बासिन्दा बीमा कम्पनीसँग आफ्नो स्वामित्वमा रहेको निजि भवनको बीमा गरेको रहेछ भने त्यस्तो बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा पाँच हजार रुपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाउन पाउने ।

८. पारिश्रमिक आय मात्र हुने महिलालाई लाग्ने करमा छुट

कुनै बासिन्दा प्राकृतिक व्यक्ति पारिश्रमिक आय मात्र आर्जन गर्ने महिला रहेछ भने त्यस्तो प्राकृतिक व्यक्तिले तिर्नुपर्ने कर रकममा दश प्रतिशत छुट हुनेछ ।      

 

७.     निकायको लागि लागू हुने करको दर (आय वर्ष २०७८/०७९ को लागि)

सि.नं.

अनुसूची/दफा

व्यवसाय/निकायको विवरण/आयको अवस्था

करको दर

अनुसूची-१ दफा २(१)

सामान्य व्यवसाय गर्ने निकाय

२५ प्रतिशत

अनुसूची-१ दफा २(२)

बैङ्ग, वित्तीय संस्था, सामान्य बीमा व्यवसाय वा दूर सञ्चार र इन्टरनेट सेवा, मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर), पूँजी बजार व्यवसाय, धितोपत्र व्यवसाय, मर्चेन्ट बैंकिङ्ग व्यवसाय, कमोडिटी फ्युचर मार्केट, धितोपत्र र कमोडिटी दलाल व्यवसाय, चुरोट, विँडी, सिगार, खानेसूर्ति, खैनी, गुट्खा, पान मसला, मदिरा र बियरको कारोवार गर्ने वा नेपाल पेट्रोलियम ऐन, २०४० बमोजिम पेट्रोलियम कार्य गर्ने निकाय

३० प्रतिशत

अनुसूची-१ दफा २(३)

सहकारी ऐन, २०७४ बमोजिम दर्ता भएको सहकारी संस्थाले करछुट हुने कारोबार बाहेकको कारोबार गरेमा देहाय बमोजिमका दरले कर लाग्नेछ ।

- नगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा

- उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा

- महानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा

 

 

५ प्रतिशत

७ प्रतिशत

१० प्रतिशत

अनुसूची-१ दफा २(३ख)

सार्वजनिक गुठी अन्तर्गत दर्ता भई सन्चालित विद्यालय महाविद्यालयकोको करयोग्य आयमा

२० प्रतिशत

अनुसूची-१ दफा २(६)

कुनै आय वर्षमा कुनै गैरबासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनले विदेश पठाएको आयमा

५ प्रतिशत

अनुसूची-१ दफा २(७)

कुनै आय वर्षमा ऐनको दफा ७० मा उल्लिखित आयको सम्बन्धमा कुनै गैरबासिन्दा व्यक्तिको करयोग्य आयमा

तर नेपालबाट अर्को विदेशी मुलुकमा पुग्ने गरी प्रस्थान नहुने जल यातायात, हवाई यातायात वा दूरसञ्चार सेवा उपलव्ध गराउने गैर बासिन्दा व्यक्तिको हकमा

५ प्रतिशत

 

२ प्रतिशत

 

आर्थिक वर्ष २०७७।७८ को हकमा रु २० लाख रुपैयाँसम्मको कारोबार वा दुई लाख सम्म आय भई आयकर ऐन, २०५८ को दफा ४ को उपदफा (४) बमोजिम कर लाग्ने करदातालाई लाग्ने करमा ९० प्रतिशत छुट दिईएको छ । त्यसैगरी रु २० लाख देखि ५० लाख सम्मको कारोवार गर्नेलाई लाग्ने करमा ७५ प्रतिशत  छुट तथा ५० लाख देखि एक करोड सम्मको कारोवार गर्नेलाई लाग्ने करमा ५० प्रतिशत छुट दिइएकोछ ।

होटल, ट्राभल, ट्रेकिङ्ग, चलचित्र व्यवसाय (निर्माण, वितरण तथा प्रदर्शन), पार्टी प्यालेस, सञ्चार गृह (मिडिया हाउस), यातायात वा हवाई सेवाको एक करोड रुपैंया भन्दा बढी कारोबार गर्ने व्यक्तिलाई आय वर्ष २०७७/२०७८ मा आयकर ऐन, २०५८ बमोजिमको करयोग्य आयमा एक प्रतिशत कर लाग्नेछ ।

बासिन्दा प्राकृतिक व्यक्तिले व्यवसायबाट प्राप्त आय तीन लाख रुपैयाँ र व्यवसायको कारोबार बार्षिक तीस लाख रुपैयाँ भन्दा बढी नभएको तथा मूल्य अभिवृद्धि करमा दर्ता नभएको करदाताको हकमा देहाय अनुसार कर लाग्ने छ । [आयकर ऐन, २०५८ को दफा ४ को उपदफा (४)]

 

व्यवसाय हुने क्षेत्र

कर रकम रु.

महानगरपालिका वा उपमहानगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्ति

७,५00।-

नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्ति

४,000।-

माथि उल्लिखित क्षेत्र बाहेक अन्य क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्ति

२,५00।-

 

आ.व. २०७७।०७८ को हकमा आर्थिक  ऐन, २०७८  ले दिएको सुविधा बमोजिम लाग्ने करमा ९०% छुट दिइएको छ ।

बासिन्दा प्राकृतिक व्यक्तिले नेपालमा श्रोत भएको,व्यवसायबाट प्राप्त आयमात्र भएको, व्यवसायको करयोग्य आय दश लाख रुपैयाँ र व्यवसायको कारोबार तीस लाख रुपैयाँ भन्दा बढी र एक करोड रुपैयाँ भन्दा घटी भएको र चिकित्सक, ईन्जिनियर जस्ता पेशाविद्बाट प्रदान गर्ने परामर्श तथा विशेषज्ञ सेवा बापतको आय नभएको करदाताको हकमा देहाय अनुसार खण्ड (क) र (ख)  वा (क),(ख) र(ग) को जोड बमोजिमको कर दाखिला गर्नु पर्दछ । [आयकर ऐन, २०५८ को दफा ४ को उपदफा (४क)]

खण्ड (क) - रु. तीस लाख रुपैंया सम्मको कारोबारमा

व्यवसाय हुने क्षेत्र

कर रकम रु.

महानगरपालिका वा उपमहानगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्ति

७,५00।-

नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्ति

४,000।-

माथि उल्लिखित क्षेत्र बाहेक अन्य क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्ति

२,५00।-

 

खण्ड (ख) - रु. तीस लाख रुपैंयाभन्दा बढी रु पचास लाख रुपैंयासम्मको कारोवारमा

व्यवसायको प्रकार

कर दर

ग्याँस, चुरोट लगायतका तीन प्रतिशतसम्म कमिशन वा मूल्य थप गरी वस्तुको कारोवार गर्ने व्यक्तिलाई तीस लाख रुपैंया भन्दा बढी रु.पचास लाख रुपैंया सम्मको कारोवार रकममा

०.२५ प्रतिशत

माथि उल्लिखित व्यवसाय बाहेकको व्यवसाय गर्ने व्यक्तिलाई तीस लाख रुपैंया भन्दा बढी रु. पचास लाख रुपैंया सम्म कारोवार रकमको

१ प्रतिशत

सेवा व्यवसाय गर्ने व्यक्तिलाई तीस लाख रुपैंया भन्दा बढी रु. पचास लाख रुपैंया सम्म कारोवार रकमको

२ प्रतिशत

 

खण्ड () - रु. पचा लाख रुपैंयाभन्दा बढी रु एक करोड रुपैंयासम्मको कारोवारमा

व्यवसायको प्रकार

कर दर

ग्याँस, चुरोट लगायतका तीन प्रतिशतसम्म कमिशन वा मूल्य थप गरी वस्तुको कारोवार गर्ने व्यक्तिलाई पचास लाख रुपैंया भन्दा बढी रु.एक करोड रुपैंयासम्मको कारोवार रकमको

०.३ प्रतिशत

माथि उल्लिखित व्यवसाय बाहेकको व्यवसाय गर्ने व्यक्तिलाई पचास लाख रुपैंया भन्दा बढी रु.एक करोड रुपैंयासम्मको कारोवार रकमको

०.८ प्रतिशत

सेवा व्यवसाय गर्ने व्यक्तिलाई पचास लाख रुपैंया भन्दा बढी एक करोड रुपैंयासम्मको कारोवार रकमको

२ प्रतिशत

 

आर्थिक वर्ष २०७७।७८ को हकमा रु २० लाख देखि ५० लाख सम्मको कारोवार गर्नेलाई लाग्ने करमा ७५ प्रतिशत  छुट तथा ५० लाख देखि एक करोड सम्मको कारोवार गर्नेलाई लाग्ने करमा ५० प्रतिशत छुट दिइएकोछ ।

कारोवारको आधारमा कर तिर्ने व्यक्तिले देहाय बमोजिम दुई किस्तामा कर दाखिला गर्नुपर्ने व्यवस्था ऐनको दफा ९४ को उपदफा (१क) मा रहेको छ ।

दाखिला गर्नु पर्ने मिति

दाखिला गर्नु पर्ने कर रकम

पुस महिनाको अन्त्यसम्म

पुस २० गते सम्मको कारोवारमा तोकिएको दर अनुसार लाग्ने कर

असार महिनाको अन्त्यसम्म

असार २० गते सम्मको यथार्थ कारोवारको आधारमा असार महिनाको अन्त्यसम्म हुने कारोवार अनुमान गरी तोकिएको दर अनुसार लाग्ने करको गणना गरी सो कर रकमबाट पुस मसान्तभित्र दाखिला गरेको कर घटाई हुन आउने कर रकम ।

 

अग्रिम कर कट्टि वापतको रकम भुक्तानी गरिएको महिना समाप्त भएको २५ दिनभित्र, किस्ताबन्दी कर बुझाउनेले पौष, चैत्र र आषाढ मासान्तभित्र, स्वयं कर निर्धारण गरिएको कर आय विवरण दाखिला गर्ने म्याद भित्र (अर्थात आगामी आ.ब.को असोज मसान्तभित्र), निर्धारण गरिएको कर, व्याज, शुल्क सूचनामा लेखिएको म्याद भित्र बुझाउनु पर्दछ ।

करको भुक्तानी सरकारी कारोबार गर्ने बैंक, आन्तरिक राजस्व कार्यालय,करदाता सेवा कार्यालय, ठूला करदाता कार्यालयमा गर्न सकिन्छ ।

अग्रिम कर कट्टीको रकम विवरण सहित भुक्तानी गरिएको महिना समाप्त भएको २५ दिन भित्र दाखिला गर्नु पर्दछ ।

किस्ताबन्दी रुपमा बुझाउनु पर्ने अनुमानित करको ४० प्रतिशत पौष मसान्तभित्र, ७० प्रतिशत चैत्र मसान्तभित्र र १०० प्रतिशत कर आषाढ मसान्त भित्र भुक्तानी गरी सक्नु पर्दछ ।

पूर्वानुमानीत कर आय विवरण दाखिला गर्ने म्याद भित्र (अर्थात आगामी आ.ब.को असोज मसान्तभित्र) बुझाउनु पर्दछ ।

स्वयं कर निर्धारण गरिएको कर आय विवरण दाखिला गर्ने म्याद भित्र (अर्थात आगामी आ.ब.को असोज मसान्तभित्र) बुझाई सक्नु  पर्दछ ।

संशोधित कर निर्धारण तथा संसय कर निर्धारणको कर यस्तो कर निर्धारण गरिएको सूचनामा उल्लेख भएको समय भित्र बुझाउनु पर्दछ ।

बढी दाखिला भएको कर आगामी दिनमा दाखिला गर्नु पर्ने करमा मिलान गर्न सकिन्छ । सो गर्न नसकिएमा निवेदन दिई फिर्ता प्राप्त गर्न पनि सकिन्छ । यसका लागि कर मिलान दाबिको फारम भने आय बिबरण साथ पेश गर्नु पर्दछ ।

तोकिएको समयमा कर नबुझाएमा आयकर ऐन, २०५८ ले व्याज, शुल्क, जरिवाना , लाग्ने, कर बुझाउनेको सबै प्रकारका संपत्ति माथि दाबि गर्न सक्ने, विदेश जानमा रोक लाग्ने लगायत मुद्धा सम्म पनि व्यहोर्नु पर्ने कानूनी व्यवस्था गरेको छ ।

कार्यालयले राजस्व शिर्षक  आय वर्ष, जम्माकर्ताको नाम,ठेगाना र स्थायी लेखा नं. आदि फरक परेको अवस्थामा संशोधन गर्न सामान्यतया सम्बन्धित आर्थिक वर्ष भित्र र अन्तिम अवधि आगामी आर्थिक वर्षको असोज मसान्तसम्म सम्बन्धित कार्यालय, बैंक र को.ले.नि.का मा सम्पर्क गरी शिर्षकमा सुधार गर्न सकिन्छ ।

सक्नुहुन्छ । सबै किसिमका राजस्व संकलनमा बैकल्पिक माध्यमको रुपमा विद्युतीय भुक्तानीको माध्यम संचालनमा ल्याउने नेपाल सरकारको २०७४।११।१४ को निर्णयानुसार यस विभागले कर राजस्व संकलनको लागि विद्युतीय भुक्तानी सेवाको कार्यान्वयनमा ल्याएकोछ ।

विद्युतीय माध्यमबाट राजस्व दाखिला गर्न देहाय अनुसारका प्रकृया अवलम्बन गर्नु पर्नेछ ।

विद्युतीय माध्यमबाट राजस्व दाखिला गर्नु पूर्व निम्नानुसारको सेवा प्राप्त भएको हुनु पर्दछ

 

१. आन्त्तरिक राजस्व कार्यालयहरुबाट विवरणहरु स्वयं रुजु (Self Verification) गर्ने Username र Password प्राप्त गरेका करदाताहरुले मात्र यो सेवा प्रयोग गर्न सक्नुहुनेछ ।

२. नेपाल सरकारले Payment Service Provider को रुपमा तोकेको Nepal Clearing House Limited को Connect IPS बाट online Registration गरी Username र Password प्राप्त गरी बैंक खाताको लिंक गरी सकेपछि मात्र विद्युतीय माध्यमबाट राजस्व दखिला गर्न सकिने छ ।

 

 विद्युतीय माध्यमबाट राजस्व दाखिला गर्न निम्नानुसारको प्रकृया अवलम्बन गर्न सकिने

 

१. आन्त्तरिक राजस्व विभागको वेबसाइट www.ird.gov.np मा क्लिक गर्ने

२. Taxpayer Portal मा क्लिक गरी Integrated Tax System भित्रको General मा डबल क्लिक गर्ने

३. General भित्र रहेको Taxpayer Login मेनुमा क्लिक गर्ने

४. आफ्नो User Credential प्रयोग गरी Login गर्ने

५. त्यस पछि Proceed To Payment भन्ने लिङ्कमा क्लिक गर्ने

६. भौचरका विवरणहरु प्रबिष्ट गरी भौचर संकेत नम्बर (Revenue Payment को Request Slip) सृजना गर्न देहायका प्रकृया अवलम्बन गर्ने

Ø आफूले दाखिला गर्न चाहेको राजस्व प्रकार जस्तै आयकर, मूल्य अभिबृद्धी कर, अन्त्त:शुल्क, अन्य (शिक्षा सेवा शुल्क, स्वास्थ्य जोखिम कर) छनौट गरी सो संग सम्बन्धित राजस्व शिर्षकहरु ( जस्तै १११११, ३३११३), आय बर्ष (जस्तै २०७५।०७६), के बापतको राजस्व दाखिला गर्न लागेको (जस्तै कर विवरण, कर निर्धारण,शुल्क आदि) समेत छनौट गरी दाखिला गर्न चाहेको रकम टाइप गर्ने ।

 

Ø आयकर छनौट गरेको भए TDS हो वा होइन भन्ने अप्सनमा गई TDS हो भने “हो” र होइन भने “होइन” भन्ने अप्सन छनौट गर्ने ।

Ø दाखिला गर्न चाहेको रकम मूल्य अभिवृद्धि कर हो भने दाखिला गर्ने राजस्वको रकम टाइप गरी इ.सि. हो वा होइन भन्ने अप्सनमा गई सो रकम इ.सि. (Extra collection) हो भने “हो” र होइन भने “होइन” भन्ने अप्सन छनौट गर्ने ।

Ø Add बटनमा क्लिक गरी एउटा राजस्व शीर्षकमा दाखिला गर्ने भौचर विवरण तयार गर्ने ।

Ø एकै पटकमा विभिन्न शीर्षकमा राजस्व दाखिला गर्न चाहेमा अन्य शीर्षकको पनि यसै गरी भौचर विवरण तयार गर्ने ।

Ø स्थायी लेखा नम्बर (PAN) भएको कार्यालयको (ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्त्तरिक राजस्व कार्यालय, करदाता सेवा कार्यालय) राजस्व संकलन गर्ने बैंक सूचीबाट आफूलाई राजस्व दाखिला गर्न उपयुक्त हुने बैंक छनौट गर्ने ।

Ø Generate Transaction Code बटनमा क्लिक गरी भौचर संकेत नं. सहितको Request Slip तयार गर्ने र Request Slip मा भएको राजस्व शीर्षक, रकम र आर्थिक बर्षको विवरणहरु हेरी Confirm Button मा क्लिक गर्ने ।

 

७.  यसरी तयार भएको भौचर संकेत नम्बर सहितको राजस्व दाखिला गर्ने Request Slip प्रिन्ट गरी राजस्व दाखिला हुने बैंकको जुनसुकै शाखामा गई राजस्व दाखिला गर्न सकिनेछ ।

 

विद्युतीय माध्यमबाट सोझै राजस्व भुक्तानी E-Payment गर्न चाहनुहुन्छ भने निम्नानुसारको प्रकृया अपनाउनुहोस् ।

 

८. Make Payment Button मा क्लिक गरी Payment Processor छनौट गर्ने र Connect IPS मा Login गर्ने ।

Ø यदि Connect IPS को Username / Password छैन भने निम्नानुसार गर्ने ।

 

  • www.connectips.com मा क्लिक गरी Sign UP मा क्लिक गर्ने ।
  • User Name, Password, Mobile No, Email लगाएतका विवरणहरु भरी Username बनाउने ।
  • User Create गर्दा राखेको मोवाइल नं र इमेल ठेगानामा प्राप्त हुने Code राखि विवरण Account Verification गर्ने ।
  • बैंक खाता लिंक गर्न Link Bank Account मा गई बैंक खाताको विवरणहरु भरी उक्त विवरण सहितको फाराम डाउनलोड गर्ने ।
  • अब बैंकको सम्बन्धित खातामा गई बैंक खाता लिंकको Verify गराउने ।

 

९. राजस्व दाखिला गर्ने बैंक खाता (Debit Account) छनौट गरी Submit Button मा क्लिक गर्ने ।

१०. नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) ले Payment Verification को लागि तपाईंको रजिष्टर्ड Mobile Number र Email Account मा OTP (One Time Password) पठाउँछ । उक्त OTP Number टाइप गरी Confirm Button मा क्लिक गरी सकेपछि तपाईंको खाताबाट रकम Debit भएको खण्डमा Debit Success पेज देखा पर्दछ र Request Slip मा देहाय अनुसारको Debit Success Status देखा पर्दछ ।

[तपाईंको डेबिट कारोवार सफलतापूर्वक सम्पन्न भएको छ । राजस्व खातामा रकम जम्मा भइसकेपछि उक्त विवरण केही मिनेटमा अद्यावधिक भएको देखिनेछ । भौचर प्रिन्ट गरी सेवा लिन कार्यालय जान सक्नु हुनेछ]

 

११.   यसरी Debit Success भएको कारोबारको राजस्व दाखिला महालेखा नियन्त्रक कार्यालयको नाममा भएको बैंकको खातामा जम्मा भएपछि राजस्व दाखिलाको Credit Success Status देखा पर्दछ । सो को लागि हाललाई करिब ५ मिनेट समय लाग्दछ ।

१२. पुरानो Payment को Request को Status निम्नानुसार प्राप्त हुनेछ ।

Pending -> Payment not initiated,

In Progress -> Debited from Taxpayer’s account,

Completed -> Credited to FCGO Account

 

१३. यसरी तपाईंले विद्युतीय माध्यमबाट राजस्व दाखिला गर्न सक्नुहुनेछ ।

मिल्दैन । करको दाखिला गर्दा करको प्रकार अनुसार वर्गिकरण गरेको राजस्व शिर्षक प्रयोग गर्नु पर्दछ । यस सम्बन्धमा मिति २०७६।०४।०१ देखि लागू भएका करको प्रकार अनुसारका राजस्व शिर्षकहरु तपसिल बमोजिम रहेका छन् ।

सि. नं.

आ.व. २०७६.०४.०१ देखी कायम भएको राजस्व संकेत

राजस्व आधार शीर्षक, मूल शीर्षक, शीर्षक तथा उपशीर्षक

व्याख्या

१.

१११११

एकलौटी फर्म तथा व्यक्तिगत आयमा लाग्ने कर

एकलौटी फर्म तथा व्यक्तिगत आयमा लाग्ने कर यसमा पर्दछ ।

२.

११११२

पारिश्रमिक कर

कुनै प्रकृति व्यक्तिले रोजगारबाट प्राप्त गरेको तलव, ज्याला, मजदुरी, पारिश्रमिक, भत्ता एवं सुविधा, अवकाश भुक्तानी, रोजगारका सम्बन्धमा गरिएका अन्य भुक्तानी, अध्ययन, अध्यापन आदि विभिन्न श्रोतबाट हुने आयमा लाग्ने कर यसमा पर्दछ ।

३.

११११३

पूँजीगत लाभ कर

घर, जग्गा, शेयर आदि सम्पत्तिको बिक्री, पट्टा, हक हस्तान्तरण लगायत विभिन्न किसिमका निःसर्ग बाट भएको पूँजीगत लाभमा व्यक्ति तथा एकलौटी फर्मलाई लाग्ने कर यसमा पर्दछ ।

४.

१११२०

निकायको आयमा लाग्ने कर

व्यवसायिक निकाय तथा संस्थानको आयमा लाग्ने कर यसमा पर्दछ । यो शीर्षकमा रकम जम्मा गर्न मिल्दैन ।

५.

१११२१

निकायको मुनाफामा लाग्ने कर (सरकारी संस्थान)

सरकारको पुर्ण वा अधिकांश (५० प्रतिशत भन्दा बढी) स्वामित्व भएका सरकारी निकाय तथा त्यस्ता निकायको व्यवस्थापकीय नियन्त्रण भएको निकायको आयमा लाग्ने कर यसमा पर्दछ ।

६.

१११२२

निकायको मुनाफामा लाग्ने कर (पब्लिक लिमिटेड कम्पनी)

कुनै विषेश ऐन  वा कम्पनी ऐन अन्तर्गत दर्ता भएका पब्लिक लिमिटेड कम्पनी र सरकारको ५० प्रतिशत भन्दा कम स्वामित्व भएका कम्पनीको आयमा लाग्ने कर यसमा पर्दछ ।

७.

१११२३

निकायको मुनाफामा लाग्ने कर (प्राइभेट लिमिटेड कम्पनी)

कम्पनी ऐन अन्तर्गत दर्ता भएका प्राइभेट लिमिटेड कम्पनी तथा आयकर ऐन बमोजिम तोकिएको कम्पनीको आयमा लाग्ने कर यसमा पर्दछ ।

८.

१११२४

निकायको मुनाफामा लाग्ने कर (अन्य संस्था)

माथि उल्लिखित उपशीर्षक १११२१ देखि १११२३ भित्र परेका बाहेक अन्य संस्थाहरुः- साझेदारी फर्म, सहकारी संस्था, ट्रस्ट, संघ संथा, विदेशी कम्पनी एवं अन्य निकायको आयमा लाग्ने कर यसमा पर्दछ ।

९.

१११२५

पूँजीगत लाभ कर

निकाय

घर, जग्गा शेयर आदि सम्पत्तिको बिक्री, पट्टा, हक हस्तान्तरण लगायत विभिन्न किसिमका निःसर्गबाट भएको पुँजीगत लाभमा निकायलाई लाग्ने कर यसमा पर्दछ ।

१०.

१११३०

लगानीको आय तथा अन्य आयमा लाग्ने कर

माथि उल्लेखित शीर्षक १११११ दखि १११२५ भित्र परेका बाहेक अन्य आयमा लाग्ने कर यसमा पर्दछ । यो शीर्षकमा रकम जम्मा गर्न मिल्दैन ।

११.

१११३१

सम्पति, बहाल तथा पट्टा वापतको आयमा लाग्ने कर

घर, जग्गा, सवारी साधन तथा अन्य अचल सम्पत्ती वहाल वा पट्टा वा दीर्घकालीन करारमा दिए वापतको आयमा लाग्ने कर यसमा पर्दछ ।

१२.

१११३२

ब्याजमा लाग्ने कर

बैंक, वित्त कम्पनी वा अन्य निकाय वा व्यक्तिबाट भुक्तानी गरिने वा प्राप्त हुने व्याजमा लाग्ने कर यसमा पर्दछ ।

१३.

१११३३

लाभांशमा लाग्ने कर

कुनैपनि कम्पनी वा निकायमा लगानी गरे वापत प्राप्त हुने लाभांशमा लाग्ने कर यसमा पर्दछ ।

१४.

१११३४

लगानी सम्बन्धी अन्य आयमा लाग्ने कर

लगानी सम्बन्धी अन्य आयमा लाग्ने कर यसमा पर्दछ ।

१५.

१११३५

आकस्मिक लाभ कर

जुवा, चिठ्ठा, बाजी, उपहार, दान, अपुताली, सुराकी, पुरस्कार लगायतका आकस्मिक लाभका स्रोतबाट प्राप्त आयमा लाग्ने कर यसमा पर्दछ ।

१६.

१११३९

अन्य आयमा लाग्ने कर

माथि उल्लखित शीर्षक नं. हरूमा नपरेका अन्य आयमा  लाग्ने कर यसमा पर्दछ ।

१७.

११२११

पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा कर

कुनै प्राकृतिक व्यक्तिले रोजगारीबाट प्राप्त गरेको तलव, ज्याला, मजदुरी, पारिश्रमिक, भत्ता एवं सुविधा, अवकाश भुक्तानी, रोजगारीका सम्बन्धमा गरिएका अन्य भुक्तानी, अध्ययन, अध्यापन आदि विभिन्न स्रोतबाट हुने समग्र आयमा एकमुष्ट रुपमा तोकिए बमोजिम लिईले सामाजिक सुरक्षा कर यसमा पर्दछ ।

१८.

११४४२

स्वास्थ्य सेवा कर

सरकार तथा सामुदायिक अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवा बाहेक अन्य स्वास्थ्य संस्थाले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्ने कर यसमा पर्दछ ।

१९.

११४४३

शिक्षा सेवा कर(शैक्षिक संस्था)

निजी शैक्षिक संस्थाले प्रदान गर्ने तोकिएका शैक्षिक सेवाहरूमा लाग्ने शिक्षा सेवाशुल्क यसमा पर्दछ ।

२०.

११४४४

शिक्षा सेवा कर(वैदेशिक अध्ययन)

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूले बुझाउनु पर्ने शिक्षण शुल्कमा लाग्ने सेवा शुल्क वापतको रकम यसमा पर्दछ ।

२१.

११४५४

सडक निर्माण तथा संभार कर

सवारी साधन दर्ताका वखत यातायात व्यवस्था कार्यालायमा सवारी साधनको किसिम अनुसार संकलन गरिने कर यसमा पर्दछन् ।

२२.

१४२१४

दूरसंचार सेवा शुल्क

दूरसञ्चार सेवा शुल्क वापतको रकम यसमा पर्दछ ।

२३.

१४२१५

टेलिफोन स्वामित्वको शुल्क

टेलिफोन स्वमित्व वापतको रकम यसमा पर्दछ ।

२४.

३३३११

मू.अ. कर (उत्पादन)

उत्पादनकर्ताले वस्तु उत्पादन गरी बिक्री गर्दा लाग्ने मूल्य अभिबृद्धि कर वापत तिर्नु पर्ने रकम यसमा पर्दछ ।

२५.

३३३१३

मू.अ.  कर (वस्तु बिक्री र वितरण)

थोक तथा खुद्रा बिक्रेताबाट मूल्य अभिबृद्धि कर वापत तिर्नु पर्ने रकम यसमा पर्दछ ।

२६.

३३३१४

मू.अ.  कर (परामर्श तथा ठेक्का)

सबै प्रकारका ठेक्का व्यवसाय तथा परामर्श सेवामा लाग्ने मूल्य अभिबृद्धि कर यसमा पर्दछ । मूल्य अभिवृद्धि कर लागू हुनु अगाडि असुल हुन बाँकी रहेका ठेक्का कर असुल भएमा यसैमा जम्मा गर्नु पर्दछ ।

२७.

३३३१५

मू.अ.  कर (पर्यटन सेवा संकलन)

पर्यटन व्यवसायसँग सम्बन्धित होटल, ट्राभल एजेन्सी, पदयात्रा (ट्रकिङ), जलयात्रा (र्‍याफ्टिङ) समेतका व्यवसायमा लाग्ने मूल्य अभिवृद्धि कर यसमा पर्दछ । मूल्य अभिवृद्धि कर लागू हुनु अगाडी असुल हुन बाँकी रहेका होटल कर असुल भएमा यसैमा जम्मा गर्नु पर्दछ ।

२८.

३३३१६

मू.अ. कर (संचार सेवा, विमा, हवाई उडान र अन्य सेवा संकलन)

सबै प्रकारका सञ्चार सेवा (सरकारी हुलाक सेवा बाहेक), बीमा र तोकिएका अन्य सेवाको बिक्रीमा लगाइने मूल्य अभिवृद्धि कर र हवार्इ उडान कर वापतको रकम यसमा पर्दछ । मूल्य अभिवृद्धि कर लागू हुनु अगाडि असुल हुन बाँकी रहेका मनोरन्जन कर असुल भएमा यसैमा जम्मा गर्नु पर्दछ ।

२९.

३३३१७

मू.अ.  कर (बेदर्तावालाबाट गर्ने संकलन)

नेपाल बाहिरको दर्ता नभएको कुनै व्यक्तिबाट सेवा प्राप्त गर्दा उठाउनु पर्ने मूल्य अभिवृद्धि कर, काठ बिक्रीमा लगाइने मूल्य अभिवृद्धि कर, स्थानीय तह वा नेपाल स्थित अन्तर्राष्ट्रिय संघ संस्था वा नियोग वा सरकार वा मूल्य अभिवृद्धि कर नलाग्ने वस्तुको कारोवार गर्ने सार्वजनिक संस्थानले सङ्कलन/दाखिला गर्ने मूल्य अभिवृद्धि कर यसमा पर्दछ ।

३०.

३३३३१

अन्तःशुल्क (सुर्तिजन्य पदार्थ)

सबै प्रकारका सुर्तीजन्य पदार्थको उत्पादनमा लाग्ने अन्तःशुल्क यसमा पर्दछ ।

३१.

३३३३२

अन्तःशुल्क  (मदिरा)

मदिरा (वार्इन र हल्का पेय पदार्थ समेत) के उत्पादनमा लाग्ने लाग्ने अन्तःशुल्क यसमा पर्दछ ।

३२.

३३३३३

अन्तःशुल्क  (बियर)

वियर उत्पादनमा लाग्ने अन्तःशुल्क यसमा पर्दछ ।

३३.

३३३३४

अन्तःशुल्क  (अन्य औद्योगिक उत्पादन)

माथि उल्लखित उपशीर्षक ३३३३१, ३३३३२, ३३३३३ मा परेको बाहेक अन्य औद्योगिक उत्पादनमा लाग्ने अन्तःशुल्क यसमा पर्दछ ।



कुनै व्यक्तिले निश्चित मिति सम्मको ऐन बमोजिम वुझाउनु पर्ने आय विवरण/वित्तिय विवरण र तिर्न पर्ने सम्पुर्ण कर दाखिला गरिसकेपछि करदाताको माग बमोजिम जारी गरिने कर तिरिसकेको प्रमाण पत्रलाई कर चुक्ता प्रमाण पत्र भनिन्छ ।

ऐन बमोजिम आय विवरण/वित्तिय पेश गरि तिर्नुपर्ने सम्पुर्ण कर तिरिसकेपछि आवश्यक कागजात सहित सम्बन्धित कार्यालयमा निवेदन दिनु पर्छ ।डे ०१ आय विवरणपेश गर्ने करदाताको हकमा सम्बन्धित आ.रा.का. तथा करदाता सेवा कार्यालयमा विवरण पेश नगरी बैंक काउण्टर मार्फत राजस्व बुझाउँदा नै सिधै डे ०१ आय विवरण तथा राजस्व दाखिला फाराम भरी आय विवरण तथा पूर्वानुमानित कर बुझाएपछि करदाता स्वयंले कम्प्युटर प्रणालीवाट करचुक्ता प्रमाणपत्र निकाल्न सक्नेछ । यसको लागि सम्बन्धित कार्यालयमा गई निवेदन दिनु पर्दैन ।

अनिवार्य छैन । करदाताको आवश्यकता अनुसार कर चुक्ता प्रमाण पत्र लिन सकिन्छ ।

करदाताले पेश गरेको स्वयम कर विवरण/वित्तीय विवरण अनुसार सम्पुर्ण कर रकम दाखिला भए पछि कर चुक्ता प्रमाणपत्र जारी गरिन्छ । कर चुक्ता प्रमाणपत्र लिएता पनि करदाताले घोषणा गरेको स्वयम कर विवरण/वित्तीय विवरणमा कर परीक्षण वा अनुसन्धान वा अन्य कुनै तरिकाले थप आय कायम भएमा सो आयमा कर तिर्नुपर्ने दायित्व करदाताको रहिरहन्छ ।

कर चुक्ता प्रमाण पत्र प्राप्त गर्न देहायका कागजातहरु पेश गर्नुपर्दछ ।

  • आय विवरण पेश गर्नुपर्ने हकमा आय विवरण पेश गरी निर्धारित कर दाखिला गरेको हुनुपर्ने ।
  • विगत आ.व.हरुको आय विवरण र कर वक्यौता नभएको ।
  • बित्तीय विवरण पेश गर्नुपर्ने करदाताको हकमा वित्तीय विवरण र लाग्ने कर वापतको रकम तिरेको भौचर ।
  • रोजगारीको आय हुनेको सम्वन्धमा रोजगारदातावाट आम्दानी र कर दाखिलाको विवरण ।
  • अरु कुराको हकमा कार्यालयवाट तोकिए वमोजिम ।

डे०१ आयविवरण पेश गर्ने करदाताको हकमा बैंक काउण्टर मार्फत राजस्व बुझाउँदा नै सिधै डे ०१ आय विवरण तथा राजस्व दाखिला फाराम भरी आय विवरण तथा पूर्वानुमानित कर बुझाएपछि करदाता स्वयंले कम्प्युटर प्रणालीवाट करचुक्ता प्रमाणपत्र निकाल्न सक्ने व्यवस्था रहेकोले करचुक्ताको लागि सम्बन्धित कार्यालयमा गई कागजात पेश गरिरहनु पर्दैन ।

शुल्क लाग्दैन तर दाखिला गर्नुपर्ने कर बांकी रहेको हुनुहुदैन ।

सम्वन्धित कार्यालय प्रमुख वा आन्तरिक राजस्व विभाग समक्ष ।

करदाताको अधिकारको प्रत्याभूति आयकर ऐन, २०५८ को दफा ७४(२) मा गरिएको   छ । सो अनुसार करदातालाई देहाय बमोजिमको अधिकार हुनेछ ।

क) सम्मानपूर्वक व्यवहारको अधिकार,

ख) कर सम्बन्धी कुराहरुको सूचना प्रचलित कानून बमोजिम प्राप्त गर्ने अधिकार,

ग) कर सम्बन्धी कुरामा सफाइको सबुत पेश गर्ने मौका प्राप्त गर्ने अधिकार,

घ) प्रतिरक्षाका लागि कानून व्यवसायी वा लेखा परीक्षक मुकरर गर्ने अधिकार र

ङ) कर सम्बन्धी गोपनीय कुराहरु यसमा उल्लेख भए बाहेक अनतिक्रम्य हुने अधिकार  आदि ।

करदाताले आफ्नो अधिकारको दाबी गर्दा ऐन नियममा उल्लेखित कर्तव्यहरु पालना गर्नुपर्दछ । प्रमुख कर्तव्यहरु देहाय बमोजिम छ :–

क) तोकिएको समयमा विवरण एवं कर बुझाउनु पर्ने,

ख) तोकिएको समयमा निर्धारित कर दाखिला गर्ने,

ग) प्रशासनले माग गरेको सूचना, कागजात उपलब्ध गराउने र

घ) प्रशासनलाई सहयोग गर्ने आदि ।

करदाताको अधिकारको सम्मान भएन भने आन्तरिक राजस्व कार्यालयको प्रमुख वा आन्तरिक राजस्व विभागको महानिर्देशक वा अर्थ मन्त्रालयमा गुनासो गर्न सकिन्छ ।

आन्तरिक राजस्व विभाग र सो मातहतमा कार्यालयले समेत प्रत्यक्ष गुनासो सुन्ने निश्चित पदाधिकारी तोकेको हुन्छ । गुनासो गर्ने व्यक्तिले सम्बन्धित अधिकारीलाइ भेटी गुनासो राख्न सकिन्छ । सो बाहेक जुनसुकै समयमा लिखित रुपमा पनि गुनासो पेश गर्न पनि सकिने व्यवस्था छ ।

करदाताको गुनासो गर्न सम्बन्धित कार्यालयको गुनासो सुन्ने अधिकृत वा सम्बन्धित कार्यालयको प्रमुख वा आन्तरिक राजस्व विभागको महानिर्देशक वा अर्थ मन्त्रालयका सचिवसंग सम्पर्क गर्न सकिन्छ । निम्नलिखित ठेगाना, र इमेल वा हटलाइनमा समेत गुनासो राख्न सकिन्छ ।

क) सम्बन्धित आन्तरिक राजस्व कार्यालय,

ख) आन्तरिक राजस्व विभाग, लाजिम्पाट, काठमाडौं,

ग) अर्थ मन्त्रालय सिंहदरबार, काठमाडौं,

घ) विभाग/कार्यालयको टेलिफोन नम्बर र

ङ) Email –website:  www.iro_@ird.gov.np

      www.ird.gov.np

      www.mof.gov.np

      हटलाइन ०१४४१५८०२, ०१४४१५८०३, ०१४४१९७१९

तपाईले गर्नु भएको गुनासोको परिणाम थाहा पाउन स्वयं चनाखो भई नतिजाको अनुगमन गर्नु  पर्दछ । यसका लागि ठेगाना, ईमेल वा फोन नंबर समेत टिपाउन सकिन्छ ।

रोजगारीबाट आय हुने व्यक्ति बाहेक अर्थात् कुनै व्यवसाय वा लगानीबाट कुनै आय बर्षमा  निर्धारणयोग्य आय भएको वा हुने व्यक्तिले किस्ताबन्दीमा कर तिर्नुपर्दछ । तर समग्र किस्ताको जम्मा रकम (बार्षिक रकम) रु. ७ हजार ५ सय भन्दा कम भएमा त्यस्तो किस्ताको रकम बुझाउनु पर्दैन । त्यसै गरी श्रोतमा अन्तिम रुपले कर कट्टी हुने भुक्तानीहरु तथा रु. ३ लाख सम्म करयोग्य आय वा रु. ३० लाख रुपैयाँ भन्दा बढी कारोवार नभएका बासिन्दा प्राकृतिक व्यक्तिले छनौट गरेको पूर्वानुमानित कर तिर्ने व्यक्तिले वा भाडाका सवारी साधन धनी प्राकृतिक व्यक्तिले पनि किस्ताबन्दी कर तिर्नुपर्दैन ।

किस्ताबन्दी कर तीन किस्तामा बुझाउनु पर्दछ । पौषको अन्त्यसम्म पहिलो किस्ता, चैत्रको अन्त्यसम्म दोश्रो किस्ता तथा आषाढ महिनाको अन्त्यसम्म तेश्रो र अन्तिम किस्ताको कर दाखिला गर्नु पर्दछ । त्यस्तै कारोबारको आधारमा कर तिर्ने करदाता Turnover Tax (TOT) मा आवद्ध व्यक्ति (करदाता) ले पौषको अन्त्यसम्म पहिलो किस्ता र असारको अन्त्यसम्म दोश्रो किस्ता गरी दुई किस्तामा कर दाखिला गर्नु पर्दछ ।

कुनै व्यवसाय वा लगानीबाट कुनै आय वर्षमा निर्धारण योग्य आय भएको वा हुने व्यक्तिले पहिलो किस्तामा अनुमानित करको ४०% रकम मध्ये तिर्न बाँकी रकम, दोश्रो किस्तामा अनुमानित करको ७०% रकम मध्ये तिर्न बाँकी रकम र तेश्रो किस्तामा अनुमानित करको १००% रकम मध्ये तिर्न बाँकी रकम दाखिला गर्नु पर्दछ । त्यस्तै कारोबारको आधारमा कर तिर्ने करदाता Turnover Tax (TOT) मा आवद्ध व्यक्ति (करदाता) ले देहाय बमोजिम दुई किस्तामा कर दाखिला गर्नु पर्दछ ।

दाखिला गर्नु पर्ने मिति

दाखिला गर्नु पर्ने कर रकम

पुस महिनाको अन्त्यसम्म

पुस २० गते सम्मको कारोवारमा तोकिएको दर अनुसार लाग्ने कर 

असार महिनाको अन्त्यसम्म

असार २० गते सम्मको यथार्थ कारोवारको आधारमा असार महिनाको अन्त्यसम्म हुने कारोवार अनुमान गरी तोकिएको दर अनुसार लाग्ने करको गणना गरी सो कर रकमबाट पुस मसान्तभित्र दाखिला गरेको कर घटाई हुन आउने कर रकम ।

 

कुनै करदाताको कूल बार्षिक बिक्रीलाई आधार मानेर सो कारोबारमा निश्चित प्रतिशतको आधारमा तिर्नुपर्ने कर कारोबारमा आधारित कर हो ।

बासिन्दा प्राकृतिक व्यक्तिले  नेपालमा स्रोत भएको व्यवसायबाट प्राप्त आय मात्र भएको, व्यवसायबाट प्राप्त कर योग्य आय दश लाख रुपैँया र व्यवसायको कारोवार रु.तीस लाख भन्दा वढी रु एक करोड भन्दा घटी भएको करदाताहरुले कारोबारमा आधारित कर तिर्नुपर्छ ।

कारोबारको आधारमा कर तिर्ने व्यक्तिले २ किस्तामा कर दाखिला गर्नुपर्छ । पुष २० गते सम्मको कारोबारमा तोकिएको दर अनुसार लाग्ने कर पुष महिनाको अन्त्यसम्म र असार २० गते सम्मको यर्थाथ कारोबारको आधारमा असार महिनाको अन्त्यसम्म हुने कारोबार अनुमान गरी तोकिएको दर अनुसार लाग्ने करको गणना गरी सो कर रकमबाट पुष मसान्तभित्र दाखिला गरेको कर घटाई हुन आउने कर रकम आषाढ महिनाको अन्त्यमा दाखिला गर्नुपर्छ ।

समयमा किस्ताबन्दीमा कर दाखिला गरिएन भने ब्याज र शुल्क दुबै लाग्ने हुन्छ । किस्ताबन्दीको विवरण/अनुमानित करको विवरण (आय विवरण) दाखिला गर्न सकेन भने प्रति विवरण रु.५ हजार रुपैयाँ वा आय विवरणमा उल्लेखित निर्धारण योग्य आय रकमको शून्य दशमलव शून्य एक प्रतिशतले हुने रकम मध्ये जुन वढी हुन्छ सो रकम शुल्क लाग्दछ ।  त्यसैगरी समयमा किस्ताबन्दी कर दाखिला नगर्ने वा कम रकम दाखिला गर्ने व्यक्तिलाई आय विवरण (आ.ब. व्यतित भएपछि बुझाइने) अनुसार बुझाउनु पर्ने करको नव्वे प्रतिशतभन्दा घटी रकम दाखिला गरेकोमा यस्तो घटी रकममा सामान्य ब्याज दरले (१५% वार्षिक) वार्षिक आय विवरण बुझाउनु पर्ने मिति सम्मका लागि (अर्थात् आगामी आ.ब. को असोज मसान्तसम्मका लागि) ब्याज बुझाउनु पर्दछ ।

किस्तावन्दीमा कर दाखिला गर्न पहिलो किस्तासंगै वार्षिक अनुमानित करको विवरण करदाता आफैले तयार गरी (लेखापरीक्षक चाहिंदैन) सो का आधारमा किस्ताबन्दी करको गणना गर्नुपर्दछ । अनुमानित आयको विवरण तयार गर्दा अरु सामान्य आय विवरण तयार गरे झैं रोजगारी, व्यवसाय र लगानीको श्रोतबाट छुट्टाछुट्टै आयको अनुमान गरी निर्धारणयोग्य आय र करयोग्य आय गणना गर्नुपर्दछ र यस्तो करयोग्य आयमा औषधि उपचार खर्च वापत कर मिलानको रकम नघटाई करको गणना गर्नुपर्दछ । यस्तो अनुमानमा ९० प्रतिशतसम्म शुद्धता हुनु अनिवार्य छ । सोभन्दा बढी त्रुटी भयो भने र दाखिला गरेको कर रकम तिर्नुपर्ने कर रकमको ९० प्रतिशतभन्दा घटी भएमा यस्तो घटी तिरिएको रकममा ब्याज तिर्नुपर्ने हुन्छ ।

अनुमानित करको शुद्धता (अनुमानित विवरणको शुद्धता) घटीमा ९० प्रतिशत  हुनु पर्दछ ।

आफूले गरेको अनुमानित करको विवरणको अनुमानमा पहिलो किस्तामा त्रुटी भयो भने वा पछि कारोवारका बारेमा थप स्पष्टताहरु प्राप्त हुँदै गयो भने दोश्रो/तेश्रो किस्तासंगै पुनः संशोधित विवरण बुझाउन पाइन्छ र पुरानो विवरण सच्याउन पाइन्छ । तर अनुमानको शुद्धताको प्रतिशत ९० भन्दा तल झर्‍यो भने यसरी घटी रकम तिर्दा ब्याज लाग्दछ । साथै यस्तो संशोधित अनुमान बुझाउन बाँकी किस्ता रकमको हकमा मात्र लागू हुन्छ । करदाताले बुझाएको विवरण वा संशोधित विवरणमा (अनुमानमा) विभाग सन्तुष्ट नभएमा गत आय वर्षमा दाखिला गरेको करको आधारमा विभागले (सम्बन्धित ठूला करदाता कार्यालय वा आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयले) करदाताको अनुमानमा संशोधन गर्न सक्दछ । यसरी विभागले  संशोधन गरेमा करदाताले विभागद्वारा संशोधित अनुमानका आधारमा किस्ताबन्दी कर दाखिला गर्नु पर्दछ ।

अनुमानित करको विवरण आफुसंग सम्बन्धित ठूला करदाता कार्यालय वा आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा  कार्यालयमा बुझाउन पर्दछ ।

इन्टरनेटद्वारा अनुमानित करको विवरण ढाँचा विभागको वेबसाईट www.ird.gov.np बाट प्राप्त गर्न सकिन्छ । विवरण बुझाउन बिद्युतीय माध्यमबाट पनि सकिन्छ । यसको लागि सम्बन्धित ठूला करदाता कार्यालय वा आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयवाट User ID  Password लिनु पर्दछ ।

 अनुमानित करको विवरण (Estimated Tax Return) भर्ने तरिका

  • Mozilla Firefox वेव व्राउजर प्रयोग गरी www.ird.gov.np पेजलोड गर्नुहोस  ।
  • होमपेजमा भएको Taxpayer Portal मा क्लिक गर्नुहोस ।
  • तत् पश्चात प्राप्त हुने Screen मा Estimated Return लाई छनौट गर्नुहोस ।
  • तत् पश्चात Estimated Return Entry  मेनुमा क्लिक गर्नुहोस ।
  • अनुमानित करको विवरण दाखिला गर्ने Submission No. प्राप्त गर्न आवश्यकता अनुसारको बक्समा युजरनेम, पासवर्ड, स्थायी लेखा नं. आर्थिक वर्ष (अनुमानित करको विवरण जहिले पनि चालु आर्थिक वर्षको हुन्छ त्यसैले चालु आर्थिक वर्ष छनौट गर्ने)  सम्पर्क न टाइप गरी Register Button मा क्लिक गर्नुहोस ।
  • तपाईलाई Submission No. प्राप्त भएको जानकारी प्राप्त हुने छ । अब Proceed Button मा क्लिक गरी आवश्यकता अनुसारको अनुमानित कारोबार विवरण र राजश्व दाखिला विवरण प्रविष्टि गरी Save Button मा क्लिक गर्नुहोस ।
  • यसरी Save भएको विवरण हेरफेर गर्नुपर्ने भएमा Estimated Return Folder मा भएको Estimated Return Login मेनुमा क्लिक गरी Submission No.  तथा Submission No. लिदा प्रयोग गरेको UsernamePassword Type गरी Login गरेर विवरणलाई पूर्ण  बनाउनहोस ।
  • आफुले प्रविष्टि (Entry) गरेका विवरणहरु सबै रुजु गरी ठीक भएमा Submit Button मा क्लिक गरी विवरण Submit भएको जानकारी प्राप्त गर्नुहोस  । 
  • यसरी विवरण Submit भै सकेकपछि त्यस पेजमा भएको SaveSubmit Button Disable भै Print Button मात्र Enable हुन्छ । 
  • अब Print Button मा क्लिक गरी विवरणहरु प्रिन्ट गरेर सम्बन्धित ठुला करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा गएर विवरण Verify गर्नुहोस वा आफैले Verify गर्ने Username  र Password प्राप्त गर्नु भएको छ भने आफै Verify गर्नुहोस् । 
  • तपाईले पेश गर्न चाहनु भएको विवरण Verify नभएसम्म विवरण पेश भएको मान्य हुदैन । अतः आफुले पेश गरेको विवरण तोकिएको समयमा नै सम्बन्धित कार्यालयमा गएर Verify गराउनुहोस् वा आफैले Verify गर्ने Username  र Password प्राप्त गर्नु भएको छ भने आफै Verify गर्नुहोस् । 

यदि तपाईंलाई सहयोगको आबश्यकता भएमा Help मेनुमा गई सहयोग लिन सकिन्छ ।

ठेक्का वा करारको भुक्तानी गर्दा १.५ प्रतिशतका दरले अग्रिम कर कट्टी गर्नुपर्दछ ।

ठेक्का वा करार अन्तर्गत रू. ५० हजार भन्दा बढीको रकममा भुक्तानी  दिदा अग्रिम कर कट्टी गर्नुपर्छ ।

ठेक्का वा करार अन्तर्गत भुक्तानी प्राप्त गर्ने पक्ष कर छुट संस्था भए पनि अग्रिम कर कट्टी गर्नु पर्दछ ।

विदेशी वा गैर वासिन्दा व्यक्तिलाई वायूयान मर्मत तथा अन्य ठेक्का वा करार बापतको रकम भुक्तानी गर्दा  ५ प्रतिशत र गैर वासिन्दा वीमा कम्पनीलाई प्रिमियम भुक्तानी गर्दा १.५ प्रतिशतका  दरले  अग्रिम कर कट्टी गर्नुपर्छ ।

ठेक्का वा करार अन्तर्गत वस्तु र सेवा दुवैको आपूर्ति भएमा पुरै ठेक अंकमा अग्रिम कर कट्टी गर्नुपर्छ ।

अग्रिम कर कट्टी गर्दा मूल्य अभिवृद्धि कर बाहेकको मूल्यमा गर्नुपर्छ ।

मूल्य अभिवृद्धि करमा दर्ता भएको व्यक्तिलाई ठेक्का वा करारको भुक्तानी गर्दा अग्रिम कर कट्टी गर्ने छुट्टै व्यवस्था छैन, अरु सरहनै गर्नुपर्छ ।

अग्रिम कर कट्टी गरेको रकम अग्रिम कर कट्टी गरिएको महिना समाप्त भएको २५ दिन भित्र स्थायी लेखा नम्बर लिएको वा भुक्तानी स्थलसंग सम्बद्ध आन्तरिक राजस्व विभाग मातहतका कार्यालयमा दाखिला गर्नुपर्दछ ।

अग्रिम कर कट्टी गर्नेले विवरण समेत महिना समाप्त भएको २५ दिनभित्र सम्बन्धित आन्तरिक राजस्व  विभाग मातहतका कार्यालयमा वुझाउनु पर्दछ ।

रोजगारी आय मात्र हुने व्यक्तिको वार्षिक करयोग्य आयको आधारमा लाग्ने करलाई दामासाहीले मासिक रुपमा पारिश्रमिक भुक्तानी गर्दाको बखत रोजगारदाताले अग्रिम कर कट्टी गरी दाखिला गर्नुपर्दछ ।

रोजगारीको आयमा कर छुट छैन । प्राकृतिक व्यक्तिको रोजगारीको आयमा आ.व.२०७७।०७८ को लागि देहाय बमोजिम कर लाग्दछ ।

विवरण

करयोग्य आय रु.

करको दर

एक्लो प्राकृतिक व्यक्तिको रुपमा छनौट गर्नेको हकमा

(क)    ४,००,०००।०० सम्म

सामाजिक सूरक्षा कर बापत एक प्रतिशत कर लाग्ने ।

(ख)    ५,००,०००।०० सम्म

रु.४ लाखसम्म एक प्रतिशत र बांकी रकममा दश प्रतिशतले कर लाग्ने ।

(ग)     ७,००,०००।०० सम्म

रु.५ लाखसम्म चौध हजार रुपैयाँ र बांकी रकममा बीस प्रतिशतले कर लाग्ने ।

(घ)     २०,००,०००।०० सम्म

रु.७ लाखसम्म चौवन्न हजार रुपैयाँ र बांकी रकममा तीस प्रतिशतले कर लाग्ने ।

(ङ)    २०,००,०००।०० रुपैयाँ भन्दा बढी करयोग्य आय हुनेको हकमा

रु.४ लाखमा एक प्रतिशत,

रु.1 लाखमा दश प्रतिशत,

रु.२ लाखमा बीस प्रतिशत,

रु.१३ लाखमा तीस प्रतिशत,

रु.२० लाख भन्दा बढी रकममा तीस प्रतिशतले हुने कर र सो करको दरमा थप बीस प्रतिशत अतिरिक्त कर लाग्ने ।

 

तर निवृत्तभरण  बापतको  आय,  निवृत्तभरण  कोष  र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्ति वा दम्पत्तिको हकमा १ प्रतिशत कर लाग्दैन ।

दम्पती प्राकृतिक व्यक्तिको रुपमा छनौट गर्नेको हकमा

(क)    ४,५०,०००।०० सम्म

सामाजिक सूरक्षा कर बापत एक प्रतिशत कर लाग्ने ।

(ख)    ५,५०,०००।०० सम्म

रु.४ लाख ५० हजारसम्म एक प्रतिशत र बांकी रकममा दश प्रतिशतले कर लाग्ने ।

(ग)     ७,५०,०००।०० सम्म

रु.५ लाख ५० हजारसम्म चौध हजार पाँच सय रुपैयाँ र बांकी रकममा बीस प्रतिशतले कर लाग्ने ।

(घ)     २०,००,०००।०० सम्म

रु.७ लाख ५० हजार रुपैंयासम्म चौवन्न हजार पाँच सय रुपैयाँ र बांकी रकममा तीस प्रतिशतले कर लाग्ने ।

(ङ)    २०,००,०००।०० रुपैयाँ भन्दा बढी करयोग्य आय हुनेको हकमा

रु.४ लाख ५० हजारमा एक प्रतिशत,

रु.१ लाखमा दश प्रतिशत,

रु.२ लाखमा बीस प्रतिशत,

रु.१२ लाख ५० हजारमा तीस प्रतिशत,

रु.२० लाख भन्दा बढी रकममा तीस प्रतिशतले हुने कर र सो करको दरमा थप बीस प्रतिशत अतिरिक्त कर लाग्ने ।

 

तर निवृत्तभरण बापतको आय, निवृत्तभरण  कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्ति वा दम्पत्तिको हकमा १ प्रतिशत कर लाग्दैन ।

रोजगारी आय हुने व्यक्तिको पारिश्रमिक भुक्तानी प्राप्त गर्दाका बखत रोजगारदाताले अग्रिम कर कट्टी गरी दाखिला गर्नुपर्दछ ।

लाग्ने करको गणना भुक्तानीकर्ताले गर्छ । सो ठीक भए नभएको सम्बन्धमा भुक्तानी पाउने व्यक्ति पनि सचेत हुनुपर्दछ ।

कुल निर्धारणयोग्य आयमा दफा १२ अनुसार कर छुट पाएका संस्थाहरुलाई दिइएका चन्दा उपहार र दफा ६३ बमोजिम स्वीकृत अवकाश कोषमा जम्मा गरिएको तोकिएको सीमासम्मको भुक्तानी घटाई हुन आउने करयोग्य आयमा ऐनको अनुसूची–१ बमोजिम पाउने सुविधा कट्टा गरि बाँकी हुन आउने रकममा सोही अनूसूचीमा उल्लेखित करको दरले  गणना गरी हुने कर रकममा दफा ५१ बमोजिम औषधि उपचार खर्च भए बढीमा रु. ७५०।०० कर मिलान गरी  बाँकि हुन आउने रकमलाई दामासाहीले मासिक रुपमा विभाजन गरी पारिश्रमिक आय प्राप्त गर्दाका बखत अग्रिम रुपमा कर तिर्नुपर्दछ ।

रोजगारी आयमा रोजगारदाताबाट कुनै आय वर्षमा प्राकृतिक व्यक्तिलाई दिइएका ज्याला, तलब, बिदा वापतको रकम, अतिरिक्त समय काम गरे वापतको रकम, शुल्क, कमिशन, पुरस्कार, उपहार, बोनस र अन्य सुविधाहरु वापतको भुक्तानी, महगी भत्ता, जीवन निर्वाह खर्च, भाडा, मनोरञ्जन वा यातायात वापतको रकम लगायत कुनै पनि व्यक्तिगत भत्ताका भुक्तानीहरु, निज वा निजका सम्बद्ध व्यक्तिले व्यक्तिगत प्रयोजनका लागि गरेको खर्चको फछर्यौट वा शोधभर्ना वापत प्राप्त गरिएको भुक्तानी, रोजगारीको कुनै शर्तमा सहमति जनाए वापत गरिएका भुक्तानी, रोजगारीको अन्त्य, नोक्सानी वा अनिवार्य अवकाश वापत गरिएका भुक्तानी, अवकाश भुक्तानी र रोजगारदाताले सो कर्मचारीको लागि अवकाश कोषमा जम्मा गरेको रकम समेतका अवकाश योगदान, रोजगारीका सम्बन्धमा गरिएका अन्य भुक्तानी र कर लेखांकन रकमहरुको परिमाणिकरण, बांडफांड र चारित्रीकरण गर्दा समावेश गरिर्नुपर्ने अन्य रकमहरु समावेश हुन्छन् ।

पारिश्रमिक आय हुनेलाई विशेष सुविधा स्वरूप आय वर्ष २०७८/०७९ को लागि प्राकृतिक व्यक्तिको आयमा समावेश नहुने रकम वा खर्चमा छुट हुने रकम देहाय बमोजिम रेहकोछ ।

१ दुर्गम भत्ता सुविधाः

दुर्गम क्षेत्रमा कार्यरत प्राकृतिक व्यक्तिको करयोग्य आयबाट घटाउन पाउने रकम

१. “क” वर्गका क्षेत्रमा रु. ५०,००० (पचास हजार)

२. “ख” वर्गका क्षेत्रमा रु. ४०,००० (चालीस हजार)

३. “ग” वर्गका क्षेत्रमा रु. ३०,००० (तीस हजार)

४. “घ” वर्गका क्षेत्रमा रु. २०,००० (बीस हजार)

५. “ङ” वर्गका क्षेत्रमा रु. १०,००० (दश हजार)

२. बैदेशिक भत्तामा छुट सुविधाः

नेपालका विदेशस्थित कुटनीतिक नियोगमा कार्यरत कर्मचारीलार्ई प्राप्त हुने बैदेशिक भत्ताको पचहत्तर प्रतिशत रकम करयोग्य आयबाट घटाउन पाउने ।

३. अपाङ्ग ब्यक्तिले पाउने छुट सुविधाः

बासिन्दा प्राकृतिक व्यक्ति अपाङ्ग रहेछ भने त्यस्तो व्यक्तिले करयोग्य आयबाट निजले छुट पाउने सीमामा थप पचास प्रतिशत थप रकम पाउने ।

४. लगानी वीमामा छुट सुविधाः

बासिन्दा प्राकृतिक व्यक्तिले लगानी बीमा गरेको रहेछ भने त्यस्तो बीमा वापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा पच्चीस हजार रुपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाउन पाउने ।

५. स्वास्थ्य बीमा वापत तिरेको प्रिमियम

बासिन्दा प्राकृतिक व्यक्तिले बासिन्दा बीमा कम्पनीसँग स्वास्थ्य बीमा गरेको रहेछ भने त्यस्तो बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा बीस हजार रुपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाउन पाउने ।

६. पारिश्रमिक आय मात्र हुने महिलालाई लाग्ने करमा छुट

कुनै बासिन्दा प्राकृतिक व्यक्ति पारिश्रमिक आय मात्र आर्जन गर्ने महिला रहेछ भने त्यस्तो प्राकृतिक व्यक्तिले तिर्नुपर्ने कर रकममा दश प्रतिशत छुट हुनेछ । 

             ७. निवृत्तभरण आय भएको व्यक्तिले पाउने छुट सुविधा

 बासिन्दा प्राकृतिक व्यक्तिको निवृत्तभरण आय रहेछ भने त्यस्तो व्यक्त्तिले कर योग्य आय बाट निजले छुट पाउने सिमामा पच्चीस प्रतिशत रकम घटाउन पाउनेछ ।

८. आफ्नो स्वामित्वमा रहेको निजी भवनको बीमा बापत तिरेको प्रिमियम

बासिन्दा प्राकृतिक व्यक्तिले बासिन्दा बीमा कम्पनीसँग आफ्नो स्वामित्वमा रहेको निजी भवनको बीमा गरेको रहेछ भने त्यस्तो बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा पाँच हजार रुपैयाँमा जुन घटी हुन्छ त्यस्तो रकम करयोग्य आयबाट घटाउन पाउनेछ ।

पारिश्रमिक आयको कर चुक्ता प्रमाणपत्र आन्तरिक राजस्व विभाग मातहतका सम्बन्धित कार्यालयहरुले दिन्छन् ।

भुक्तानीकर्ता/रोजगारदाताले वार्षिक पारिश्रमिक आय प्रमाणित गर्नुपर्दछ ।

रोजगारदाताले कर कट्टी नगरेमा निजबाट लाग्ने कर रकम र दफा ११९ अनुसार १५ प्रतिशतका दरले व्याजको अतिरिक्त दफा १२० बमोजिमको शुल्क समेत असुल गरिन्छ । अग्रिम कर कट्टी गर्ने रोजगारदाताले कट्टी गरिएको करको विवरण पेश नगरेमा अग्रिम कर कट्टी गर्नुपर्ने कर रकमको वार्षिक दुई दशमलव पाँच प्रतिशतका दरले हुने रकम शुल्क लाग्दछ ।

पारिश्रमिक वापत वासिन्दा प्राकृतिक व्यक्तिलाई वार्षिक करयोग्य आयको आधारमा लाग्ने करलाई दामासाहीले मासिक रुपमा पारिश्रमिक भुक्तानी गर्दाको बखत रोजगारदाताले अग्रिम कर कट्टी गरी दाखिला गर्नुपर्दछ  र गैर वासिन्दा प्राकृतिक व्यक्तिलाई भुक्तानी गर्दा भुक्तानी गर्ने रकमको २५ प्रतिशतले कर कट्टी गर्नुपर्दछ ।

पारिश्रमिक आयमा तिरेको कर सो आय वर्षको दाखिला गर्नुपर्ने कर रकममा मिलान गर्दा बढी भएमा आगामी वर्षमा मिलान गर्न पाउँछ ।

दुई स्थानमा रोजगारी आय भएमा आय विवरण पेश गर्नु पर्दछ ।

स्वीकृत औषधि उपचार खर्च वापत बढीमा रू. ७५०।– सम्म कर मिलान गर्न पाइन्छ । स्वीकृत औषधि उपचार खर्चको प्रमाण पेश गर्नुपर्दछ ।

पारिश्रमिक आय हुने प्राकृतिक व्यक्तिले ऐनको दफा १२ अनुसार आयकर छुट प्राप्त संस्थालाई दिएको बढीमा एक लाख रुपैया वा समायोजित कर योग्य आयको पांच प्रतिशत रकम मध्ये जुन घटी हुन्छ सो रकम सम्मको चन्दा खर्च दाबी गर्न पाउँछ । तर चन्दा खर्च दावी गर्न आय विवरण पेश गर्नुपर्दछ ।

कुनै व्यक्तिले आफ्नो करको दायित्व छलेको वा छल्ने कोशिस गरेको प्रमाण सहितको सूचना दिई कर प्रशासनलाई सहयोग गरेमा पुरस्कार पाउन सकिन्छ ।

तपाईको सूचनाको आधारमा असूल उपर गरिएको करको रकम मध्ये तपाईले पेश गरेको प्रमाणको आधारमा थप असुल भएको कर रकमको २० प्रतिशत बराबरको रकम पुरस्कार पाउन सक्नु हुन्छ । पुरस्कार पाउने व्यक्ति एकभन्दा बढी भएमा पुरस्कारको रकम समानुपातिक रुपमा दिइनेछ ।

कर छली गरेको प्रमाणित हुने यथार्थ र वास्तविक कागजात तपाईले पेश गर्नुपर्दछ । आफ्नो नाम नदिई सांकेतिक चिन्ह प्रयोग गरेर पनि कर छलिको सूचना दिन सक्नु  हुन्छ । यस्तो प्रकारका सांकेतिक सूचना गोप्य तबरले तपाईको स्पष्ट हुने गरी अधिकार प्राप्त अधिकारी समक्ष  पहिले नै उल्लेख गर्नु पर्दछ ।

पुरस्कार पाउने निश्चित समय बारे स्पष्ट कानूनी व्यवस्था छैन । सामान्यतया सूचनाको आधारबाट छलि भएको कर रकम असूल उपर भएपछि पुरस्कार पाउन सक्नु हुन्छ ।

कर निर्धारण भई असुल उपर भएपछि पनि पुरस्कार पाउन सक्नु भएन भने आन्तरिक राजस्व विभागको महानिर्देशक वा अर्थ मन्त्रालयमा उजुरी गर्न सक्नु हुन्छ । कानून अनुसार आफूलाई पुरस्कार नदिएको भनी अदालत समक्ष पनि निवदेन दिन सकिन्छ । यस्तो व्यवस्थाको कार्यान्वयन गर्न बिभागले अग्राधिकार दिने गर्दछ ।

कुनै व्यक्तिले आफूद्वारा प्रस्तावित वा आफूले मानेको कुनै प्रवन्धका सम्बन्धमा द्विविधा भै विभागको धारणा लिन लिखित रुपमा निवेदन दिई जान्न चाहेमा निजलाई दिइएको लिखित विभागीय धारणालाई पूर्वादेश भनिन्छ ।

दफा ७६ अनुसार आफूद्वारा प्रस्तावित वा आफूले मानेको कुनै प्रवन्धका बारेमा कुनै द्विविधा परी निवेदन गर्ने करदातालाई मात्र पूर्वादेश लागू हुन्छ ।

पूर्वादेश माग गर्न विभाग समक्ष निवेदन दिनु पर्दछ । यस प्रयोजनका लागि निवेदनको ढाँचा तोकिएको छ । पूर्वादेश माग गर्न सम्बद्ध विषयको पूर्ण र यथार्थ विवरण विभागलाई उपलब्ध गराउनु पर्दछ । तर पूर्वादेश काल्पनिक बिषयमा भने माग्न सकिदैन । यो करदाताको द्विबिधा हटाउनको लागि प्रयोगमा ल्याएको आधुनिक कर प्रणालीको प्रबन्ध हो ।

पूर्वादेश माग गरेको ४५ दिनभित्र बिभागले उपलब्ध गराउनु पर्ने कानूनी व्यवस्था छ ।

आफूले माग गरेको पूर्वादेश पाउन ढिला भयो भने निवेदकले ऐनको दफा ११५ बमोजिम विभाग समक्ष प्रशासकीय पुनरावलोकनको लागि निवेदन वा दफा ११६(४) बमोजिम राजस्व न्यायाधीकरण समक्ष पुनरावेदन गर्न सकिन्छ ।

पूर्वादेश आन्तरिक राजस्व विभागका महानिर्देशकबाट जारी हुन्छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशकले जारी गरेको पूर्वादेशमा चित्त नबुझे तपाईले ऐनको दफा ११५ बमोजिम विभाग समक्ष प्रशासकीय पुनरावलोकनको लागि निवेदन वा आयकर ऐन २०५८ दफा ११६(४) वा बमोजिम राजस्व न्यायाधीकरण समक्ष पुनरावेदन दिन सक्नु हुन्छ ।

कुनै काल्पनिक विषयमा विभागको राय जान्न पूर्वादेश माग गर्न सकिदैन । पूर्वादेशको विषयवस्तु निवेदकको कारोबारको यथार्थ अवस्थासँग सम्बन्धित भई कानूनी द्विविधा परेको हुनुपर्छ ।

पूर्वादेश माग गर्न कुनैपनि धरौटी वा दस्तुर बुझाउनु पर्दैन ।

पूर्वादेश माग गर्ने निवेदक र कार्यान्वयन गर्ने कर प्रशासनका लागि मात्र पूर्वादेश बहाल रहेसम्म उक्त आदेश बाध्यकारी हुन्छ । अन्यलाई बाध्यकारी हुँदैन । पूर्वादेशसंग सम्बद्ध विषयको पूर्ण यथार्थ विवरण विभाग समक्ष प्रस्तुत गरेको र पूर्वादेश माग गरिएको निवेदनमा उल्लिखित बुंदा अनुरुपको प्रबन्ध भएको व्यक्तिको हकमा आन्तरिक राजस्व विभाग यस्तो पूर्वादेश मान्न बाध्य छ । पूर्वादेश जारी गरिएको व्यक्तिको हकमा सार्वजनिक परिपत्रभन्दा पूर्वादेशले यस्तो व्यक्तिका लागि प्राथमिकता पाउँछ । तर आयकर ऐन तथा नियमावलीको जुन दफा वा नियमको आधारमा पूर्वादेश जारी गरिएको हो सो दफा वा नियममा संशोधन भएमा जारी भएको पूर्वादेश संशोधन भएको हदसम्म स्वतः बदर हुनेछ ।

कर प्रशासन र निवेदक दुवैले यो आदेशको पालना गर्नु पर्दछ ।

पूर्वानुमानित कर भनेको वार्षिक रुपमा तिर्नु पर्ने कर रकम बारे आयकर ऐनको अनुसूची १ (करको दर सम्बन्धी) अनुसार तोकिएको अवस्थामा तोकिएको एकमुष्ट रकम तिरे पुग्ने कर हो ।

यसमा निम्नानुसारका करहरु पर्दछन् ।

         रु.३ लाख सम्म आय हुने वा रु.३० लाखसम्म कारोवार हुने, नेपालमा श्रोत भएको व्यवसायबाट मात्र आय प्राप्त हुने, औषधि उपचार खर्च वापत तथा अग्रिम कर कट्टी वापत कर मिलान गर्न दावी नगर्ने र यो व्यवस्था छनौट गर्ने बासिन्दा प्राकृतिक व्यक्तिले देहाय बमोजिम का दरले तिर्नुपर्ने कर ।

  • म.न.पा. /उप म.न.पा. क्षेत्रका प्राकृतिक व्यक्तिले वार्षिक रु.७,५००।–
  • नगरपालिका क्षेत्रका प्राकृतिक व्यक्तिले वार्षिक                         रु. ४,०००।–
  • अन्य क्षेत्रका प्राकृतिक व्यक्तिले वार्षिक                                     रु.२,५००।–

आ.व. २०७७।०७८ को हकमा आर्थिक विधेयक (प्रतिस्थापन),, २०७८  ले दिएको सुविधा बमोजिम लाग्ने करमा ९०% छुट दिइएको छ ।

पूर्वानुमानित करको रकम आफू दर्ता भएको आ.रा.का. तथा करदाता सेवा कार्यालयहरुमा र भाडाको सवारी साधनको हकमा यातायात व्यवस्था कार्यालयमा बुझाउनु पर्दछ । नगद रकम बैंक दाखिला गरी भौचर सहित सरलिकृत आय विवरण सम्बन्धित आ.रा.का. तथा करदाता सेवा कार्यालयहरुमा. बुझाउनु पर्दछ । बिद्युतीय माध्यमबाट पनि बिभागको www.ird.gov.np मा गई Taxpayer portal मा गएर online को माध्यमवाट ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयहरुमा नगई बिबरण दाखिला गर्न सकिन्छ ।

जो सुकैले करदाताको तर्फबाट करको रकम बैंकमा दाखिला गर्न सक्दछ तर आय विवरणमा करदाता आफैंले वा अधिकृत वारेसले दस्तखत गरी विवरण बुझाउनु पर्दछ । 

पूर्वानुमानित कर बुझाउँदा सरलीकृत ढांचाको (डे.१) आय विवरण भरी सम्बन्धित आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयहरुमा बुझाउनु पर्दछ ।

आय विवरण बुझाउन आयकर ऐनले निर्धारण गरेको म्याद अर्थात् गत आ.व.को कर रकम चालु आ.ब.को आश्विन मसान्तभित्र बुझाउनु पर्दछ ।

पूर्वानुमानित कर बुझाएपछि र सोको जानकारी सहितको आय विवरण दाखिला गरेपछि सम्बन्धित आ.रा.का. तथा करदाता सेवा कार्यालयहरुबाट  विवरण दाखिला गरेको प्रमाण प्राप्त गर्न सकिन्छ । बिद्युतीय माध्यमबाट बिबरण दाखिला गर्नेको हकमा बिबरण सबमिशन गरी भेरिफाई भए पछि कम्प्युटर प्रणालीवाट प्राप्त निस्सा नै विवरण दाखिलाको प्रमाण हो ।

पूर्वानुमानित कर ढीला बुझाएमा विवरण ढिला बुझाए वापत शुल्क र कर ढिला बुझाए वापत ब्याज लाग्दछ ।

पाइदैन । कर रकम सम्बन्धित राजस्व शीर्षकमा  सम्बन्धित बैंकमा बुझाए पछि सोको भौचर सहितको आय विवरण आफुले PAN लिएको सम्बन्धित आ.रा.का. तथा करदाता सेवा कार्यालयहरुमा दाखिला गर्नुपर्दछ ।

पूर्वानुमानित कर बुझाउने बासिन्दा प्राकृतिक व्यक्तिले औषधि उपचार खर्च वापत वा अग्रिम कर कट्टी वापत कर मिलान गर्न दावी गर्न पाउँदैन ।

व्यवसाय बाहेक अरु श्रोतको पनि आय भएमा पूर्वानुमानित कर तिर्न पाईंदैन र स्वयंकर निर्धारण गरी करको सामान्य दरले गणना गरी आय विवरण बुझाउने र कर दाखिला गर्नु पर्दछ । गैर बासिन्दा व्यक्तिले व्यवसायको मात्र आय भए पनि पूर्वानुमानित कर तिर्न पाउँदैन र सामान्य दरले कर तिर्नु पर्दछ । यसैगरी पूर्वानुमानित कर तिर्न पाउने सुविधा बासिन्दा प्राकृतिक व्यक्तिलाई मात्र प्राप्त छ, साझेदारी फर्म वा कम्पनी वा अन्य निकायले पूर्वानुमानति कर तिर्न पाउँदैनन् ।

प्राकृतिक व्यक्तिका लागि यस्तो कर रकम अन्तिम मानिन्छ तर कम्पनी लगायत निकायका भाडाका सवारी साधनका हकमा यो कर बुझाउन अनिवार्य भए पनि यो अन्तिम कर होइन र आय विवरणमा स्वयं कर निर्धारण गरी कर दाखिला गर्नु पर्दछ । यसरी कर दाखिला गर्दा सवारी साधन पिच्छे तिरेको कर रकम मिलान भने गर्न पाइन्छ ।

कम्पनी भाडाको सवारी साधन धनी भए पनि प्रति सवारी साधन लाग्ने कर तिर्नु पर्दछ । तर यो अन्तिम कर नभई अग्रीम कर कट्टी भएकोले वार्षिक कर दायित्वमा मिलान गर्न पाईन्छ ।

पूर्वानुमानित कर विवरण (Presumptive Income Tax)  बुझाउने तरीका

  • Mozilla Firefox वेव व्राउजर प्रयोग गरी www.ird.gov.np पेजलोड गर्नुहोस  । 
  • होमपेजमा भएको Taxpayer Portal क्लिक गर्नुहोस ।
  • तत् पश्चात प्राप्त हुने Screen मा Income Tax Folder लाई छनौट गर्नुहोस ।
  • तत् पश्चात D01-Return Entry  मेनुमा क्लिक गर्नुहोस । 
  • पूर्वानुमानित करको विवरण दाखिला गर्ने Submission No. प्राप्त गर्न आवश्यकता अनुसारको बक्समा युजरनेम, पासवर्ड, स्थायी लेखा नं. आर्थिक वर्ष (आय वर्ष समाप्त भएपछि सो वर्षको आयविवरण दाखिला गर्नुपर्ने हुँदा आर्थिक वर्ष छनौट गर्दा जहिले पनि गत विगतका वर्ष  छनौट गर्ने)  सम्पर्क न टाइप गरी Register Button मा क्लिक गर्नुहोस ।
  • तपाईलाई Submission No. प्राप्त भएको जानकारी प्राप्त हुने छ । अब Proceed Button मा क्लिक गरी आवश्यकता अनुसारको कारोबार विवरण र राजश्व दाखिला विवरण प्रविष्टि गरी Save Button मा क्लिक गर्नुहोस । 
  • यसरी Save भएको विवरण हेरफेर गर्नुपर्ने भएमा Income Tax Folder मा भएको Tax Return Login मेनुमा क्लिक गरी Submission No.  तथा Submission No. लिदा प्रयोग गरेको UsernamePassword Type गरी Login गरेर विवरणलाई पूर्ण  बनाउनुहोस ।
  • आफूले प्रविष्टि (Entry) गरेका विवरणहरु सबै रुजु गरी ठीक भएमा Submit Button मा क्लिक गरी विवरण Submit भएको जानकारी प्राप्त गर्नुहोस  । 
  • यसरी विवरण Submit भै सकेपछि त्यस पेजमा भएको SaveSubmit Button Disable भै Print Button मात्र Enable हुन्छ । 
  • अब Print Button मा क्लिक गरी विवरणहरु प्रिन्ट गरेर सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा गएर विवरण Verify गर्नुहोस वा आफैले Verify गर्ने Username Password प्राप्त गर्नु भएको छ भने आफै Verify गर्नुहोस् । 
  • तपाईले पेश गर्न चाहनु भएको विवरण Verify नभएसम्म विवरण पेश भएको मान्य हुदैन । अतः आफुले पेश गरेको विवरण तोकिएको समयमा नै सम्बन्धित कार्यालयमा गएर Verify गराउनुहोस् वा आफैले Verify गर्ने Username  र Password प्राप्त गर्नु भएको छ भने आफै Verify गर्नुहोस् । 

यदि तपाईंलाई सहयोगको आबश्यकता भएमा Help मेनुमा गई सहयोग लिन सकिन्छ ।

बासिन्दा प्राकृतिक व्यक्तिले नेपालमा श्रोत भएको व्यवसायबाट प्राप्त आयमात्र भएको, व्यवसायबाट प्राप्त करयोग्य आय १० लाख रुपैयाँ र व्यवसायको कारोबार ३० लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँभन्दा घटी भएको र चिकित्सक, इन्जिनियर जस्ता पेशाविद् बाट प्रदान गर्ने परामर्श तथा विशेषज्ञ सेवा बापतको आय नभएको करदाताको हकमा देहाय अनुसार खण्ड (क) र (ख) वा (क), (ख) र (ग)को जोड बमोजिमको कर दाखिला गर्नु पर्दछ । [आयकर ऐन, २०५८ को दफा ४ को उपदफा (४क)]

खण्ड () - रु. तीस लाख रुपैंया सम्मको कारोबारमा

व्यवसाय हुने क्षेत्र

कर रकम रु.

महानगरपालिका वा उपमहानगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्ति

७,५00।-

नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्ति

४,000।-

माथि उल्लिखित क्षेत्र बाहेक अन्य क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्ति

२,५00।-

 

खण्ड () - रु. तिस लाख रुपैंयाभन्दा बढी रु.पचास लाख रुपैंयासम्मको कारोवारमा

व्यवसायको प्रकार

कर दर

ग्याँस, चुरोट लगायतका तीन प्रतिशतसम्म कमिशन वा मूल्य थप गरी वस्तुको कारोवार गर्ने व्यक्तिलाई तीस लाख रुपैंया भन्दा बढी रु.पचास लाख रुपैंयासम्मको कारोवार रकममा

०.२५ प्रतिशत

माथि उल्लिखित व्यवसाय बाहेकको व्यवसाय गर्ने व्यक्तिलाई तीस लाख रुपैंया भन्दा बढी रु.पचास लाख रुपैंयासम्मको कारोवार रकममा

१ प्रतिशत

सेवा व्यवसाय गर्ने व्यक्तिलाई तीस लाख रुपैंया भन्दा बढी रु.पचास लाख रुपैंयासम्मको कारोवार रकममा

२ प्रतिशत

 

 

 

खण्ड () - रु.५० लाख रुपैंयाभन्दा बढी रु.१ करोड रुपैंयासम्मको कारोवारमा

व्यवसायको प्रकार

कर दर

ग्याँस, चुरोट लगायतका तीन प्रतिशतसम्म कमिशन वा मूल्य थप गरी वस्तुको कारोवार गर्ने व्यक्तिलाई पचास लाख रुपैंया भन्दा बढी रु. एक करोड रुपैंयासम्मको कारोवार रकममा

०.३ प्रतिशत

माथि उल्लिखित व्यवसाय बाहेकको व्यवसाय गर्ने व्यक्तिलाई पचास लाख रुपैंया भन्दा बढी रु. एक करोड रुपैंयासम्मको कारोवार रकममा

०.८  प्रतिशत

सेवा व्यवसाय गर्ने व्यक्तिलाई पचास लाख रुपैंया भन्दा बढी रु. एक करोड रुपैंयासम्मको कारोवार रकममा

२ प्रतिशत

 

कारोबारको आधारमा कर (Turnover Tax - TOT) तिर्ने व्यक्तिले देहाय बमोजिम दुई किस्तामा कर दाखिला गर्नु पर्ने व्यवस्था गरेको छ ।

दाखिला गर्नु पर्ने मिति

दाखिला गर्नु पर्ने कर रकम

पुस महिनाको अन्त्यसम्म

पुस २० गते सम्मको कारोवारमा तोकिएको दर अनुसार लाग्ने कर

असार महिनाको अन्त्यसम्म

असार २० गते सम्मको यथार्थ कारोवारको आधारमा असार महिनाको अन्त्यसम्म हुने कारोवार अनुमान गरी तोकिएको दर अनुसार लाग्ने करको गणना गरी सो कर रकमबाट पुस मसान्तभित्र दाखिला गरेको कर घटाई हुन आउने कर रकम ।

 

प्रशासकीय पुनरावलोकन भनेको मातहत कार्यालयले/कर अधिकारीले गरेको कर सम्बन्धी कुनै निर्णय उपर चित्त नबुझी विभागका महानिर्देशक समक्ष प्रशासकीय रुपमा पुनर्विचार हुन गरिने आवेदनको हकमा दिइने प्रशासकीय निबेदन हो । 

यो न्यायिक निर्णय वा न्यायिक अधिकारीले गरेको निर्णय नभएता पनि प्रशासकीय निर्णय हो । तर समग्र विभाग करदाता/सेवाग्राहीका नजरमा एकीकृत एउटै संस्था रहने हुँदा विभागका अधिकारीहरुले करदाताको कर दायित्व वा कर सम्बन्धी कर्तव्यका बारेमा गर्ने निर्णय उपर सोझै न्यायिक निकाय (राजस्वन्यायाधिकरण) मा उजूरी जानुभन्दा विभागीय रुपले एकपटक सो निर्णयमा अज्ञानता वा भूलवश कुनै त्रुटीहरु रहन गएको भए सोलाई सच्याई छिटो र सुलभ तरिकाले कर सम्बन्धी विवाद टुंग्याउन मद्दत पुर्र्याउने हेतुले प्रशासकीय पुनरावलोकनको व्यवस्था गरिएको छ । यस्तो व्यवस्थाबाट करदातालाई पनि छिटो विवाद समाधान भई सन्तुष्टि मिल्ने र विभागको लागि पनि न्यायोचित छवि कायम गर्दै छिटो कर संकलन गर्न सहयोग पुग्ने हुन्छ । प्रशासकीय पुनरावलोकनको निवेदन सम्बन्धित आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालय मार्फत् वा सोझै आ.रा.वि.को महानिर्देशकलाई दिन सकिन्छ । 

विभागले जारी गरेको पूर्वादेश, अग्रिम कर वा विवरण दाखिला गर्न दिइएको आदेश, अनुमानित कर (किस्ताबन्दी करको लागि) बारे आन्तरिक राजस्व विभागका मातहतका कार्यालयहरुले गरेको निर्णय, आय विवरण पेश गर्न दिएको आदेश, आय विवरणको म्याद थप गर्न दिएको निवेदनमा विभागले गरेको निर्णय, संशय वा संशोधित कर निर्धारण, लिलाम बिक्री खर्चको निर्धारण, शुल्क र ब्याजको निर्धारण, प्रापकलाई कुनै रकम छुट्याई राख्न विभागले दिएको आदेश (कर असूलीको प्रयोजनार्थ), कर बक्यौता राख्ने व्यक्तिलाई बुझाउनु पर्ने रकम राख्ने कुनै व्यक्तिलाई सो रकम विभागमा दाखिला गर्न दिएको आदेश, गैर बासिन्दा व्यक्तिको तर्फबाट कुनै व्यक्तिलाई कर दाखिला गर्न दिएको आदेश, कर फिर्ता पाउँ भनी दिएको निवेदन उपरको विभागको निर्णय र प्रशासकीय पुनरावलोकनका लागि दिइने निवेदनको म्याद थप्न दिएको निवेदन उपरको निर्णयबाट मर्का परी वा त्यस्तो निर्णय वा आदेशमा चित्त नबुझे प्रशासकीय पुनरावलोकनमा जान पाईन्छ । 

करदाताले अविवादित करको सम्पूर्ण रकम र विवादित करको एक चौथाई रकम बुझाउनु पर्दछ । आर्थिक विधेयक (प्रतिस्थापन),२०७८ अनुसार मूल्य अभिवृद्धि कर ऐन, २०५२, अन्त:शुल्क ऐन, २०५८ र आयकर ऐन, २०५८ बमोजिम संवत् २०७७ साल असार मसान्तभित्र भएको कर निर्धारण वा अन्त:शुल्क निर्धारण वा संशोधित कर निर्धारण उपर चित्त नबुझाई आन्तरिक राजस्व विभाग समक्ष प्रशासकीय पुनरावलोकनको लागि निवेदन दिई विचाराधीन रहेका वा विभागको निर्णयमा चित्त नबुझाई राजस्व न्यायाधीकरण वा अदालतमा पुनरावेदनमा गई विचाराधीन रहेका मुद्दा मध्ये झुट्ठा तथा नक्कली विजक सम्बन्धमा भएको कर निर्धारण वा संशोधित कर निर्धारण बाहेकका मुद्दा सम्बन्धित करदाताले फिर्ता लिई त्यस्तो निर्धारणबाट कायम भएको मूल्य अभिवृद्धि कर, अन्त:शुल्क र आयकर बापतको कर वा अन्त:शुल्क रकम र यस उपदफाको सुविधा उपभोग गर्न निवेदन दिएको मिति सम्मको ब्याजको पचास प्रतिशत रकम संवत् २०७८ साल मंसिर मसान्तभित्र बुझाएमा सो मा लागेको शुल्क, थप दस्तुर, जरीवाना तथा बाँकी ब्याज मिन्हा हुने व्यवस्था गरेको छ ।

प्रशासकीय पुनरावलोकनको लागि निवेदन दिन कुनै ढाँचा/फाराम विभागले तोकेको छैन । तर प्रशासकीय पुनरावलोकन गर्न सकिने निर्णय (माथि बुँदा २ मा उल्लेख भएका निर्णयहरु वा आदेशहरु मध्ये) उपर चित्त नबुझ्ने व्यक्तिले सो निर्णयको सूचना पाएको मितिले ३० दिनभित्र विभागसमक्ष त्यस्तो पुनरावलोकन हुनु पर्ने कारण तथा आधारहरु स्पष्ट रुपमा उल्लेख गरी निवेदन दिनु पर्दछ । यदि ३० दिन भित्र प्रशासकीय पुनरावलोकनको निबेदन दिन नसकिने भएमा त्यो ३० दिन पछिको ७ दिन भित्र म्याद गुज्रेको थामी दिन निबेदन बिभागमा दर्ता गराएमा स्वत म्याद सकिएको ३० दिन पछि पुन ३० दिन को थप गुज्रेको म्याद थाम्न सकिन्छ ।

प्रशासकीय पुनरावलोकन कानूनी फरक मतहरुको निरोपणको लागि होइन । यो प्रशासकीय त्रुटीहरु, प्राविधिक वा गणितीय त्रुटीहरु तथा मातहतका कर अधिकारीले लेखापद्धति, आयकर कानून, विभागीय परिपत्र, निर्देशिका वा पूर्वादेशहरु बारे पर्याप्त जानकारी नराखी वा जानीजानी लापरवाहीबश त्रुटीहरु गरी करदतालाई मर्का पारेमा सोबाट बचाउनका लागि गरिने माथिल्लो अधिकारीबाट प्रशासकीय हस्तक्षेप/निर्देशन (आयकर ऐन अनुसार हुनका लागि) पाउनका लागि हो । तर न्यायिक निरोपणका लागि राजस्वन्यायाधिकरणमा जानू पूर्व विभागसमक्ष प्रशासकीय पुनरावलोकनमा जान अनिवार्य व्यवस्था रहेकोले कुनै हदसम्म कानूनी उपचारको सहज अपेक्षा पनि प्रशासकीय पुनरावलोकनबाट राख्न सकिन्छ । मर्का परेको पक्ष/व्यक्तिले आफ्नो निवेदन/मुद्दाको पुर्पक्षका लागि कानूनी सहयोग लिन सक्दछन् र वकील नियुक्त गरी  (वा लेखा विशेषज्ञ को सल्लाह लिई) विभागमा आफ्ना प्रमाण र आधारहरु प्रस्तुत गर्न सक्दछन् ।

प्रशासकीय पुनरावलोकनमा नगई सोझै राजस्व न्यायाधिकरणमा पुनरावेदन जान सकिंदैन, तर प्रशासकीय पुनरावलोकनको निर्णयमा चित्त नबुझी वा समयमा निर्णय नपाउँदा अर्थात करदाताले बिभागमा  प्रशासकीय पुनरावलोकनको  निबेदन दर्ता भएको ६० दिन भित्र निर्णय नपाएमा निर्णय नपाएको संझी राजस्व न्यायाधिकरणसमक्ष पुनरावेदन जान सकिन्छ । सरकारको अरु निकाय जस्तै प्रधानमन्त्रीको कार्यालय वा अर्थ मन्त्रालयमा उजूरी गरी प्रशासकीय पुनरावलोकन हुन सक्दैन ।  किनकि आयकर ऐनले यो व्यवस्थाका लागि विभाग समक्ष (महानिर्देशक समक्ष) निवेदन गर्नु पर्ने व्यवस्था गरेको छ । सम्बन्धित ठाउँमा समय मै निवेदन नदिंदा बरु निवेदन दिने म्याद गुज्रन सक्दछ र न्याय पाउनबाट आफ्नै गल्तीले वञ्चित हुन सक्दछ ।

प्रशासकीय पुनरावलोकनको निवेदन उपर छानवीन र निर्णय निवेदन दिएको मितिले ६० साठी दिनभित्र विभागले गरिसक्नु पर्दछ । साठी दिन भित्र विभागले प्रशासकीय पुनरावलोकनको निर्णयको जानकारी निवेदकलाई नदिएमा निवेदकले सोको जानकारी विभागमा लिखित रुपमा गराई विभागले यस्तो निवेदन अस्वीकार गरेको मान्न सक्दछ । निवेदकले त्यसो गरेमा राजस्व न्यायाधिकरणमा पुनरावेदन जान सक्दछ र विभागले आफ्नो निवेदन अस्वीकार गरेको मानेको जिकिर गर्न सक्दछ ।  

प्रशासकिय पुनरावलोकनको निवेदन उपर भएको निर्णयमा चित्त नबुझ्ने व्यक्तिले राजस्व न्यायाधिकरणमा पुनरावेदन जान सक्दछ । साथै प्रशासकीय पुनरावलोकन हुन सक्ने निर्णय विभागको महानिर्देशकले गरेको भए त्यस्तो निवेदन उपर पनि सोझै (अर्थात् प्रशासकीय पुनरावलोकनको प्रकृयामा नगई) राजस्व न्यायाधिकरणमा पुनरावलोकन लाग्दछ ।

६० दिन भित्र विभागले निवेदन उपरको निर्णयको सूचना निवेदकलाई नदिएमा निवेदकले सो को जानकारी विभागमा दर्ता गराई विभागले निवेदन अस्वीकार गरेको मान्न सक्नेछ र सो कुरा लिखित रुपमा विभागलाई जानकारी गराईराजस्व न्यायाधिकरणमा पुनरावेदन दिन सक्दछ ।

राजस्व न्यायाधिकरणमा पुनरावेदन दिन धरौटी राख्नु पर्दछ । राजस्व न्यायाधिकरण ऐन २०३१ अनुसार निर्धारित कर रकमको ५० प्रतिशत रकम र जरिवाना रकम पुरै धरौटी राख्नु पर्दछ । (आर्थिक विधेयक (प्रतिस्थापन),२०७८ मा व्यवस्था भए अनुसार राजस्व न्यायाधिकरणामा पुनरावेदन दिँदा निर्धारित कर रकम मध्ये विवादरहित कर रकम बुझाई विवादित कर रकम,शुल्क र जरिवानाको पचास प्रतिशत रकम धरौटी वा त्यस्तो रकम बापत बैङ्क जमानत दिनु पर्नेछ ।

सो धरौटी रकम वा बैंक जमानतको गणना गर्दा आन्तरिक राजस्व विभागमा प्रशासकीय पुनरावलोकनको लागि दाखिला गरेको पच्चिस प्रतिशत कर रकमलाई समेत गणना गर्नु पर्नेछ ।

राजस्वन्यायाधिकरणको फैसलामा पनि चित्त नबुझे सर्वोच्च अदालत समक्ष अनुमति लिई पुनः पुनरावेदन जान सकिन्छ । यस्तो पुनरावेदनमा जान अधिकार क्षेत्रको प्रश्न, गम्भीर कानूनी त्रुटिको प्रश्न वा बुझन् पर्ने प्रमाण नबुझेको वा बुझ्नु नपर्ने प्रमाण बुझेको अवस्था हुनु पर्दछ । सर्वोच्च अदालतले गरेको फैसला नजीर हुन्छ र Case Law को रुपमा उस्तै प्रकृति र अवस्थाको अरु मुद्दाको फैसलाको हकमा पनि सबै तल्लो न्यायिक निकाय वा आन्तरिक राजस्व विभाग मान्न बाध्य हुन्छन् । 

राजस्व न्यायाधिकरणको फैसलाको कार्यान्वय विभागले (आ.रा.का.ले) तुरुन्त गर्नुपर्दछ । राजस्व न्यायाधिकरणको वा अन्य अदालतको फैसला अनुसार दाखिला भई सकेको कर रकम फिर्ता गर्नुपर्नेमा कर दाखिला गरेको मितिले कर फिर्ता गरेको मितिसम्मको ब्याज तिर्नुपर्ने भएकोले पनि यथाशक्य छिटो यस्तो निर्णय कार्यान्वयन गर्नुपर्दछ । राजस्व न्यायाधिकरणले पुनः छानविन गरी कर निर्धारण गर्न आदेश दिएकोमा छानवीन गरी संशोधित कर निर्धारण गर्नु पर्दछ । 

राजस्व न्यायाधिकरणहरु काठमाण्डौं, विराटनगर, पोखरा र नेपालगंजमा छन् । राजस्व न्यायाधिकरण विराटनगरले साविक पूर्वाञ्चल क्षेत्रका आन्तरिक राजस्व कार्यालयहरु बाट भएका निर्णयहरु उपर, काठमाण्डौंले साविक मध्यमाञ्चल क्षेत्र, पोखराले साविक पश्चिमाञ्चल तथा नेपालगञ्ज स्थित राजस्व न्यायाधिकरणले साविक मध्य पश्चिमाञ्चल र साविक सुदुर पश्चिमाञ्चल क्षेत्रमा रहेका आन्तरिक राजस्व कार्यालयहरुले गरेका निर्णयहरु उपर भएको प्रशासकीय पुनरावलोकनको निर्णयमा चित्त नबुझी गरिएको पुनरावेदन हेर्दछ ।

महिला, पुरुष वा अन्य लिंग भएको मानिस (Human Beings) र प्राकृतिक व्यक्तिको स्वामित्वमा रहेको एकलौटी फर्म समेतलाई प्राकृतिक व्यक्ति भनिन्छ ।

निर्धारण योग्य आय आर्जन  गर्न चाहने वा  भुक्तानीमा अग्रिम कर कट्टी गर्नुपर्ने प्राकृतिक व्यक्तिले स्थायी लेखा नम्बर (PAN) लिनु पर्दछ ।

प्राकृतिक व्यक्तिको करको दायित्व कानुनमा तोके बमोजिम हुन्छ अर्थात् कर तिर्न अटेरी गरेमा निजको घरघराना, जायजेथा लिलाम विक्री गरेर पनि आयकर असुली गर्न सकिन्छ ।

प्राकृतिक व्यक्तिले आफू बसोबास गरेको स्थल वा कारोवार गरेको स्थल (प्रोप्राइटरशीप फर्म भए सो फर्मको मुख्य ठेगाना रहेको स्थल) वा रोजगारी गरेको ठाउँसँग सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट स्थायी लेखा नम्बर (PAN) लिनु पर्दछ ।

प्राकृतिक व्यक्तिले PAN लिंदा आफ्नो परिचय खुलाउने प्रमाणको प्रतिलिपि (जस्तै नागरिकता प्रमाणपत्र वा राहदानी), फोटो, पेशा व्यवसाय गरेको भए पेशागत प्रमाणपत्र वा फर्म दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि र आफ्नै घरमा कारोवार गर्ने भए सो को प्रमाण वा भाडामा भए घरबहाल सम्झौता पत्रको प्रतिलिपी पेश गर्नु पर्दछ ।

आयकर ऐन, २०५८ र सम्बन्धित वर्षको आर्थिक ऐनले कर नलाग्ने छुट रकमको सिमा फरक फरक तोकेको हुन्छ । तर प्राकृतिक व्यक्तिको रोजगारी आय भएमा कर छुटको सिमा नभएकोले शुरुदेखि कै छुट सिमा सम्मको आयमा सामाजिक सुरक्षा कर लाग्दछ । आ.व २०७८।०७९ को लागि हेर्ने हो भने प्राकृतिक व्यक्तिकोव्यवसायिक आय अर्थात एकलौटी (प्रोप्राईटरशीप) फर्मको व्यवसायिक आयमा शुरु सिमा (एकल व्यक्तिको लागि रु.४ लाख तथा दम्पत्तिका लागि रु.४ लाख५० हजार)मा आयकर लाग्दैन तर प्राकृतिक व्यक्तिको रोजगारीको आयको शुरु स्ल्याव अर्थात एकल व्यक्तिको हकमा रु.४ लाख तथा दम्पत्तिको हकमा रु.४ लाख५० हजार सम्मको आयमा समेत १% ले कर लाग्दछ । तर निवृत्तभरण  बापतको  आय,  निवृत्तभरण  कोष  र योगदानमा आधारितसामाजिक सुरक्षा कोषमा योगदान गरेको रकममा १ प्रतिशत कर लाग्दैन ।

क) प्राकृतिक व्यक्तिलाई लाग्ने करको दर र छुटको सिमा आर्थिक वर्ष अनुसार फरक हुन सक्छ । प्राकृतिक व्यक्तिको रोजगारीको आयमात्र भएमा सो आयमा आ.व २०७८/०७९ मा लाग्ने करको दर निम्नानुसार छ ।

विवरण

करयोग्य आय रु.

करको दर

एक्लो प्राकृतिक व्यक्तिको रुपमा छनौट गर्नेको हकमा

(क)    ४,००,०००।०० सम्म

सामाजिक सूरक्षा कर बापत एक प्रतिशत कर लाग्ने ।

(ख)    ५,००,०००।०० सम्म

रु.४लाखसम्म एक प्रतिशतर बांकी रकममा दश प्रतिशतले कर लाग्ने ।

(ग)     ७,००,०००।०० सम्म

रु.५लाखसम्म चौध हजार रुपैयाँ र बांकी रकममा बीस प्रतिशतले कर लाग्ने ।

(घ)     २०,००,०००।०० सम्म

रु.७लाखसम्म चौवन्न हजार रुपैयाँ र बांकी रकममा तीस प्रतिशतले कर लाग्ने ।

(ङ)    २०,००,०००।०० रुपैयाँभन्दा बढी करयोग्य आय हुनेको हकमा

रु.४ लाखमा एक प्रतिशत,

रु.1 लाखमादश प्रतिशत,

रु.२ लाखमा बीस प्रतिशत,

रु.१३ लाखमा तीस प्रतिशत,

रु.२० लाख भन्दा बढी रकममा छत्तीस प्रतिशतका दरले कर लाग्ने ।

 

तर निवृत्तभरण  बापतको  आय,  निवृत्तभरण  कोष  र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्ति वा दम्पत्तिको हकमा १ प्रतिशत कर लाग्दैन ।

दम्पती प्राकृतिक व्यक्तिको रुपमा छनौट गर्नेको हकमा

(क)    ४,५०,०००।०० सम्म

सामाजिक सूरक्षा कर बापत एक प्रतिशत कर लाग्ने ।

(ख)    ५,५०,०००।०० सम्म

रु.४लाख ५० हजारसम्म एक प्रतिशतर बांकी रकममा दश प्रतिशतले कर लाग्ने ।

(ग)     ७,५०,०००।०० सम्म

रु.५लाख ५० हजारसम्म चौध हजार पाँच सय रुपैयाँ र बांकी रकममा बीस प्रतिशतले कर लाग्ने ।

(घ)     २०,००,०००।०० सम्म

रु.७लाखसम्म चौवन्न हजार पाँच सय रुपैयाँ र बांकी रकममा तीस प्रतिशतले कर लाग्ने ।

(ङ)    २०,००,०००।०० रुपैयाँभन्दा बढी करयोग्य आय हुनेको हकमा

रु.४ लाख ५० हजारमा एक प्रतिशत,

रु.1 लाखमादश प्रतिशत,

रु.२ लाखमा बीस प्रतिशत,

रु.१२ लाख ५० हजारमा तीस प्रतिशत,

रु.२० लाख भन्दा बढी रकममा छत्तीस प्रतिशतका दरले कर लाग्ने ।

 

तर निवृत्तभरण  बापतको  आय,  निवृत्तभरण  कोष  र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्ति वा दम्पत्तिको हकमा १ प्रतिशत कर लाग्दैन ।

 

ख) प्राकृतिक व्यक्तिको व्यवसायिक आय अर्थात एकलौटी (प्रोप्राईटरशीप) फर्मको व्यवसायिक आयमा आ.व २०७८/०७९ मा लाग्ने करको दर र कर निम्नानुसार छ ।

विवरण

करयोग्य आय रु.

करको दर

एक्लो प्राकृतिक व्यक्तिको रुपमा छनौट गर्नेको हकमा

(क)    ४,००,०००।०० सम्म

कर नलाग्ने ।

(ख)    ५,००,०००।०० सम्म

रु.४लाखसम्म कर नलाग्नेर बांकी रकममा दश प्रतिशतले कर लाग्ने ।

(ग)     ७,००,०००।०० सम्म

रु.५लाखसम्म दश हजार रुपैयाँ र बांकी रकममा बीस प्रतिशतले कर लाग्ने ।

(घ)     २०,००,०००।०० सम्म

रु.७लाखसम्म पचास हजार रुपैयाँ र बांकी रकममा तीस प्रतिशतले कर लाग्ने ।

(ङ)    २०,००,०००।०० रुपैयाँभन्दा बढी करयोग्य आय हुनेको हकमा

रु.४ लाखमा कर नलाग्ने,

रु.1 लाखमा दश प्रतिशत,

रु.२ लाखमा बीस प्रतिशत,

रु.१३ लाखमा तीस प्रतिशत,

रु.२० लाख भन्दा बढी रकममा छत्तीस प्रतिशतका दरले कर लाग्ने ।

दम्पती प्राकृतिक व्यक्तिको रुपमा छनौट गर्नेको हकमा

(क)    ४,५०,०००।०० सम्म

कर नलाग्ने ।

(ख)    ५,५०,०००।०० सम्म

रु.४लाख ५० हजारसम्म कर नलाग्नेर बांकी रकममा दश प्रतिशतले कर लाग्ने ।

(ग)     ७,५०,०००।०० सम्म

रु.५लाख ५० हजारसम्म दश हजार रुपैयाँ र बांकी रकममा बीस प्रतिशतले कर लाग्ने ।

(घ)     २०,००,०००।०० सम्म

रु.७लाखसम्म पचास हजार रुपैयाँ र बांकी रकममा तीस प्रतिशतले कर लाग्ने ।

(ङ)    २०,००,०००।०० रुपैयाँभन्दा बढी करयोग्य आय हुनेको हकमा

रु.४ लाख ५० हजारमा कर नलाग्ने,

रु.1 लाखमा दश प्रतिशत,

रु.२ लाखमा बीस प्रतिशत,

रु.१२ लाख ५० हजारमा तीस प्रतिशत,

रु.२० लाख भन्दा बढी रकममा छत्तीस प्रतिशतका दरले कर लाग्ने ।

प्राकृतिक व्यक्तिले आयकर नियमावलीले तोके अनुसारको दरले दुर्गम क्षेत्रमा बसोबास गरी व्यवसाय वा रोजगारी गरेमा करयोग्य आयमा छुट पाउँछ । यस्तो छुट ‘ङ’ वर्गको भौगोलिक क्षेत्रमा १० हजार रुपैयाँदेखि ‘क’ वर्गको भौगोलिक क्षेत्रमा रु. ५० हजार रुपैयाँसम्म छ । 

त्यसैगरी बासिन्दा प्राकृतिक व्यक्तिले वार्षिक रु.७५०।– मा नबढ्ने गरी आफुले गरेको औषधि उपचार खर्चको १५ प्रतिशतमा नबढाई (सौन्दर्य सल्य चिकित्सामा भएको खर्च बाहेक) तिर्नुपर्ने करमा सोझै कर कट्टी मिलान दावी गर्न सक्दछन् । एक वर्षको दावी रु.७५०।– को सीमाले कर मिलान गर्न नभ्याए आगामी वर्षहरुमा सार्न समेत पाउँछ ।

प्राकृतिक व्यक्तिले दम्पत्तिको रुपमा आफैले छनौट गरी आय विवरण भर्न सक्दछन् । यस्तो छनौट अर्को वर्ष परिवर्तन पनि गर्न सक्दछ । यस्तो छनौट गर्न आ.रा.वि. लगायत कसैसंग स्वीकृति लिई रहनु पर्दैन । श्रीमान् वा श्रीमती दुबैजनाको आयश्रोत भएपनि/नभएपनि यस्तो छनौट गर्न सक्दछन् र प्राकृतिक व्यक्तिले दम्पत्तिले पाउने सुविधा पाउन सक्दछ ।श्रीमान् वा श्रीमती दुबैजनाको आयश्रोत भएको प्राकृतिक व्यक्तिले दम्पत्तिको सुविधा लिएमा दुवैको आयलाई संयुक्त रुपमा जोडी कर गणना गर्नु पर्दछ । आश्रितलाई भरणपोषण गर्नुपर्ने बासिन्दा विधवा वा विधुरलाई पनि दम्पत्ति सरह मानिन्छ ।

श्रीमानको कुनै आयश्रोत नभए पनि (वा श्रीमतीको कुनै आयश्रोत नभए पनि) श्रीमतीको कर रकमबाट (वा श्रीमानको कर रकमबाट) श्रीमान् बिरामी हुँदाको औषधि उपचार खर्च (वा श्रीमती बिरामी हुँदाको औषधी उपचार खर्च) वापत् कर मिलान गर्न दावी गर्न पाईन्छ । यस्तो कर मिलानको सुविधा दुबैजना दम्पत्ति विरामी हुँदा लागेको औषधि उपचार खर्च वापत पनि पाईन्छ । तर बार्षिक कर मिलान दावी रकम रु. ७५०।– भन्दा बढी हुन सक्दैन र कूल औषधि उपचार खर्चको १५ प्रतिशत भन्दा बढी पनि हुन सक्दैन । तर बढी खर्च वापतको दावी कर मिलान रकम आगामी वर्षहरुमा सार्न पाईन्छ । यसै गरी श्रीमानको बीमा गरेको रकम भएमा पनि २० हजार सम्मको सीमा अन्तर्गत रही खर्च कट्टी गर्न पाईन्छ ।

कुनै आर्थिक बर्षमा एक पटकमा एउटा मात्र रोजगारदाताकोमा रोजगारी गरी सो रोजगारीको मात्र आय हुनेले आय विवरण पेश गर्नु पदैन । तर रु.४० लाख भन्दा बढी बार्षिक आय हुने प्राकृतिक व्यक्तिले अनिवार्य रुपमा आय विवरण पेश  गर्नु पर्दछ । 

आर्थिक ऐन २०७२ अर्थात २०७२ श्रावण १ गते पछिको निवृत्तिभरण आयमा १ प्रतिशत सामाजिक सुरक्षा कर नलाग्ने व्यवस्था भएको छ ।

समयमा कर दाखिला नगरेमा ब्याज लाग्दछ । समयमा विवरणहरु (आय विवरण, किस्ताबन्दीको अनुमानित करको विवरण) दाखिला नगरेमा वा कागजात नराखेमा वा आयकर ऐन वा नियमको कुनै व्यवस्थाको पालना नगरेमा वा झुठा वा भ्रमपूर्ण विवरण दाखिला गरेमा तथा कर सम्बन्धी कसूर गर्ने व्यक्तिलाई जानाजान वा लापरवाही गरी मद्दत गरेमा शुल्क लाग्दछ । त्यसै गरी अदालतको फैसला अनुसार कर दाखिला नगर्ने, झुठा वा भ्रमपूर्ण विवरण दिने, कर प्रशासनमा बाधा विरोध गर्ने वा अनुचित प्रभाव पार्ने, कसूरमा मतियार हुने, अख्तियार प्राप्त वा अख्तियार प्राप्त नभएको व्यक्तिले कसूर गरेमा तथा ऐनको पालना नगर्ने व्यक्तिलाई नगद जरिवाना वा कैद वा दुबै सजाय (अवस्था अनुसार) हुने व्यवस्था आयकर ऐनले गरेको छ । 

दाखिला गर्नु पर्ने भनि आन्तरिक राजस्व कार्यालयले गरेको सूचना अनुसारको कर समयमा नबुझाएमा, किस्ताबन्दी कर, अग्रिम कर वा आय विवरणसाथ दाखिला गर्नु पर्ने कर समयमा नबुझाएमा ब्याज लाग्दछ ।

ब्याजको दर वार्षिक १५प्रतिशत छ । यसलाई सामान्य ब्याजको दर भनिन्छ ।

कर तिर्नुपर्ने मितिदेखि कर दाखिला गर्न बाँकी रहेको अवधिभरको लागि यस्तो तिर्न बाँकी कर रकममा प्रत्येक महिना र महिनाको भागमा सामान्य ब्याज दरले (१५ प्रतिशत वार्षिकका दरले) ब्याज लाग्दछ । किस्ताबन्दी करको हकमा सम्बन्धित किस्ता बुझाउनु पर्ने मितिबाट आगामी आ.ब.को असोज मसान्तसम्मको अवधिको लागि तिर्न बाँकी कर रकममा सामान्य ब्याज दरले ब्याज लाग्दछ । आय विवरणसाथ दाखिला गर्नुपर्ने कर रकमको हकमा सम्बन्धित आय वर्षपछिको आश्विन मसान्त पश्चात्को कर दाखिला नभएसम्मको अवधिको लागि तिर्न बाँकी रकममा ब्याज लाग्दछ र विवरण दाखिला गर्न म्याद थप पाएको भए पनि यस्तो थप म्यादका लागि ब्याज छूट हुँदैन । यदि करदाताले आयको कम घोषणा गरी कार्यालयबाट थप करको दायित्व सिर्जना भएको अबस्थामा आर्थिक बर्ष समाप्त भएको असोज मसान्त सम्म किस्ता कम बुझाएको हिसाबले व्याज लाग्दछ भने कार्तिक १ देखि कर ढीला बुझाएको हिसाबले व्याजको गणना गरिन्छ ।

ब्याज र शुल्कको निर्धारण सम्बन्धित आन्तरिक राजस्व कार्यालय, करदाता सेवा कार्यालयले गर्दछ र सोको सूचना आयकर ऐनको दफा १०२ बमोजिम जारी गरिने सूचनामा संशय वा संशोधित कर निर्धारण आदेशको साथ संलग्न गरी पठाउन सक्दछ ।

कागजात नराखेमा वा विवरण वा आय विवरण दाखिला नगरेमा शुल्क लाग्दछ । झुठा वा भ्रमपूर्ण विवरण दाखिला गरेमा शुल्क लाग्दछ । कसूर गर्ने व्यक्तिलाई जानाजान वा लापरवाही गरी मद्दत गर्ने वा सल्लाह दिने मतियारलाई शुल्क लाग्दछ । साथै यी कुराहरु बाहेक आयकर ऐन वा नियमको कुनै व्यवस्था पालना नगर्ने व्यक्तिलाई पनि शुल्क लाग्दछ । 

  • किस्ताबन्दीको विवरण/अनुमानित करको विवरण (आय विवरण) दाखिला गर्न सकेन भने प्रति विवरण रु.५ हजार रुपैयाँ वा आय विवरणमा उल्लेखित निर्धारण योग्य आय रकमको शून्य दशमलव शून्य एक प्रतिशतले हुने रकम मध्ये जुन वढी हुन्छ सो रकम शुल्क लाग्दछ ।
  • पूर्वानुमानितकरको विवरण दाखिलानगर्ने व्यक्तिलाई रु. एक सय प्रति महिनाका दरले शुल्क लाग्दछ।
  • अन्य व्यक्तिले आय विवरण दाखिला नगरेमा सो आय वर्षमा कुनै रकम कटाई पाउने भए सो नकटाई (अर्थात् कारोवाररकम) र कुनै रकम समावेश गर्नुपर्ने भए सो समावशे गरी हुने निर्धारणयोग्य आयको रकमको ०.१% प्रति वर्षका दरले हुने रकम वा एक सय रुपैयाँ प्रति महिनाका दरले हुने रकम मध्ये जुन बढी हुन्छ सो रकम शुल्क लाग्दछ ।
  • कुनै राख्नु पर्ने कागजात नराखेमा कारोवार रकमको ०.१% प्रतिशत वा वार्षिक एक हजार रुपैयाँ मध्ये जुन बढी हुन्छ सो रकम शुल्क लाग्दछ ।
  • त्यसै गरी जानजानी वा लापरवाही गरेको कारणबाट झुठा वा भ्रमपूर्ण विवरण दाखिला गर्नेलाई घटी हुन गएको कर रकमको शत् प्रतिशत र भूलवश मात्र त्रुटी हुन गएकोमा घटी कर दाखिला रकमको ५० प्रतिशत शुल्क लाग्दछ ।
  • मतियारलाई कम कर तिर्ने व्यक्तिले तिरेको कम करको शत् प्रतिशत रकम शुल्क लाग्दछ र साथै ऐन नियमका अन्य व्यवस्था उल्लंघन गर्ने व्यक्तिलाई ५ हजारदेखि ३० हजार रुपैयाँसम्म शुल्क लाग्दछ ।
  • अग्रिम कर असुल गर्नुपर्ने कुनै व्यक्तिले प्रत्येक महिना समाप्त भएको पच्चिस दिन भित्र विवरण दाखिला नगरेमा अग्रिम कर असुल गर्नुपर्र्ने रकमको वार्षिक २.५ प्रतिशतका दरले हुने शुल्क लाग्छ ।

शुल्कको निर्धारण माथि बुँदा ७ मा उल्लेख भए झैं घटी कर रकमको प्रतिशतका दरले वा निश्चित/तोकिएको रकमको दरले गरिन्छ । यसरी शुल्क निर्धारण गर्दा स्वयं कर निर्धारण गर्दा करदाता आफैले र संशोधित कर निर्धारण गर्दा कर अधिकृतले गर्दछ ।

कर दाखिला निर्धारित समयसम्म नगर्ने (मनासीब कारण बिना), झुठा वा भ्रमपूर्ण विवरण जानाजानी वा लापरवाहीसाथ पेश गर्ने, कर प्रशासनमा बाधा विरोध गर्ने वा अनुचित प्रभाव पार्ने, कसूर गर्न मतियार बन्ने, ऐनको पालना नगर्ने व्यक्तिलाई अदालतको आदेशले कैद वा नगद जरिवाना वा दुबै सजाय हुन सक्दछ । अख्तियार प्राप्त व्यक्तिले सरकारी गोप्यता भंग गरेमा वा अख्तियार नपाएको कुनै व्यक्तिले कर वा कर भनी अन्य कुनै रकम उठाएमा पनि जरिवाना र कैद दुबै सजाय हुन सक्दछ । 

आयकर ऐन अनुसारको (परिच्छेद २३ अनुसारको) कसूर गर्ने जोसुकै व्यक्ति अर्थात् कर तिर्नुपर्ने वा विवरण दाखिला गर्नु पर्ने कर्तव्य भएको व्यक्ति, झुठा वित्तीय वा कर लेखा प्रमाणित गर्ने वा गलत परामर्श दिने वा भ्रमपूर्ण विवरण तयार पार्न सहयोग गर्ने मतियार (जस्तैः- लेखापरीक्षक वा कानूनी सल्लाहकार) वा अख्तियार प्राप्त वा अख्तियार ढाँट्ने व्यक्तिले कसूर गरेमा सजाय र जरिवानाको (कैद र जरिवानाको) सामना गर्नुपर्ने हुन सक्दछ । 

ब्याज र शुल्कका हकमा संशय वा संशोधित कर निर्धारणका साथै यस्तो लाग्ने ब्याज र शुल्कको निर्धारण पनि सम्बन्धित आ.रा.का.तथा करदाता सेवा कार्यालयले ऐनको दफा १०२ अनुसारको करदातालाई दिइने सूचनासाथ संलग्न गरी करदातालाई बुझाईन्छ र कर संकलन सरह यस्तो ब्याज र शुल्कको असूली पनि गरिन्छ । सजाय र जरिवानाका हकमा नेपाल सरकार वादी भई जिल्ला अदालतमा मुद्दा दायर गरी तहाँको फैसला अनुसार कार्यान्वयन हुन्छ ।  

शुल्क भनेको विवरण नबुझाउने, झुठा विवरण बुझाउने, भ्रमपूर्ण वा झुठा विवरण बनाउन मतियार भई मद्दत गर्ने वा आयकर कानून (ऐन नियम) को पालना नगर्ने व्यक्तिलाई कर प्रशासनले/आ.रा.वि.ले लगाउने एकप्रकारको आर्थिक दण्ड हो । ब्याज भनेको कर रकम ढिला तिरे वापत असूल गरिने आर्थिक क्षतिपूर्ति (Compensation)  वापतको रकम हो अर्थात् कर दाखिला नगरी वा ढिला गरी अन्यत्र लगानी गर्ने अवस्थाबाट सरकारी राजस्व संकलनलाई प्रभावित हुन नदिन र त्यसो भएमा सो को क्षतिपूर्ति दावी गर्न लगाइने आर्थिक दुरुत्साहन (Economic Disincentive) स्वरुपको रकम हो । 

ब्याज र शुल्क फरक/फरक प्रयोजनको लागि लाग्ने भएकोले एउटै करदातालाई एकैचोटि उही आय वर्षको उही आय विवरणमा लाग्न सक्दछ । शुल्क कानूनी परिपालना नगरे बापत लगाईन्छ भने व्याज आर्थिक क्षतिपूर्ति वापत लगाईन्छ ।

शुल्क पनि ब्याज जस्तै तोकिएको दरले लाग्दछ र यसमा कुनै तजबीजी अधिकार कर अधिकृतसंग रहेको छैन । ऐनको (र नियमको) व्यवस्थाको पालना नगर्ने (ऐनमा स्पष्ट ब्याज वा शुल्क लाग्ने व्यवस्थाहरु बाहेक) व्यक्तिलाई भने रु. ५ हजारदेखि रु. ३० हजारसम्म जरिवाना सरहको शुल्क अटेरीको प्रकृति हेरी लाग्न सक्दछ ।

यदि तपाईले दाखिला गर्नु पर्ने कर भन्दा बढी दाखिला भएको अबस्थामा कर फिर्ता दाबि गर्न सकिन्छ । कर फिर्ता ढिलो पाउँदा पनि आफुले कर ढिलो बुझाउँदा तिर्ने ब्याज कै दरले अर्थात् वार्षिक १५ प्रतिशतका दरले ब्याज थप गरेर फिर्ता पाईन्छ । यसको दाबि चाँही भएको हुनु पर्दछ । 

प्राकृतिक श्रोत वापत भएको भुक्तानी बाहेक भाडा अन्तर्गत घर बहाल समेतका मूर्त सम्पत्तिको बहालमा लगाएको पट्टा अन्तर्गत गरिएको प्रिमियम लगायतका सबै भुक्तानीहरु पर्दछन् ।

भाडा भुक्तानी गर्दा अग्रिम कर कट्टी गर्नुपर्दछ ।

 भाडा भुक्तानीमा १० प्रतिशतका दरले अग्रिम कर कट्टी गर्नुपर्दछ ।

अग्रिम भाडा भुक्तानी भएमा सो भुक्तानी भएको बखत अग्रिम कर कट्टी गर्नुपर्दछ ।

जतिसुकै अवधिको भए पनि भुक्तानी गर्दाको बखत अग्रिम कर कट्टी गर्नुपर्दछ ।

सवारी साधन भाडामा लिँदा अग्रिम कर कट्टी गर्नुपर्दछ । तर कुनै ब्यक्तिले आफ्नो स्वामित्वमा रहेको सवारी साधन यातायात ब्यबस्था कार्यालयमा भाडाको सवारी साधनको रुपमा दर्ता गराएको भए सो सवारी साधन भाडामा लगाई निजले आर्जन गरेको आय वापत बर्षेनी निश्चित रकम कर वापत तिर्नु पर्दछ । यस्तो भाडाका सवारी साधन कुनै प्राकृतिक ब्यक्तिको भए निजले सो आय बर्षका लागि तिरेको कर निजले सो सवारी साधनबाट गरेको आय आर्जनका लागि अन्तिम कर हुने ब्यबस्था छ । निजलाई गरिने भाडा भुक्तानीमा भुक्तानी दिने ब्यक्तिले श्रोतमा कर कट्टा गर्नु पर्दैन । कुनै ब्यक्तिले निजलाई भुक्तानी गर्दा कर कट्टा गरी दाखिला गरेको भए निजले सो कर रकम बिभाग समक्ष फिर्ता दाबी गर्न सक्दछ ।

कुनै सम्पत्ति लिजमा लिएमा पनि अग्रिम कर कट्टी गर्नुपर्दछ । लिज वापतको रकम भुक्तानी गर्दाका बखत अग्रिम कर कट्टी गर्नुपर्दछ ।

घर भाडा वापत पेश्की रकम लिइसकेमा पछि सम्झौता टुट्न गइ प्राप्त पेश्की रकम फिर्ता गर्नु परेमा बढी दाखिला कर नियमानुसार फिर्ता दाबी गर्नुपर्दछ ।

भाडा वापत कम्पनी÷प्राकृतिक व्यक्तिलाई भुक्तानी गर्दा समान दरमा अग्रिम कर कट्टी  गर्नुपर्दछ ।

व्यवसाय सञ्चालन गरिरहेको बाहेक प्राकृतिक व्यक्तिले भाडा वापत प्राप्त गरेको अग्रिम कर कट्टी अन्तिम कर भएकोले मिलान गर्न पाइदैन । तर व्यवसाय सञ्चालन गरी भाडा प्राप्त गरेको प्राकृतिक व्यक्ति र निकायले प्राप्त गरेको भाडा वापतको अग्रिम कर कट्टी मिलान गर्न पाइन्छ ।

कर छुट हुने संस्थालाई भुक्तानी गरेको भाडामा पनि अग्रिम कर कट्टी गर्नुपर्छ ।

 

रोजगारीको आय अर्थात् पारिश्रमिक आयमा रोजगारीसँग सम्बन्धित ज्याला, तलब, विदा वापतको रकम, अतिरिक्त समय भत्ता, शुल्क, कमिशन, पुरस्कार, उपहार, बोनस, महङ्गी भत्ता, जीवन निर्वाह खर्च, भाडा, मनोरञ्जन वा यातायात भत्ता, शैक्षिक भत्ता, समायोजन भत्ता, कुनै पनि व्यक्तिगत भत्ता वा सुविधा, व्यक्तिगत प्रयोजनको लागि गरेको खर्चको फर्छ्योट वा सोधभर्ना भुक्तानी, रोजगारीको शर्तमा सहमति जनाए वापतको भुक्तानी, रोजगारीको अन्त्य, नोक्सानी वा अनिवार्य अवकाश वापतको भुक्तानी, अवकाश भुक्तानी (जस्तै क.सं.कोष, नागरिक लगानी कोषबाट हुने भुक्तानी, उपदान, निवृत्तभरण) तथा रोजगारीका सम्बन्धमा गरिएका अन्य कुनै पनि भुक्तानी पर्दछन् ।

आर्थिक ऐन, २०७६ ले रोजगारीको करयोग्य आयमा कुनै स्लाबको छुट नदिई शुरुको ४ लाख रुपैयाँसम्म (व्यक्तिका लागि) वा ४ लाख पचास हजार रुपैयाँसम्म (दम्पत्तिका लागि) १ प्रतिशत कर लाग्ने, तत्पश्चातको रु. १ लाखसम्म १० प्रतिशतले कर लाग्ने, तत्पश्चातको रु. २ लाखसम्म २० प्रतिशतले कर लाग्ने, सोभन्दा बढि बीस लाख सम्मको करयोग्य आयमा ३० प्रतिशतले कर लाग्ने र रु. २०,००,०००।०० भन्दा बढी करायोग्य आय रकममा ३० प्रतिशतले हुने कर र सो करको दरमा थप २० प्रतिशत अतिरिक्त कर लाग्ने व्यवस्था गरेको छ । 

प्रत्येक महिनाको पारिश्रमिक रकमको भुक्तानीसँगै वा पटके रकमको भुक्तानीमा अग्रिम कर कट्टीको माध्यमले पारिश्रमिक आयकर दाखिला गर्नु पर्दछ ।

रोजगारदाताले गरेको अग्रिम कर कट्टी रकम e-Payment मार्फत वा सम्बन्धित (नजिकको रोजगारदाताको कार्यालय रहेको स्थानसँग सम्बद्ध वा पारिश्रमिक भुक्तानी हुने स्थानसँग सम्बद्ध) ठुला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयमा दाखिला गर्नु पर्दछ । यस्तो कर कट्टी रकम बैंकमा राजस्व बुझाई e-TDS का माध्यमले विवरण बुझाई दाखिला गर्न सकिन्छ । रोजगारदाताले कर कट्टी नगरेको अवस्थामा सम्बन्धित करदाता (रोजगारी गर्ने व्यक्ति वा दम्पत्ति) स्वयंले आफ्नो कर रकम गणना गरी दाखिला गर्नु पर्दछ । एकै पटक एकभन्दा बढी रोजगारी गर्ने व्यक्ति वा रोजगारी सँगै व्यवसायको पनि आय हुने व्यक्तिले आय विवरण दाखिला गर्नु पर्दछ,। अन्यथा अग्रिम कर कट्टी गरी दाखिला भएपछि सम्बन्धित करदाताले (रोजगारी गर्ने व्यक्तिले) आय विवरण बुझाउनु पर्दैन ।  

पारिश्रमिक भुक्तानी गर्ने रोजगारदाताको कार्यालयले (त्यहाँको लेखा अधिकारीले) करको गणना गर्ने गर्दछ तर सम्बन्धित कर्मचारी (रोजगारी गर्ने व्यक्ति) ले आफ्नो वैयक्तिक विवरण (जस्तै व्यक्ति वा दम्पत्तिको छनौट, औषधि खर्च वापत कर मिलान दावी, अवकाश भुक्तानी वा लगानी विमाको प्रिमियम भुक्तानी) बारे आफ्नो कार्यालयको लेखापाललाई जानकारी गराउनु पर्दछ ।

रोजगारीको आयमा लाग्ने कर वा अन्य पेशा व्यवसायमा लाग्ने कर तिर्नु सम्बन्धित करदाताको दायित्व हो र यसका लागि व्यक्तिगत स्थायी लेखा नम्वर (PAN) लिनु पर्दछ । अग्रिम कर कट्टी गर्ने व्यक्तिले पनि अनिवार्य रुपमा PAN लिनै पर्दछ ।

अग्रिम कर कट्टी गरी राजस्व दाखिला गर्ने आफ्नो रोजगारदाता (त्यसको लेखा अधिकारी) बाट आफ्नो पारिश्रमिकमा कर कट्टी गरी दाखिला गरेको प्रमाण लिनु पर्दछ । यसरी अग्रिम कर कट्टी गर्ने व्यक्तिले प्रत्येक महिना समाप्त भएको २५ दिन भित्र विद्युतीय माध्यमबाट e-TDS विवरण र कर रकम दाखिला गर्नुपर्दछ । अग्रिम कर कट्टी हुने व्यक्तिले आफ्नो व्यक्तिगत स्थायी लेखा नम्वर PAN प्रदान गर्ने करदाता सेवा कार्यालय/आन्तरिक राजस्व कार्यालय/मध्यमस्तरीय करदाता कार्यालय वा ठूला करदाता कार्यालयबाट Username र Password समेत लिई स्वयले आफनो नाममा दाखिला भएको अग्रिम कट्टीको विवरणको जानकारी प्राप्त गर्न सकिन्छ । त्यस्तो प्रमाणको आधारमा आफूलाई कुनै कारणवश ‘कर चुक्ता प्रमाण’ आवश्यक परे सम्बन्धित करदाता सेवा कार्यालय/आन्तरिक राजस्व कार्यालय/मध्यमस्तरीय करदाता कार्यालय वा ठूला करदाता कार्यालय (आफ्नो कर दाखिला भएको वा आफूले PAN  लिएको कार्यालय) बाट ‘कर चुक्ता प्रमाण’ पनि पाउन सकिन्छ ।

रोजगारीको आयमा आफूले कर तिर्ने नभई रोजगारदाताले कर कट्टी गर्ने भएकोले रोजगारदाताले e-Payment मार्फत वा रोजगारदाता दर्ता रहेको करदाता सेवा कार्यालय, आन्तरिक राजस्व कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय तथा ठूला करदाता कार्यालयमा यस्तो कर रकम दाखिला गर्नु पर्दछ । तपाईंले सम्पर्क गर्दा सम्बन्धित कार्यालयहरुमा  गर्नुपर्दछ  । 

करको गणना गलत भएमा सोको जानकारी आफुलाई वा लेखा अधिकारीलाई हुने वित्तिकै सो गल्ती सच्याई आगामी महिनादेखि दाखिला गर्ने कर रकममा समायोजन गर्नु पर्दछ । आर्थिक वर्षको अन्त्यमा मात्र यस्तो त्रुटी थाहा हुन आए बढी कर दाखिला भएको भए आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालय र ठूला करदाता कार्यालयबाट कर फिर्ता माग गर्नु पर्दछ भने कम कर दाखिला भएको भए सोको विवरण र लाग्ने शुल्क/ब्याज साथ घटी तिरेको कर (थप्नु पर्ने कर रकम) तुरुन्त दाखिला गर्नुपर्दछ । 

प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा चालिस लाख रुपैया भन्दा बढी आय भएमा ऐनको दफा ९६ बमोजिम आय विवरण पेश गर्नु पर्ने छ सो भन्दा कम पारिश्रमिक आय मात्र हुने बासिन्दा व्यक्तिको एकपटकमा एउटा मात्र रोजगारदाता भए तथा चन्दा खर्च दावी नगरेको भए आय विवरण बुझाउनु पर्दैन । अन्य सबै अवस्थामा आय विवरण बुझाउनु पर्दछ ।

रोजगारीको आय बाहेक श्रोतमा अन्तिम करको रुपमा कट्टी हुने भुक्तानीहरु (जस्तै घर बहाल, ब्याज, लाभांश, बैठक भत्ता, पटके रुपमा अध्यापन गरे वापतको भुक्तानी, अवकाश भुक्तानी, लगानी विमाको भुक्तानी) बाट हुने आय मात्र छ भने आय विवरण पेश गर्नु पर्दैन । सो बाहेक उद्योग, व्यापार, पेशा, व्यवसाय वा लगानीका अन्य आयहरु प्राप्त भएका छन् भने आय विवरण पेश गर्नु पर्दछ । 

निवृत्तिभरणमा कर लाग्दछ । तर सामाजिक सुरक्षा कर बापत १ प्रतिशतले लाग्ने कर भने लाग्दैन । कर्मचारी संचयकोष र औषधि उपचार वापत पाइने रकममा कर लाग्दछ । 

रोजगारदाता कम्पनीले दिएको घर र सवारी साधनको सुविधालाई परिमाणिकरण गरी निश्चत दरले आयमा समावेश गर्नुपर्दछ ।  यस्तो परिमाणीकरण गर्ने तरिका निम्नानुसार छ :-

(क) सवारी साधन सुविधा लिएको हकमा खाईपाई आएको तलबको शुन्य दशमलब पाँच प्रतिशतले हुने रकम कर योग्य आयमा समावेश गर्नु पर्दछ ।

(ख) भवन (आवास) सुविधा लिएको हकमा खाईपाई आएको तलबको दुई प्रतिशतले हुने रकम कर योग्य आयमा समावेश गर्नु पर्दछ ।

जुनसुकै प्रकारको सुविधा वा Fringe Benefit लाई पारिश्रमिक आयमा समावेश गरी करयोग्य आयको गणना गर्नुपर्दछ । जिन्सी वा सेवामा भुक्तानी पाएको भए वा बजार मूल्यभन्दा सहुलियत दरमा कुनै सुविधा पाएको भए (जस्तै मोल नपर्ने उपहार वा सस्तो दरको ब्याजमा ऋण सुविधा) वा परोक्ष रुपमा (तेस्रो व्यक्ति मार्फत् जस्तै विद्यालयलाई सोझै रोजगारदाताले केटाकेटीको फि तिरि दिएको अवस्थामा) कुनै सुविधा प्राप्त गरेको भए पनि प्रचलित बजार मूल्य अनुसार यस्तो जिन्सी वा सेवा सुविधाको परिमाणिकरण (Quantification) र मूल्यांकन गरी हुन आउने रकम करयोग्य आयमा समावेश गर्नुपर्दछ ।

रोजगारीको आय हुने व्यक्तिले सवारी साधनको सुबिधा वापत नगद प्राप्त गरेको छ भने त्यस्तो प्राप्त सम्पूर्ण नगद रकम सो व्यक्तिको रोजगारीको आयमा समाबेश गर्नु पर्दछ ।   

 रोयल्टी भुक्तानीमा अग्रिम कर कट्टी गर्नुपर्छ ।

रोयल्टी भुक्तानीमा १५ प्रतिशतका दरले अग्रिम कर कट्टी गर्नुपर्दछ । तर भुक्तानी प्राप्त गर्ने व्यक्ति दोहोरो कर उन्मुक्ति सम्बन्धी संझौता भएको देशको व्यक्ति भए संझौतामा लेखिएको दरमा कट्टी गर्नुपर्दछ ।

स्थानीय तह, प्रदेश वा केन्द्र सरकारलाई भुक्तानी गरेको रोयल्टीमा अग्रिम कर कट्टी गर्नु पर्दैन ।

नियमनकारी  निकाय, प्राधिकरण जस्ता निकायहरुलाई भुक्तानी गरेको रोयल्टीमा अग्रिम कर कट्टी गर्नुपर्दछ ।

रोयल्टी वापत अग्रिम भुक्तानी वा पेश्की प्रदान जे गरेको भएमा पनि भुक्तानी गर्दाका वखत नै अग्रिम कर कट्टी गर्नुपर्छ ।

गैर वासिन्दा व्यक्तिलाई  वाहेक अन्यलाई रोयल्टी भुक्तानीमा गरिने अग्रिम कर कट्टी अन्तिम हुँदैन । मिलान गर्न पाइन्छ ।

कर छुट हुने संस्थालाई भुक्तानी गरिने रोयल्टी रकममा पनि अग्रिम करकट्टी गर्नुपर्छ ।

 

कर प्रयोजनको लागि प्रत्येक करदातालाई पहिचान दिन दिइने अद्वितिय (Unique) र स्थायी (Permanent) संकेत हो । यो नौ (९) अंकको हुन्छ । यो संकेत एक पटक लिई सकेपछि उही व्यक्तिले व्यवसाय गर्ने स्थल वा व्यवसायको प्रकृति वा अन्य विवरण परिवर्तन भए पनि सो करदाताका लागि सँधै भरि सोही संकेत अंक कायम रहने भएकोले यसलाई स्थायी लेखा नम्बर भनिएको हो । यसलाई अंग्रेजीमा Permanent Account Number र छोटकरीमा PAN भनिन्छ । व्यक्तिको लागि यो कर तिर्ने प्रयोजनको लागि प्रयोग गरिन्छ । यो व्यवसाय, रोजगारी एवं लगानीको पहिचान जनाउने नम्बर पनि हो । कम्प्यूटर प्रणालीबाट सृजना हुने नौ अंकको  स्थायी लेखा नम्बरको उदाहरणः १००३६२२५७ 

उद्योग, व्यापार, पेशा, व्यवसाय (फर्म नराखी स्वतन्त्र व्यवसाय गर्ने प्राकृतिक व्यक्तिसमेत), रोजगारी गर्ने व्यक्तिले आफूले गर्ने कारोवार, बैंकिङ्ग कारोवार, जारी गर्ने बिल बिजक, खाता बही, कागजात तथा आय विवरण लगायत कर सम्बन्धी सम्पूर्ण विवरणमा PAN को उल्लेख गर्न अनिवार्य भएकोले PAN लिनु पर्दछ । साथै यो नम्बरले करदातालाई एउटा विशिष्ट पहिचान दिने हुँदा आफ्नो व्यवसाय गर्न र सोमा सम्बद्ध राजस्व दाखिला गर्न PAN लिए पछि सहज हुने भएकोले PAN लिन आवश्यक छ ।

प्राकृतिक व्यक्ति र कम्पनीले फरक फरक PAN लिनु परे पनि स्थायी लेखा नम्बरको रुपमा एउटै किसिमको विशिष्ट नम्बर (Unique Number)  दिइएको हुन्छ । PAN को संकेत बाटै प्राकृतिक व्यक्ति र कम्पनी छुट्टिंदैन ।

रोजगारीको आय हुने व्यक्तिले पनि PAN लिनु पर्ने गरी आर्थिक वर्ष २०६६।६७ देखि व्यवस्था गरिएको छ ।एउटै मात्र रोजगारदाता भएको अवस्थामा व्यक्तिगत PAN लिनु पर्दछ । यस्तो PAN हुने व्यक्तिको रोजगारदाताले नै पारिश्रमिक भुक्तानी गर्दा कर कट्टी गरी दाखिला गरिदिने भएकोले आय विवरण पेश गर्नुपर्दैन । तर एकभन्दा बढी रोजगारदाता भएको अवस्थामा अन्तिम कर दायित्व यकिन गरी आय विवरण पेश गर्न पनि PAN लिनुपर्दछ ।

PAN दुई किसिमबाट जारी गरिन्छ । कार्यालयमा दरखास्त बुझाएर वा विद्युतीय माध्यमबाट दरखास्त दिएर  जारी गरिन्छ । Personal PAN को लागि आन्तरिक राजस्व विभागको वेब साइट www.ird.gov.np मा गई त्यहाँ उपलब्ध फाराम (PAN पाउनका लागि गरिने दरखास्त फाराम) अनलाईनको माध्यमबाट भरी कार्यालयबाट Verify भएपछि आफैले प्रिन्ट गर्न सकिन्छ वा आन्तरिक राजस्व विभाग मातहतका कार्यालयहरुमा प्राप्त हुने दरखास्त फाराम पूर्ण रुपमा भरी सो साथ आवश्यक पर्ने कागजातहरु समेत संलग्न गरी आन्तरिक राजस्व विभाग मातहतका सम्बन्धित कार्यालयहरुमा दरखास्त गर्न सकिन्छ । यसरी दरखास्त प्राप्त भएपछि आन्तरिक राजस्व विभाग मातहतका कार्यालयहरुले जाँचबुझ गरी विद्युतीय प्रणालीबाट PAN जारी गर्दछन् । साथै नेपाल सरकारको नागरिक App बाट समेत Online Application गरी PAN लिन सकिन्छ ।

व्यक्तिगत स्थायी लेखा नम्बर लिन अपनाउनु पर्ने निवेदनको प्रक्रिया

  • नेपाली नागरिकको हकमा पासपोर्ट साइजको फोटो र नागरिकताको अगाडि तथा पछाडिको Scan गरेर फाइल सुरक्षित गर्नुहोस् ।
  • गैर नेपाली नागरिकको हकमा पासपोर्ट साइजको फोटो, निज कार्यरत रहेको कार्यालयको सिफारिस र बिदेशी भनी प्रमाणित गराउने प्रमाणित कागजात संलग्न राखी Scan गरी फाइल सुरक्षित गर्नुहोस् ।
  • "Mozilla Firefox" browser खोल्नुहोस् ।
  • gov.np टाइप गरी Enter key हान्नुहोस् ।
  • Taxpayer Portal मा Click गर्नुहोस् ।
  • Registration(PAN,VAT,EXCISE) को Application for Registration मा Click गर्नुहोस् ।

 

  • Submission लिनको लागि निवेदकले Username, Password, Re-Password, Contact No, Email-Id Entry भर्नुहोस् ।
  • Registration for को Personal PAN चेक बक्समा Click गर्नुहोस् ।
    • Verify गर्ने अफिस छान्नको लागि –
    • आन्तरिक राजस्व कार्यालयको लागि IRO मा Click गरी आफ्नो पायक पर्ने कार्यालय छान्नुहोस् ।
    • करदाता सेवा कार्यालय भएमा TSO मा Click गरी आफ्नो पायक पर्ने कार्यालय छान्नुहोस्।
    • OK मा Click गर्नुहोस् ।
  • Continue मा Click गर्नुहोस् । (Submission No. आउँछ सो टिप्नुहोस्)
  • नाम र थर नेपाली र अंग्रेजीमा Entry गर्नुहोस् ।
  • बि.सं. वा इ.सं. छानेर जन्ममिति Entry गर्नुहोस् ।
  • लिंगमा पुरुष/महिला/लैङ्गिक/यौनिक अल्पसंख्यक मध्ये एक छान्नुहोस् ।
  • Scan गरेर राखेको Photo दायाँ तर्फको Browse मा Click गरी Photo को फाइल छानेर Upload गर्नुहोस् ।
  • Citizenship Card को दायाँ तर्फको Upload Document भनेको Up Arrow बक्समा Click गर्नुहोस्
  • नागरिकता नं., नागरिकता जारी गर्ने कार्यालय, स्थान, जारी मिति Entry गर्नुहोस् ।
  • त्यसपछि Browse मा Click गरी Scan गरेको नागरिकताको फाइल Upload गर्नुहोस् ।
    • गैर नेपाली नागरिक भए Embassy-ID को प्रमाणपत्र नं., जारी गर्ने कार्यालय, स्थान, जारी मिति इन्ट्री गरी सो प्रमाणपत्र Scan गरी Upload गर्नुहोस् ।
  • OK मा Click गर्नुहोस् ।
  • पेशागत License वा प्रमाणपत्र भए सो को नम्बर Entry गर्नुहोस् ।
  • रोजगारदाताको सिफारिस (च.नं./प्रमाणपत्र नं.) काम गरेको भए कामको प्रकार पेशाको उप-प्रकार छान्नु होस् । कार्यालयको सिफारिस समेत पेश गर्नु पर्छ ।
  • रोजगारदाताको सिफारिस नभएकाले Others छान्नुहोस् ।
  • पारिवारिक विवरणभर्नुहोस् ।
  • स्थायी ठेगाना भर्नुहोस् ।
  • अस्थायी ठेगाना भर्नुहोस् ।
  • Save/Submit गर्नुहोस् ।
  • Submit पछि मोवाइल र इमेलमा OTP आउनेछ ।
  • OTP भर्नुहोस ।
  • Verify भएपछि मोवाइल र इमेलमा PAN आउनेछ ।
  • Verify भए पछि विवरण भर्दाको Login बाट प्रिन्ट गर्न सकिन्छ ।
  • नेपाल सरकारको नागरिक App बाट समेत Online Application गरी PAN लिन सकिन्छ ।

आन्तरिक राजस्व विभागले स्थायी लेखा नं. लिनुपर्ने भनी तोकेको निर्धारण योग्य आय आर्जन गर्न चाहने वा भुक्तानीमा करकट्टी गर्नुपर्ने जुनसुकै व्यक्तिले त्यस्तो आय आर्जन गर्नु वा करकट्टी गर्नु अगावै स्थायी लेखा नम्बर अनिवार्य रुपमा लिनुपर्दछ । स्थायी लेखा नम्बर लिन अनिवार्य नभएको र स्थायी लेखा नं प्राप्त नगरेका अन्य व्यक्तिले पनि स्थायी लेखा नं. लिन सक्नेछन् ।

व्यवसाय दर्ता गरिसकेपछि Personal PAN लाई व्यावसायिक स्थायी लेखा नम्बर (Business PAN) मा परिवर्तनका लागि व्यवसाय दर्ता प्रमाणपत्र सहित सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा निवेदन दिएको अवस्थामा Personal PAN लाई कार्यालयले Business PAN मा रुपान्तरण गरिदिन्छ ।

Personal PAN लिन प्राकृतिक व्यक्तिले आफ्नो नाम, थर, स्थायी ठेगाना, पिताको नाम, जन्म मिति, नागरिकता/परिचयपत्र नम्बर बारे जानकारी गराउनु पर्दछ । सो साथ नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, विदेशीको हकमा राहदानी वा सम्बन्धित कुटनैतिक नियोगद्वारा जारी गरिएको परिचयपत्र, स्थनिय रोजगारदाताको सिफारीस, पेशागत प्रमाणपत्रको प्रतिलिपी र दुई प्रति फोटो पेश गर्नु पर्दछ ।

PAN लिनका लागि कुनैपनि किसिमको दस्तुर बुझाउनु पर्दैन ।

सक्दैन । एउटा व्यक्ति (प्राकृतिक व्यक्ति वा निकाय) ले जीवनमा एउटा मात्रै PAN लिन सक्दछ । एउटै मात्र PAN रहन्छ । त्यसैमा आफ्नो व्यवसायको प्रकारहरु थप गर्दै लैजानु पर्दछ । प्राकृतिक व्यक्तिले थप कारोबार गर्न चाहेमा सोही PAN मा कारोबार थप गर्नुपर्दछ ।

PAN लिएपछि कारोवार गर्न, आयात निर्यात गर्न, बैंकसँग ऋण लिन एवं राजस्वसम्बन्धी सम्पूर्ण काम गर्न सहज हुन्छ । साथै तपाईको व्यवसायमा पारदर्शिता आउने हुन्छ । PAN लिएर त्यसको आधारमा करदाताको पहिचान पाउनु नागरिकको लागि गौरबको विषय हो । यो हरेक करदाताको पहिचान सम्बन्धी विशेष संकेत पनि हो ।

आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयहरुमा रहेको हेल्पडेस्क, www.ird.gov.np को वेबसाईट र उद्योग वाणिज्य महासंघहरुबाट समेत थप जानकारी र सहयोग लिन सकिन्छ ।

विदेशी नागरिकले नेपालको प्रचलित कानून अनुसार नेपालमा उद्योग, व्यापार, पेशा, व्यवसाय, रोजगारी वा लगानी गर्दा PAN लिनु पर्दछ । यसका लागि आवेदन गर्दा अन्य कागजातका अतिरिक्त निजको परिचय खुल्ने राहदानी वा सम्बन्धित कूटनैतिक नियोगद्वारा जारी गरिएको परिचयपत्र पेश गर्नु पर्दछ ।

PAN पाउन आवेदन गर्ने महिला (प्राकृतिक व्यक्ति)ले आफ्नो बुबा, आमा, पति वा ससुराको नाम अनिवार्य लेख्नु पर्दछ ।

गैर बासिन्दा व्यक्तिको हकमा निज स्वयंले वा निजको नेपालमा रहेको स्थायी संस्थापन वा प्रतिनिधिले PAN लिन आवेदन गर्नुपर्दछ ।

PAN एउटा स्थायी परिचयपत्र हो । यसको नविकरण गराइ राख्न पर्दैन । तर करदाताको ठेगाना, कारोवार स्थल वा कारोबारको प्रकृति आदिमा कुनै परिवर्तन भए सोको सूचना सम्बन्धित आन्तरिक राजस्व कार्यालय/करदाता सेवा कार्यालयलाई परिवर्तन भएको मितिले १५ दिन भित्र दिई सक्नु पर्नेछ ।

कार्यालयमा दरखास्त दिएको हकमा तुरुन्तै पाउन सकिन्छ । Online Application बाट PAN लिएकोमा नागरिकताको प्रमाणपत्र सहित कार्यालयमा जानु पर्दछ ।

PAN लिएपछि आफ्नो वैयक्तिक विवरण र PAN संख्या उल्लेख भएको फोटो सहितको PAN कार्ड वा प्रमाणपत्र पाइन्छ ।

PAN लिन स्वयं उपस्थित हुनुपर्दैन । PAN लिन आवेदन गर्दा इन्टरनेटका माध्यमबाट आवेदन भरी कार्यालयबाट Verify भए पछि विवरण भर्दाको Login बाट प्रिन्ट गर्न सकिन्छ ।

घरमै बसेर कम्प्यूटरबाट इन्टरनेटका माध्यमले PAN का लागि आवेदन भरी कार्यालयबाट Verify भए पछि विवरण भर्दाको Login बाट प्रिन्ट गर्न सकिन्छ ।

सोही नम्बर प्रयोग गर्नका लागि व्यवसाय दर्ता गरी व्यावसायिक स्थायी लेखा नम्बरमा परिवर्तनका लागि आवश्यक कागजात सहित कारोवार स्थलसँग सम्बन्धित आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयहरुमा निवेदन दिनु पर्दछ ।

व्यक्तिको मृत्यु भएमा, नागरिकता त्याग गरी नेपाल छाडेमा, विदेशीको हकमा आय आर्जन गर्ने काम गर्न छाडेमा ।

कारण खोली सम्बन्धित आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयमा निवेदन दिनुपर्दछ । तर तपाईको मृत्यूपछि यो नम्बर खारेज हुन्छ अन्यथा यो नम्बर तपाईको नाममा inactive अवस्थामा System मा रहिरहन्छ ।

मिल्दैन । VAT दर्ता गर्न आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा नै सम्पर्क गर्नु पर्दछ । PAN प्रदान गर्न स्विकृति दिईएका संस्थाहरुलाई मूल्य अभिबृद्धि करमा दर्ता गर्ने अनुमति दिईएको छैन ।

ब्यक्तिगत स्थायी लेखा नम्बर लिन अनलाइन विवरण भर्दा प्रयोग गर्ने युजर आइ डी र पासवर्डमा आफुलाई सजिलो हुने र सम्झन सक्ने शब्द राख्न सकिन्छ । जस्तै युजरनेममा आफ्नो नाम र पासवर्डमा मोवाइलन नम्बर आदी । तर यसरी राखिएको युजरनेम, पासवर्ड र सब्मीसन नम्बरबाट पुन लगइन गरी सबमिट नगर्दा सम्म संशोधन एवं तत् पश्चात निवेदन प्रिन्ट गर्न सकिनेछ ।

ब्यक्तिगत स्थायी लेखा नम्बरलाई नविकरण गराई राख्नु पर्दैन । 

ब्यक्तिगत ब्यावसायिक स्थायी लेखा नम्बर लिएको ब्यक्तिले अर्को ब्यक्तिगत स्थायी लेखा नम्बर लिनु पदैन सोही स्थायी लेखा नम्बरलाई नै अन्य कामका लागि पनि प्रयोग गर्न सकिन्छ । एउटै ब्यक्तिको दुइवटा स्थायीलेखा नम्बर हुँदैन ।

ब्यक्तिगत स्थायी लेखा नम्बर हरायो भने करदाताको Login बाट प्रिन्ट गर्न सकिन्छ । साथै आफुलाई स्थायी लेखा नम्बर संझना छ भने सो  स्थायी लेखा नम्बर लिएको कार्यालयमा गइ निवेदन दिएर पुन प्राप्त गर्न सकिन्छ । यदि स्थायी लेखा नम्बर संझनामा छैन भने आफनो नागरिकताको प्रमाण पत्र लिई सम्बन्धित कार्यालयमा गई स्थायी लेखा नम्बर खोजी गर्न आग्रह गर्ने र स्थायी लेखा नम्बर पत्ता लागेपछि निवेदन दिएर पुन प्राप्त गर्न सकिन्छ । मू.अ.करमा दर्ता भएका करदाताको हकमा भने रु १०० दस्तुर तिरी निवेदन दिएर पुन कार्ड लिन सकिन्छ ।

आर्थिक वर्ष २०७६/७७ को बजेट बक्तब्यले कुनै ब्यक्तिले कुनै आर्थिक वर्षमा आय आर्जन गर्ने कार्य (जस्तै तलब, भत्ता, ज्याला, तथा घर बहाल लगायत) गर्दछ भने ती सबै ब्यक्तिले अनिवार्य रुपमा ब्यक्तिगत स्थायी लेखा नम्बर (PAN)  लिनु पर्ने व्यवस्था गरेको र यस नीतिगत व्यवस्थालाई "सवैका लागि स्थायी लेखा नम्बर" भनिएको हो ।

बासिन्दा बैंक वा अरु वासिन्दा वित्तीय संस्थालाई तिरेको व्याज र ग्रामीण समुदायमा आधारित लघु वित्त संस्था, ग्रामीण विकास बैंक, हुलाक बचत बैंक र सहकारीमा जम्मा गरेको निक्षेपबाट आर्जित वार्षिक २५ हजार रुपैयासम्मको व्याज भुक्तानीमा बाहेक अन्य सबै व्याज भुक्तानीमा अग्रिम कर कट्टी गर्नुपर्छ ।

नेपालमा स्रोत भएको र व्यवसाय सञ्चालनसँग सम्बन्धित नभएको प्राकृतिक व्यक्तिलाई भुक्तानी गरेको व्याजको अग्रिम कर कट्टी मिलान गर्न पाइदैन, अन्यको हकमा व्यवसायसंग सम्बन्धित कर मिलान गर्न पाइन्छ । दाखिला गर्नुपर्ने करभन्दा बढी दाखिला भएमा अन्तिम रुपमा करकट्टी हुने बाहेक अन्य कर सम्बन्धित व्यक्तिले फिर्ता माग गर्न पाउंछ ।

बासिन्दा बैंक, वित्तीय संस्था वा ऋणपत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित कानून बमोजिम सूचिकृत भएका कम्पनिले कुनै प्राकृतिक व्यक्तिलाई निक्षेप, ऋणपत्र, डिबेन्चर तथा सरकारी बण्ड वापत नेपालमा स्रोत भएको र व्यवसाय सञ्चालनसँग सम्बन्धित नभएको व्याज वा व्याज स्वरुपको कुनै रकम भुक्तानी दिंदा कुल भुक्तानी रकममा ५ प्रतिशतका दरले र सो बाहेकको ब्याज भुक्तानीमा भुक्तानी रकमको १५ प्रतिशतका दरले अग्रिम कर कट्टी गर्नुपर्दछ । साथै बासिन्दा बैंक तथा वित्तीय संस्थाले जीवन बीमा कम्पनीलाई निक्षेप बापत भुक्तानी गरेको ब्याजमा पाँच प्रतिशतका दरले कर कट्टी गर्नुपर्दछ ।

भुक्तानीकर्ता अनुसार फरक पर्नसक्छ । यदि भुक्तानीकर्ता प्राकृतिक व्यक्ति भएमा व्याज प्राप्त गर्ने प्राकृतिक व्यक्ति वा कम्पनि जो सुकै भएता पनि १५ प्रतिशतका दरले अग्रिम कर कट्टी गर्नु पर्छ । यदि भुक्तानीकर्ता  बासिन्दा बैंक, वित्तीय संस्था वा ऋणपत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित कानून बमोजिम सूचिकृत भएका कम्पनि भएमा र निक्षेप, ऋणपत्र, डिबेन्चर तथा सरकारी बण्ड वापत नेपालमा स्रोत भएको र व्यवसाय सञ्चालनसँग सम्बन्धित नभएको व्याज वा व्याज स्वरुपको कुनै रकम भुक्तानी गरेमा प्राकृतिक व्यक्तिको हकमा ५ प्रतिशतका दरले र निकायको हकमा १५ प्रतिशतका दरले अग्रिम कर कट्टी गर्नुपर्छ । तर  बासिन्दा बैंक वा अरु वासिन्दा वित्तीय संस्थालाई तिरेको व्याज र ग्रामीण समुदायमा आधारित लघु वित्त संस्था, ग्रामीण विकास बैंक, हुलाक बचत बैंक र सहकारीमा जम्मा गरेको निक्षेपबाट आर्जित वार्षिक २५ हजार रुपैयासम्मको व्याज भुक्तानीमा अग्रिम कर कट्टी गर्नुपर्दैन ।

बैंक तथा बित्तीय संस्थालाई तिरेको व्याजमा अग्रिम कर कट्टी गर्नुपर्दैन ।

सरकारी संस्थानले सरकारलाई तिरेको व्याजमा अग्रिम कर कट्टी गर्नुपर्दैन ।

कर छुट संस्थालाई भुक्तानी गरेको व्याजमा अग्रिम कर कट्टी गर्नुपर्छ ।

प्राकृतिक व्यक्तिको व्यवसाय सञ्चालनसँग सम्बन्धित भएको व्याजको भुक्तानीमा भुक्तानी रकमको १५ प्रतिशतका दरले र व्यवसाय सञ्चालनसँग सम्बन्धित नभएको व्याजमा भुक्तानीकर्ता बासिन्दा बैंक, वित्तीय संस्थाले भुक्तानी गर्दा ५ प्रतिशतका दरले अग्रिम कर कट्टी गर्नुपर्दछ । साथै बासिन्दा बैंक तथा वित्तीय संस्थाले जीवन बीमा कम्पनीलाई निक्षेप बापत भुक्तानी गरेको ब्याजमा पाँच प्रतिशतका दरले कर कट्टी गर्नुपर्दछ । सहकारी बैंक तथा सहकारी संघ संस्थाले एक आपसमा ऋण लगानी बापत तिरेको ब्याज रकममा कर कट्टी गर्नु पर्दैन ।

पूँजीगत लाभ भनेको कुनै पनि पूँजीगत सम्पत्ति वा पूँजीगत दायित्वको निसर्ग गर्दा प्राप्त हुने लाभ (वा नोक्सानी भए यस्तो नोक्सानी समायोजन गरी रहेको लाभ वा थप नोक्सानी समेत) लाई जनाउँछ । सम्पत्ति वा दायित्वको निसर्ग भन्नाले मुख्यतया यस्तो सम्पत्ति वा दायित्वबाट स्वामित्व हटेको अवस्थालाई जनाउँछ । यस्तो स्वामित्व हट्ने अवस्था सम्पत्ति वा दायित्व बिक्री हुनु, वितरण गरिनु, अन्य सम्पत्ति वा दायित्वमा गाभिनु, पट्टामा दिइनु, रद्द गरिनु, विनाश हुनु, हराउनु, म्याद सकिनु, समर्पण गरिनु, समापन हुनु, दायित्व फछ्र्यौट वा मुक्त हुनु समेतको अवस्थालाई जनाउँछ ।

सबै पूँजीगत लाभमा कर लाग्दैन । जस्तै प्राकृतिक व्यक्तिले सुन चाँदी, आफ्नो स्वामित्वको निजी सवारी साधन आदी को बिक्रीबाट हुने लाभ वा निश्चित सीमाभित्रको घरजग्गा बिक्रीबाट हुने लाभमा कर लाग्दैन । निकायहरु (जस्तै साझेदारी फर्म, कम्पनी वा संघसंस्था) को व्यावसायिक सम्पत्ति वा दायित्व वा ह्रासयोग्य सम्पत्तिको निसर्गबाट प्राप्त हुने लाभलाई व्यवसायको आयमा समावेश गरी कर लगाईन्छ । व्यवसायिक सम्पत्ति वा दायित्व भन्नाले व्यवसायमा प्रयोग भएका सम्पत्ति हुन् । यी सबै करयोग्य सम्पत्ति हुन् । 

गैर व्यावसायिक करयोग्य सम्पत्तिबाट प्राप्त लाभमा फरक फरक  प्रतिशतका दरले पुँजीगत लाभ कर लाग्दछ । गैर व्यावसायिक करयोग्य सम्पत्ति भन्नाले व्यावसायिक सम्पत्ति, ह्रासयोग्य सम्पत्ति, व्यापारिक मौज्दात, कुनै प्राकृतिक व्यक्तिको अविच्छिन्न वा पटक पटक गरी दश वर्ष वा सो भन्दा बढी अवधि स्वामित्व रहेको र बसोबास गरेको निजी भवन, अवकाश कोषमा रहेको हित, १० लाख रुपैयाँ भन्दा कम मूल्यमा निसर्ग गरेको जग्गा, घरजग्गा तथा निजी भवन वा ३ पुस्ता भित्र खरिद बिक्री बाहेक अन्य किसिमले हस्तान्तरण गरी निसर्ग गरेको सम्पत्ति बाहेकका सबै जग्गा, भवन, हित वा सुरक्षणलाई बुझाउँछ ।

व्यावसायिक सम्पत्ति वा दायित्वको निसर्गबाट प्राप्त लाभ र ह्रासयोग्य सम्पत्तिको निसर्गबाट प्राप्त लाभ वा व्यापारिक मौज्दातको निसर्गबाट हुने मुनाफालाई व्यवसायको आयमा समावेश गरी निर्धारणयोग्य आय र करयोग्य आय गणना गरी कर लगाईन्छ । गैर व्यावसायिक करयोग्य सम्पत्तिबाट हुने लाभलाई पूँजीगत लाभको रुपमा छुट्टै गणना गरी कर लगाइन्छ भने निकायको हकमा (सामान्यतया यस्तो आय नभए पनि, सबै सम्पत्ति प्रायजसो व्यावसायिक सम्पत्ति हुने हुँदा) निकायलाई लाग्ने सामान्य करको दरले कर लगाइन्छ । आयकर ऐन, २०५८ लागू भएको मिति २०५८।१२।१९ अगाडिको अवधिमा प्राकृतिक व्यक्तिको पूँजीगत लाभमा कर लाग्दैन । यसर्थ २०५८।१२।१९ को बजार मूल्यांकनबाट पुरानो सम्पत्तिको मूल्यांकन गर्नु पर्दछ ।

अरु कर झैं पूँजीगत लाभमा लाग्ने करको निर्धारण पनि करदाता स्वयंले स्वयं कर निर्धारण गरी गर्नु पर्दछ ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएको निकायको हितको निसर्ग बाट प्राप्त लाभको भुक्तानी बासिन्दा प्राकृतिक व्यक्तिको हकमा तीन सय पैसठ्ठी दिन भन्दा बढी  तथा तीन सय पैसठ्ठी दिन भन्दा कम अवधी स्वामित्वमा रहेको हितको लाभ रकममा क्रमश: ५ तथा ७.५ का दरले कर लाग्दछ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएको निकायको हितको निसर्ग बाट प्राप्त लाभको भुक्तानी बासिन्दा निकायको हकमा १० प्रतिशत तथा अन्यको हकमा २५ प्रतिशतका दरले सम्बन्धित कम्पनिले अग्रिम कर असूल गरी दाखिला गर्नुपर्दछ ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकरण नभएको कम्पनीको शेयर कारोवारमा बासिन्दा प्राकृतिक व्यक्तिको हकमा १० प्रतिशतले वासिन्दा निकायको हकमा १५ प्रतिशत र अन्यको हकमा २५ प्रतिशतका दरले सम्बन्धित कम्पनिले अग्रिम कर असूल गरी दाखिला गर्नुपर्दछ ।

शेयर कारोवारमा शेयर निसर्ग भएकै समयमा जस्तै खरीद बिक्री भएकै बखत कर लाग्दछ र अग्रिमकर कट्टीको रुपमा दाखिला हुनु पर्दछ । तर यस्तो कर रकम अन्तिम नभएकोले सम्बन्धित करदाताले आय विवरणसाथ लाभको पनि गणना गरी करयोग्य आय निकाल्ने र सोमा लाग्ने कर तिर्ने र अग्रिम कर मिलान गर्न पाउँछ । 

करको रकम अग्रिम कर कट्टी गर्ने स्टक एक्सचेन्ज वा निकायले नजिकको आन्तरिक राजस्व कार्यालय. तथा करदाता सेवा कार्यालयमा कट्टी गरेको महिना समाप्त भएको मितिले २५ दिनभित्र विवरण सहित दाखिला गर्नुपर्दछ । करदाता स्वयंले कर दाखिला गर्दा भने अरु आय कर सरह दाखिला गर्नुपर्दछ । 

खरीद मूल्यभन्दा बिक्री मूल्य कम भएको शेयरको बिक्री कारोवारमा नोक्सानी भएकोले अग्रिम कर कट्टी गर्नु पर्दैन । सम्बन्धित करदाताले यस्तो नोक्सानी आय विवरण पेश गर्दा दावी गर्न पाउँछ र लगानीको अन्य आयमा मिलान गर्न पाउँछ ।

पूँजीगत घाटालाई अगामी कारोवारमा पूँजीगत आय/लाभमा मात्र मिलान गर्न पाइन्छ । तर यस्तो नोक्सानी रोजगारी वा व्यवसायको आयमा मिलान गर्न पाइदैन । 

घरजग्गाको कारोवारमा कर लाग्दछ । व्यवसायमा प्रयोग नभएको घरजग्गालाई निसर्ग गर्दा प्राप्त लाभ गैर व्यावसायिक करयोग्य आय मानी लाभको गणना गरी कर लगाईन्छ भने व्यवसायमा प्रयोग भएको घरजग्गालाई व्यावसायिक सम्पत्ति मानी सोको निसर्गबाट हुने लाभलाई व्यवसायको आयमा समावेश गरी कर लगाइन्छ । तर रु. १० लाखभन्दा कम मूल्यको घरजग्गाको बिक्री, तीन पुस्ता भित्रको खरीद बिक्री बाहेकको तरिकाले गरिएको हस्तान्तरण र १० वर्षभन्दा बढी स्वामित्व भई बसोबास गरेको प्राकृतिक व्यक्तिको घरलाई गैर व्यवसायिककरयोग्य सम्पत्ति मानिंदैन । 

पाँच वर्षभन्दा बढी स्वामित्वमा रहेको घरजग्गा तथा जग्गामा २.५ प्रतिशतका दरले  र सो भन्दा कम  समय स्वामित्वमा रहेको घरजग्गा तथा जग्गामा ५ प्रतिशतले कर लाग्दछ । 

पूँजीगत लाभ कर तिरेको प्रमाण आफूले जहाँ कर तिरेको हो सोही कार्यालय, निकाय वा नेपाल स्टक एक्चेन्जबाट प्राप्त हुन्छ । 

गैर व्यावसायिक करयोग्य सम्पत्ति हुने बासिन्दा प्राकृतिक व्यक्तिले आफ्नो शेयर वा घरजग्गा वा जग्गा खरीद बिक्री गर्न PAN लिनु पर्दैन वा अन्य किसिमले दर्ता हुन पर्दैन । तर पूँजीगत सम्पत्तिको कारोवार व्यवसायको रुपमा गर्ने व्यक्ति (जस्तै शेयर दलाल वा रियल इस्टेट व्यवसाय गर्ने व्यक्ति) ले PANलिनु पर्दछ ।

पूँजीगत लाभ हुने व्यक्तिले अन्य करदाता झैं आय विवरण पेश गरी कर तिर्नु पर्दछ र अग्रिम दाखिला भएको कर मिलान गर्न वा नोक्सानी भएको भए नोक्सानी दाबी गर्न पाउँदछ । 

तीन पुस्ता भित्रको खरीद बिक्री बाहेक अन्य तरिकाले हुने घरजग्गा वा जग्गाको हस्तान्तरण ‘करयोग्य सम्पत्ति’ नमानिने हुँदा कर तिर्नु पर्दैन । तर यस्तो सम्पत्तिको पनि खरिद बिक्री भएको अवस्थामा कर लाग्दछ ।

१० वर्षभन्दा बढी समयसम्म स्वामित्वमा रहेको र बसोबास पनि गरेको (१० वर्षभन्दा बढी) घरजग्गा बिक्री गर्दा ‘करयोग्य सम्पत्ति’ नमानिने हुँदा कर तिर्नु पर्दैन । ५ वर्षभन्दा बढीको स्वामित्वको घरजग्गा विक्री गर्दा लाभ रकममा २.५ प्रतिशतले मात्र कर लाग्दछ र सोभन्दा कम समयको स्वामित्वको घरजग्गा विक्री गर्दा लाभ रकममा ५ प्रतिशतले कर लाग्दछ । 

यदि कसैको २ वटा घर भए उसको निजी भवनको रुपमा कुनै एकलाई करदाता आफैले छनौट गर्न पाउँदछ ।

रु. १० लाखभन्दा कम मूल्यमा निसर्ग भएको जग्गा तथा निजी भवनको पूँजीगत लाभमा कर लाग्दैन ।

पाउँदछन् । यदि उसले आय विवरण पेश गरेमा व्यक्तिको लागि आयकर ऐनमा तोकेबमाजिम आर्थिक वर्ष०७६।७७ मा यसको सीमा ४ लाख व्यक्तिको हकमा र र दम्पत्तिको हकमा ४ लाख पचास हजार छुट पाउँदछन् ।

निजी भवन भन्नाले भवन र भवनले ओगटेको क्षेत्रफल बराबरको जग्गा वा एक रोपनी जग्गामध्ये जुन घटी हुन्छ सोलाई जनाउँछ ।

सि नं

प्रश्न

जवाफ

अंशबण्डा/बकसबाट ३ पुस्तेभित्र हस्तान्तरण भई प्राप्त भएको जग्गा वा भवन विक्री गर्दा स्वामित्व अवधि गणना कहिलेदेखि गर्ने र लागत कहिलेको पाउने हो ?

स्वामित्व अवधिको गणना अंशबण्डा/बकसबाट ३ पुस्तेभित्र हस्तान्तरणबाट पास भएको मितिबाट गर्नुपर्ने र लागतको हकमा अंशवण्डा वा वकस दिने व्यक्तिले खरिद गरेको बखतको लागत खर्च घटाउन पाउनेछ।यस्तो खरिद २०५८ चैत्र १९ अगाडि भएको रहेछ भने २०५८ साल चैत्र १९ गतेको  उक्त सम्पत्तिको मूल्य लागतको रूपमा घटाउन पाउने छ।

श्रीमान र श्रीमतीको नाममा अलग अलग नाममा रहेको जग्गा विक्री गर्दा १० लाखको सीमा गणना गर्दा अलग अलग गर्ने कि ? दुवैको जोडेर गणना गर्ने हो ?

श्रीमान र श्रीमतीको नाममा अलग अलग नाममा रहेको जग्गा विक्री गर्दा १० लाखको सीमा गणना गर्दा अलग अलग गर्नुपर्छ।

एक कित्ता जग्गालाई ३ टुक्रा बनाएर २ टुक्रा बिक्री गरेको र पछि बाँकी रहेको जग्गा १ टुक्रा बिक्री हुंदा स्वामित्व अवधि कुन मितिदेखि गर्ने हो ?

बाँकि रहेको जग्गाको स्वामित्व अवधि गणना गर्दा उक्त जग्गा सुरुमा खरिद गरेको मितिबाट गर्नुपर्छ।

घरजग्गा विक्री हुंदा निजी भवनको परिभाषा भित्र पर्ने घरले चर्चेको जग्गाबाहेक बांकि जग्गाको बिक्री मूल्य रु. १० लाख भन्दा घटी भएको अवस्थामा पूँजीगत लाभकरको दायरामा पर्छ पर्दैन ?

पुरै घरजग्गाको कुल विक्री मुल्य रु. १० लाख वा सो भन्दा बढी भएमा पुँजीगत लाभकरको दायरामा पर्छ ।

भवनको लागत खर्चको लागि कस्तो प्रमाणपत्र पेश गर्नुपर्ने हो? स्थानीय तहले भवनको मूल्यमात्र खुलाउने गरेको लागत नखुलाएको अवस्थामा कसरी लागत मान्यता दिने हो ?

स्थानीय निकायले कर प्रयोजनको लागि कायम गरेको घरको मूल्य खुलाएको आधारमा लागत खर्च घटाउन नदिई सो घरको लागत मूल्य खुलाएको आधारमा मात्र लागत खर्च घटाउन दिनुपर्छ।

भवनको स्वामित्व वा वसोबास गरेको अवधि के आधारमा गणना गर्ने हो ?

भवनको स्वामित्व अवधि गणना गर्दा स्थानीय निकायले भवन निर्माण सम्पन्न भएको मिति खुलाएर दिएको हकमा सो मितिलाई आधार मान्नुपर्दछ।यदि कसैले ३ तला भवनको नक्शा पास गरेर शुरुमा १ तला भवन बनाई वसोवास गर्न शुरु गरेको अवस्थामा स्थानीय निकायको सिफारिशको आधारमा स्वामित्व अवधि र वसोवास अवधि गणना गर्नुपर्दछ। नक्सा बनाउन नपर्ने अवस्थाको पुरानो घरको स्वामित्व र वसोबास गरेको सम्बन्धमा स्थानीय निकायको सिफारिशको आधारमा गर्नुपर्दछ।

अविच्छिन्न बसोबास गणना गर्दा निज विदेश बसे नवसेको कसरी थाहा पाउने सकिन्छ ?

अविच्छिन्न वसोवासको गणना गर्दा घरधनी विदेशमा वसेको हो होइन भन्ने विषयमा घरधनी स्वयंलाई स्वघोषणा गर्न लगाउनु पर्दछ।स्थानीय निकायको सिफारिश आवश्यक देखेमा सोको सिफारिश माग गर्न सक्नेछ।

कुनै व्यक्तिले एउटा प्लट जग्गा एउटा मितिमा खरीद गरेको र सोही प्लटसंगै रहेको अर्को प्लट जग्गा पछि खरीद गरेको र दुवै प्लट एउटा कित्ता बनाएकोमा सो जग्गा बिक्री गर्दा स्वामित्व अवधि गणना गर्दा दुवै प्लट एउटै कायम भएको मितिबाट गर्ने कि ती प्लटहरु अलग अलग रुपमा खरीद भएको मितिबाट गणना गर्नु पर्ने हो ?

जग्गा खरिद गरेको मितिको आधारमा अलग अलग स्वामित्व अवधि गणना गर्नुपर्दछ।

पूँजीगत लाभ कर गणना गर्दा जग्गा बिक्रीको रकमबाट दलाली खर्च/कमिशन/जग्गा विकास खर्च घटाउन पाउने हो होइन ?

पुँजीगत लाभकर घोषणा फारममा उल्लेख भए बाहेकका त्यस्ता खर्चहरु मालपोल कार्यालयमा पुँजीगत लाभ कर तिर्ने समयमा घटाउन पाउने छैन।ती खर्चहरु दावि गर्न आय विवरण पेश गर्नुपर्ने हुन्छ।

१०

अंशवण्डा वा वकस वा पारिवारिक हस्तान्तरणबाट प्राप्त भएको जग्गा वा भवन बिक्री गर्दा अंशवण्डा वा वकस वा हस्तान्तरण गर्दा लागेको रजिष्ट्रेसन शुल्क लागतको रुपमा घटाउन दिन मिल्छ मिल्दैन ?

मिल्छ।

ऐनको कार्यान्वयनमा एकरुपता ल्याई ऐनबाट प्रभावित व्यक्ति एवं कर प्रशासनलाई व्याख्या गरी सरल बनाउने उद्देश्यले जारी गरिने लिखतलाई सार्वजनिक परिपत्र भनिन्छ ।

ऐनको व्याख्या सहित जारी गरिएको हुँदा यसलाई कानूनी मान्यता प्राप्त हुन्छ । सो सार्बजनिक परिपत्रलाई बिभाग स्वयंले रद्द नगरेसम्म र अदालतले अन्यथा व्यबस्था नभएको अबस्था सम्म लागू भइरहन्छ । ऐन नियम अन्तर्गत र सोही द्धारा प्रदत्त अधिकार प्रयोग गरी सार्वजनिक परिपत्र बन्ने भएकोले सार्वजनिक परिपत्रले ऐन नियमलाई काट्न वा नाघ्न सक्दैन ।

विभागले जारी गरेको सार्वजनिक परिपत्र रद्द नभए सम्म कार्यरत कर अधिकृतहरु सार्वजनिक परिपत्र मान्न बाध्य हुन्छन् । यो एउटा बिभागीय कानूनी व्याख्याको धारणाको परिपत्र हो । 

सार्वजनिक परिपत्रका विषयवस्तुमा चित्त नबुझे कानूनी उपचारमा जान सक्नु हुन्छ । सार्वजनिक परिपत्रको अन्तर्वस्तुसँग सहमत हुन नसकेमा कानूनी उपचारको बाटो प्रयोग गर्नु पर्दछ । कानूनी उपचारको जरियामा निर्णय नभए सम्म मान्न बाध्य हुनु पर्दछ ।

सार्वजनिक परिपत्रहरू राजपत्र वा गोर्खापत्रमा प्रकाशित हुँदैनन् । आन्तरिक राजस्व विभागले नियमित रुपमा प्रकाशित गर्ने परिपत्र संग्रह, विभागको वेबसाईट र वस्तुगत संघ संस्थाहरुमा पनि उपलब्ध गराइएको हुने हुँदा त्यहाँबाट पनि प्राप्त गर्न सक्नु हुन्छ ।

सार्वजनिक परिपत्रहरु विभागको वेवसाईटमा पनि राखिएको हुन्छ ।

सेवा शुल्क अन्तर्गत बैठक भत्ता, व्यवस्थापन शुल्क, प्राविधिक सेवा शुल्क लगायत कुनै व्यक्तिले उपलब्ध गराएको सेवा वापत निजलाई बजार मूल्य अनुसार भुक्तानी गरिएको जुनसुकै रकमहरु पर्दछन् । साथै विदेशी विद्यालय वा विश्वविद्यालयलाई रजिष्ट्रेशन शुल्क, शिक्षण शुल्क तथा परीक्षा शुल्क बापतको रकम भुक्तानी पनि पर्दछ ।

सेवा शुल्क भुक्तानी गर्दा मूल्य अभिवृद्धि करमा दर्ता भएको सेवा प्रदायक वासिन्दा व्यक्तिलाई १.५ प्रतिशत र अन्यको हकमा १५ प्रतिशतले कर कट्टी गर्नुपर्दछ ।

सेवा शुल्क प्राप्त गर्ने कम्पनी र प्राकृतिक व्यक्ति दुबैलाई समान दरमा अग्रिम कर कट्टी  गर्नुपर्छ ।

कुनै बासिन्दा व्यक्तिले कुनै ठेक्का वा करार अन्तर्गत कुनै गैर बासिन्दा व्यक्तिलाई (क) वायुयान मर्मत तथा तथा अन्य ठेक्का वा करार बापतको भुक्तानीमा मा ५%, (ख) गैर वासिन्दा बीमा कम्पनीलाई विमा प्रिमियम भुक्तानी गर्दा १.५% र (ग) खण्ड (क) वा (ख) मा लेखिएदेखि बाहेक विभागले भुक्तानीकर्ता बासिन्दा व्यक्तिलाई लिखित सूचना दिएकोमा सो सूचनामा उल्लिखित अग्रिम कर कट्टी गर्नुपर्दछ ।

मूल्य अभिवृद्धि करमा दर्ता भएको सेवा प्रदायक वासिन्दा व्यक्तिलाई भुक्तानी गर्ने सेवा शुल्कमा समान रुपमा १.५ प्रतिशतका दरले अग्रिम कर कट्टी गर्नुपर्दछ ।

वस्तु र सेवाको मूल्य छुट्टा–छुट्टै उल्लेख नगरी एकमुष्ट उल्लेख भएमा कुल मूल्यमा अग्रिम कर कट्टी गर्नुपर्छ ।

वस्तु र सेवाको मूल्य छुट्टा–छुट्टै उल्लेख भई आएमा सेवाको मूल्यमा मात्र अग्रिम कर कट्टी गर्नुपर्छ ।

स्थायी लेखा नं. लिने र नलिने सेवा प्रदायकलाई समान दरमा अग्रिम कर कट्टी  गर्नुपर्दछ ।

सेवा शुल्क भुक्तानी गर्दा अग्रिम कर कट्टी गर्नुपर्दछ ।

कुनै पनि आय बर्षमा करलाग्ने आय आर्जन गर्ने व्यक्तिले आन्तरिक राजस्व बिभागद्धारा निर्धारित फारमहरुमा आफ्नो आयको घोषणा आफैं गरी ऐन अनुसार लाग्ने कर समेत आफैंले निर्धारण गरी निर्धारित कर दाखिला गर्ने कार्य नै स्वयंकर निर्धारण हो ।

आय विवरणका फारामहरु र अनुसूचीहरु कुनै पनि आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयबाट वा आ.रा.वि. को वेवसाईट www.ird.gov.np बाट डाउनलोड गरी प्राप्त गर्न सकिन्छ । 

प्राकृतिक व्यक्तिका लागि एवं निकायका लागि छुट्टाछुट्टै आय विवरणका ढाँचाहरु छन् । त्यसै गरी रोजगारी, व्यवसाय, लगानी वा गैर व्यावसायिक करयोग्य सम्पत्तिको निसर्गबाट लाभको लागि छुट्टाछुट्टै आय विवरणका अनुसूचीहरु छन् । पूर्वानुमानित कर तिर्न छनौट गर्ने प्राकृतिक व्यक्तिका लागि छुट्टै फाराम तोकिएको छ । आय विवरण भर्दा  आयका शिर्षकको आधारमा र व्यवसायको आकारको आधारमा छुट्टाछुट्टै अनुसूची र विवरणहरु बुझाउनु पर्ने व्यवस्था छ । यी फारामहरु र अनुसूचीहरुको प्रयोग एवं भर्ने तरिका बारे निर्देशिकाहरु फारामसाथ उपलब्ध छन् र यी सबै फाराम एवं निर्देशिका आ.रा.वि. को वेबसाईटबाट डाउनलोड गरी प्राप्त गर्न सकिन्छ । 

स्वयंकर निर्धारण बिबरण आय बर्ष समाप्त भएको तीन महिना भित्र (अर्थात् आगामी आर्थिक बर्षको असोज मसान्त भित्र) बुझाउनु पर्दछ । म्याद भित्र बिबरण बुझाउन नसक्ने हो भने सम्बिन्धित कार्यालय तथा करदाता सेवा कार्यालयमा निबेदन दिई बढीमा तीन महिनाको थप म्याद पाउन सकिन्छ ।

करदाताले आफुले पेश गरेको कुनै पनि बिबरण वा कागजातमा त्रुटी छ भन्ने कुरा आफुले थाहा पाएपछि अय विवरण पेश गरेको ३० दिन भित्र सो कुराको जानकारी सम्बन्धित कार्यालयलाई दिई आय विवरणको संशोधित विवरण पेश गर्न पाइन्छ । ३० दिन कटेपछि भने शंसोधित विवरण पेश गर्न पाईदैन । 

रु. १ करोड भन्दा बढी वार्षिक मुनाफा वा लाभ हुने व्यवसाय/लगानीको आय हुने करदाताले (पेशा व्यवसायीको हकमा रु. ५० लाख भन्दा बढी) कर लेखा परीक्षण गराई प्रमाणीकरण (सबै विवरण र अनुसूचीहरुको) गराउनु पर्दछ । यस्तो कर लेखापरीक्षक नेपाल चार्टर्ड एकान्टेन्ट्स संस्थामा सूचीकृत हुन्छन् । आन्तरिक राजस्वविभागले कर लेखापरीक्षकको स्वीकृति संम्बन्धी कार्य गर्दैन । तसर्थ आन्तरिक राजस्वविभागको  स्वीकृति चाहिदैन । 

स्वयं कर निर्धारणको विवरणमा त्रुटी भयो भने यस्तो त्रुटीबाट घटी दाखिला भएको करमा ५० देखि १०० प्रतिशतसम्म शुल्क लाग्दछ । त्रुटी जानी–जानी वा लापरवाही वा झुठा विवरणले गर्दा नभएको र भूलवश भएको भए ५०% र जानीजानी वा लापरवाही गरेको कारणले झुठा वा भ्रमपूर्ण हुन गएको भए १००% शुल्क लाग्दछ । 

सबै कर अग्रिम करको रुपमा तिरी सकेको भए पनि यस्तो अग्रिम कर अन्तिम रुपमा लाग्ने कर नभएको अवस्थामा (जस्तै बासिन्दा प्राकृतिक व्यक्तिले व्यवसायसंग असम्बन्धित भाडा, ब्याज, लाभांश, पारिश्रमिक आयमा लाग्ने कर बाहेकको कर) सम्बन्धित करदाता व्यक्तिले आय विवरण बुझाउनु पर्दछ । आय विवरण नबुझाउँदा शुल्क तिर्नुपर्ने हुन्छ । आय बिबरण सहित कर पनि बुझाउन बाँकी भएमा १५ प्रतिशतका दरले व्याज लाग्दछ । 

वार्षिक ४० लाख भन्दा कम पारिश्रमिक आय (एकपटकमा एउटा रोजगारदाताबाट मात्र रोजगारी आय भएको र चन्दा खर्च दावी नगरेको अवस्थामा) मात्र हुने प्राकृतिक व्यक्तिले आय विवरण बुझाउनु पर्दैन । रोजगारदाताले प्रत्येक महिनाको पारिश्रमिक रकमको भुक्तानीमा अग्रिम कर कट्टीको माध्यमले कर कट्टी गरी दाखिला गर्नु पर्दछ । तर वार्षिक ४० लाख भन्दा वढी पारिश्रमिक आय आर्जन गर्ने व्यक्तिले D-4 को आय विवरण भर्नु पर्दछ ।

आ.रा.वि.ले ‘e-filing’ को सुविधा दिएकोले PAN हुने करदाताले ‘e-filling’ द्वारा बिद्युतीय माध्यमबाट आ.रा.वि.को www.ird.gov.np मा लग अन गरी आय विवरण बुझाउन सक्दछन् । त्यसैगरी विभागले तोके बमोजिमको प्रकृया अवलम्वन गरी e-Payment पनि गर्न सकिन्छ ।

तपाईंले स्वयं कर निर्धारणको विवरण र लाग्ने कर समयमा दाखिला गरी सकेपछि करदाताको जिम्मेवारी सकिन्छ । निजले पुनः आ.रा.का.लाई आफ्नो कर निर्धारण गरि दिन अनुरोध गरि रहन पर्दैन । करदाताद्वारा गरिने स्वयं कर निर्धारण नै अन्तिम कर निर्धारण मानिन्छ । विभागले यस्तो विवरण छानविन गर्दा कुनै त्रुटि फेला पारेमा संशोधित कर निर्धारण गर्ने गर्दछ र यस्तो अवस्थामा कानून अनुसार तपाईंको बिबरणको छानबिनमा परेको र उचित सुनुवाईको मौका र सूचना दिए पछि मात्र अन्तिम कर निर्धारण गरिन्छ । 

आफ्नो कारोवार बारे सबभन्दा बढी जानकारी र ज्ञान करदाता स्वयंलाई नै हुने हुँदा आयकर ऐन, २०५८ ले पूर्णतया स्वयं कर निर्धारणको व्यवस्था गरेको छ  अर्थात् यो व्यवस्था ऐच्छिक होइन । आवश्यकता अनुसार वित्तीय वा कर लेखा परीक्षकद्वारा प्रमाणीकरण समेत गरी विवरण र फाँटवारीहरु पेश गर्नु पर्दछ । साना र मझौला करदाताका लागि (खास गरी प्राकृतिक व्यक्तिका लागि) सरलीकृत विवरणहरु, पूवानुमानित कर तिर्न छनौट गर्न पाइने र अन्तिम रुपले अग्रिम कर कट्टी भई दाखिला हुने र आय विवरण पेश गर्नु नपर्ने व्यवस्था पनि गरिएको छ । तर विभाग स्वयंले स्वयं कर निर्धारणको सट्टा न्यायोचित आधारमा कर निर्धारण गर्दैन । स्वयं कर निर्धारणको विवरण बुझाउनु पर्ने करदाताले यस्तो विवरण नबुझाए पनि बुझाउनु पर्ने समय (आगामी आ.ब. को असोज मसान्त) मा बुझाएको र कर दाखिला गरेको मानी विभागले आवश्यक छानबीन गरी संशोधित कर निर्धारण भने गर्न सक्दछ । यस्तो अवस्थामा विवरण वा कर दाखिला नगरे वापत छुट्टाछुट्टै ब्याज, शुल्क वा जरिवाना लाग्ने हुन्छ ।

करदाताको स्वयंकर निर्धारणको बिबरणहरुको द्रुत परीक्षण गर्दा दुरुस्त नपाएमा वा करदाताका बिबरणहरुमा बिभिन्न सूचकांकका आधारमा राजस्व जोखिमको अबस्था देखिएमा वा करदाताको कर सहभागिता न्यून भएमा मात्र थप बिस्तृत परीक्षण तथा अनुसन्धानका लागि छानिन सक्तछ । त्यस्तै आफ्नो आय बिबरणमा सही आयको घोषणा गर्ने, आयकर ऐन तथा निर्देशिकाले निर्दिष्ट गरेका बिबरणहरु अध्याबधिक राखेको अबस्थामा तपाईंको आय बिबरण पूर्ण कर परीक्षण र तथा अनुसन्धानको लागि छनौटमा पर्न सक्दैन । 

विद्युतीय प्रणाली (Internet) बाट आय विवरण (Income Tax D03) भर्ने प्रक्रिया निम्न बमोजिम छ ।

  • Mozilla Firefox वेव व्राउजर प्रयोग गरी ird.gov.np पेजलोड गर्नुहोस ।
  • होमपेजमा भएको Taxpayer Portal क्लिक गर्नुहोस ।
  • तत् पश्चात प्राप्त हुने Screen मा Income Tax Folder लाई छनौट गर्नुहोस ।
  • तत् पश्चात D03-Return Entry मेनुमा क्लिक गर्नुहोस ।
  • आयविवरण दाखिला गर्ने Submission Number प्राप्त गर्न आवश्यकता अनुसारको बक्समा User Name, Password, स्थायी लेखा नं., आर्थिक वर्ष (आय वर्ष समाप्त भएपछि सो वर्षको आयविवरण दाखिला गर्नुपर्ने हुदा  आर्थिक वर्ष छनौट गर्दा जहिले पनि गत विगतका वर्ष  छनौट गर्ने) तथा सम्पर्क नं टाइप गरी Register Button मा क्लिक गर्नुहोस ।
  • तपाईलाई Submission No. प्राप्त भएको जानकारी प्राप्त हुनेछ । अब Proceed Button मा क्लिक गरी निम्न अनुसारको विवरण प्रविष्टि गर्नुहोस ।
    • करदाताको किसिम छनौट गर्ने ।
    • करदाताका प्रकार छनौट गर्ने जस्तै दम्पती वा एकल प्राकृतिक ब्यक्ति (ब्यक्तिगत PAN भएमा)
    • अनूसूची ५
    • अनुसूची ६,
    • अनुसूची ७
    • अनुसूची ८
    • अनुसूची १३ का विवरणहरु प्रविष्टि गर्ने,

           Audit Report (Financial Statement) अपलोड गर्न अन्य अनिवार्य कागजातहरु Upload गर्नको लागि यहाँ क्लिक गर्नुहोस् भनेको ठाँउमा क्लिक गरी Audit Report (Financial Statement)  upload गर्ने । अपलोड गर्दा pdf. or jpg. file format मा र file size maximum 1 MB सम्मको हुनु पर्दछ ।

  • यसरी Save भएको विवरण हेरफेर गर्नुपर्ने भएमा Income Tax Folder मा भएको Tax Return Login मेनुमा क्लिक गरी Submission No. तथा Submission No. लिदा प्रयोग गरेको Username र Password Type गरी Login गरेर विवरणलाई पूर्ण  बनाउनहोस ।
  • आफुले प्रविष्टि (Entry) गरेका विवरणहरु सबै रुजु गरी ठीक भएमा Submit Button मा क्लिक गरी विवरण Submit भएको जानकारी प्राप्त गर्नुहोस ।
  • यसरी विवरण Submit भै सकेकपछि त्यस पेजमा भएको Save र Submit Button Disable भै Print Button मात्र Enable हुन्छ ।
  • अब Print Button मा क्लिक गरी विवरणहरु प्रिन्ट गरेर सम्बन्धित ठुला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा गएर विवरण Verify गर्नुहोस । वा आफैले Verify गर्ने Username र Password प्राप्त गर्नु भएको छ भने आफै Verify गर्नुहोस् ।
  • तपाईले पेश गर्न चाहनु भएको विवरण Verify नभएसम्म विवरण पेश भएको मान्य हुदैन । अतः आफुले पेश गरेको विवरण तोकिएको समयमा नै सम्बन्धित कार्यालयमा गएर Verify गराउनुहोस् वा आफैले Verify गर्ने Username र Password प्राप्त गर्नु भएको छ भने आफै Verify गर्नुहोस् ।
  • यदि तपाईंलाई सहयोगको आबश्यकता भएमा Help मेनुमा गई सहयोग लिन सकिन्छ ।

स्थायी लेखा नं. स्थगन तथा खारेजीको विवरण भर्ने तरिका:-

  • यदि तपाइले आफ्नो स्थायी लेखा नं. स्थगन तथा खारेजीको विवरण पेश गर्ने हो भने Income Tax Folder मा भएका Close of Business D03 मेनु छनौट गरी Return Entry गर्दा को प्रकृयाहरु अनुसार नै विवरण भरी Submit गरी Verify  गर्नुहोस । तर Close of Business D03 गर्दा चालु आर्थिक वर्ष छनौट गर्नु पर्ने हुन्छ ।
  • करदाताले आफुले पेश गरेको विवरण आफैले Verify गर्न सक्ने कर नीति अनुसार तपाईले आफै विवरण Verify गर्न सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा कर दाता सेवा कार्यालयमा गएर विवरण Self Verify को Username तथा Passwordलिनुहोस। 
  • यदी तपाईको Self Verify गर्ने Username तथा Password एउटै भएको खण्डमा विवरण भेरीफाइ हुदैन । तसर्थ विवरण भेरीफाई गर्नु पूर्व Taxpayer Portal को General Folder मा गइ Change Password मेनु खोली आफ्नो Password परिवर्नत गर्नुहोस । 
  • अब फेरी General Folder मा भएको Login मेनुमा क्लिक गरी Username तथा Password Type गरी Login गर्नुहोस र आवश्यकता अनुसारको Income Tax को Module छनौट गरी आफुले पेश गरेको विवरणको Submission No. छनौट गर्नुहोस ।

Login Menu बाट करदाताले आफुले पेश गरेका आयकर विवरणहरु अबलोकन तथा प्रिन्ट गर्न सक्नु हुनेछ । करदाताले पेश गरेको सम्पूर्ण विवरणहरु यसै पेजबाट हेर्न र आवश्यकता अनुसारको विवरणहरु Verify समेत गर्न सकिन्छ ।

एक पटक लिएको User Name Password ले नै सँधै प्रयोग गर्न सकिन्छ । तसर्थ प्रत्येक महिना पर्दैन ।

 

 

मिल्छ, असम्बन्धित व्यक्तिहरुसितको स्वतन्त्र कारोबार मूल्य (Arm’s length Price) का आधारमा मूल्य निर्धारण गरी बिक्री गर्नुपर्दछ ।

कर प्रयोजनको लागि प्रत्येक करदातालाई पहिचानका लागि दिइने अद्वितिय (Unique) र स्थायी (Permanent) संकेत हो । यो नौ (९) अंकको हुन्छ । यो संकेत एक पटक लिई सकेपछि उही व्यक्तिले व्यवसाय गर्ने स्थल वा व्यवसायको प्रकृति वा अन्य विवरण परिवर्तन भए पनि सो करदाताका लागि सँधैभरी सोही संकेत अंक कायम रहने भएकोले यसलाई स्थायी लेखा नम्बर भनिएको हो । यसलाई अंग्रेजीमा Permanent Account Number र छोटकरीमा PAN भनिन्छ । व्यक्तिको लागि यो कर तिर्ने प्रयोजनको लागि प्रयोग गरिन्छ । यो व्यवसाय, रोजगारी एवं लगानीको पहिचान जनाउने नम्बर पनि हो । कम्प्यूटर प्रणालीबाट सृजना हुने नौ अंकको  स्थायी लेखा नम्बरको उदाहरणः ३००३६२२५७

उद्योग, व्यापार, पेशा, व्यवसाय (फर्म नराखी स्वतन्त्र व्यवसाय गर्ने प्राकृतिक व्यक्तिसमेत), रोजगारी गर्ने व्यक्तिले आफूले गर्ने कारोवार, बैंकिङ्ग कारोवार, जारी गर्ने बिल बिजक , खाता बही, कागजात तथा आय विवरण लगायत कर सम्बन्धी सम्पूर्ण विवरणमा PAN को उल्लेख गर्न अनिवार्य भएकोले PAN लिनु पर्दछ । साथै यो नम्बरले करदातालाई एउटा विशिष्ट पहिचान दिने हुँदा आफ्नो व्यवसाय गर्न र सोमा सम्बद्ध राजस्व दाखिला गर्न PAN लिए पछि सहज हुने भएकोले PAN लिन आवश्यक छ ।

अन्तःशुल्क लाग्ने वस्तुको कारोवार गर्न पहिला PAN लिई सकेका व्यक्तिले पुनः छुट्टै PAN लिनु पर्दैन । अन्तःशुल्क लाग्ने वस्तुको कारोबार गर्नेले सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालय वा कोष तथा लखा नियन्त्रक कार्यालयमा इजाजतपत्रका लागि आवेदन गरी इजाजतपत्र भने लिनु पर्दछ । अन्तःशुल्क इजाजत लिंदा कारोबारको प्रकृतिका आधारमा इजाजत दस्तुर बुझाउनु पर्छ । अन्तःशुल्क इजाजतपत्रको लागि आवेदन दिंदा PAN दर्ता प्रमाणपत्रको प्रतिलिपी पनि संलग्न गर्नुपर्दछ ।

प्राकृतिक व्यक्ति र कम्पनीले फरक फरक PAN लिनु परे पनि स्थायी लेखा नम्बरको रुपमा एउटै किसिमको विशिष्ट नम्बर (Unique Number)  दिइएको हुन्छ । PAN को संकेत बाट प्राकृतिक व्यक्ति र कम्पनी छुट्टिंदैन ।

आफूले गर्ने कारोवार, बिल र बिजक, खातावही, आय विवरण लगायत बैंकिंग कागजात तथा कर सम्बन्धी सम्पूर्ण विवरण (आयकर, मू.अ.कर, भन्सार, अन्तःशूल्क समेत) मा PAN उल्लेख गर्न अनिवार्य हुन्छ । आफैंलाई कर सम्बन्धी सुविधा सहुलियत हासिल गर्न वा कुनै सूचना प्राप्त गर्न PAN को उल्लेख गर्न आवश्यक हुन्छ । राजस्व दाखिला गर्ने भौचरमा PAN नम्बर अनिवार्य रुपमा उल्लेख गर्नु पर्दछ ।

मूल्य अभिबृद्धि कर (VAT) र आयकर दुबै आन्तरिक राजस्व विभागद्वारा प्रशासन गरिन्छ र दुबै प्रयोजनको लागि एउटै PAN दिइन्छ । यसर्थ आयकर तथा मूल्य अभिबृद्धि कर प्रयोजनका लागि छुट्टाछुट्टै दुईटा PAN लिनु पर्दैन । तर PAN मात्र लिएको व्यवसायले मूल्य अभिबृद्धि करयोग्य कारोबार गर्न चाहेमा सम्बन्धित आन्तरिक राजस्व कार्यालय/करदाता सेवा कार्यालयमा निवेदन दिई मूल्य अभिबृद्धि करमा दर्ता भने हुनुपर्दछ ।

प्रोप्राइटरसीप फर्म एकल प्राकृतिक व्यक्तिको स्वामित्वमा रहने र कम्पनी छुट्टाछुट्टै व्यक्तिको स्वामित्वमा रहने भएकोले प्राइभेट लिमिटेड कम्पनी जुन एकल प्राकृतिक व्यक्तिको स्वामित्वमा रहे पनि, छुट्टै कानूनी व्यक्ति भएकोले छुट्टै PAN लिनु पर्दछ ।

उही प्राकृतिक व्यक्ति हो भने ठाउँ वा कारोवारको प्रकृति बदलेपनि पुनः PAN लिई राख्नु पर्दैन । तर त्यस्तो परिवर्तन सम्बन्धी सूचना PAN लिएको सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दिई आफ्नो अभिलेख अद्यावधिक गराउनु पर्दछ । पुनः उद्योग व्यवसाय सूचारु गर्नु परेमा व्यवसाय गर्न छनौट भएको स्थान अन्तर्गतको क्षेत्रमा पर्ने आन्तरिक राजस्व कार्यालय/करदाता सेवा कार्यालयमा निवेदन दिई PAN लाई Reactivate गर्नुपर्दछ ।

बिल वा कर बिजक जारी गर्दा आफ्नो PAN उल्लेख गर्नुका साथै सामान खरीदकर्ता व्यवसायीको PAN उल्लेख गर्न पनि अनिवार्य हुन्छ । यसबाट बिक्रेता र खरीदकर्ताको कारोबार मिलान गर्न सहज र सम्भव हुन्छ । आफ्नो व्यवसायिक कारोबारको यथार्थ चित्रण प्रस्तुत गर्नेुपर्ने भएकोले बिक्रेताले बिक्री बिलमा PAN उल्लेख गर्नु पर्दछ । यसले ग्राहकलाई व्यवसायको सम्पर्कमा रहिरहन समेत सघाउँछ ।

 

आन्तरिक राजस्व विभाग वा मातहतका कार्यालयहरुबाट तथा राजस्व अनुसन्धान विभाग वा मातहतका कार्यालयहरुबाट PAN लिए/नलिएको, VAT लगायतका करमा दर्ता भए नभएको र बिल बिजकमा सो नम्बर उल्लेख गरे/नगरेको अनुगमन गरिन्छ । यसका लागि बजार अनुगमनको विशेष व्यवस्था गरिएको छ । PAN लिएर मात्र कारोवार गर्नु पर्ने व्यक्तिले PAN नलिई कारोवार गरेको पाइएमा आयकर तथा मूल्य अभिबृद्धि कर ऐन बमोजिम कानूनी कारवाही हुन्छ ।

 

PAN तीन किसिमबाट जारी गरिन्छ । कार्यालयमा दरखास्त बुझाएर वा विद्युतीय माध्यमबाट दरखास्त दिएर । Business PAN को लागि आन्तरिक राजस्व विभागको वेब साइट www.ird.gov.np मा गई त्यहाँ उपलब्ध फाराम (Business PAN पाउनका लागि गरिने दरखास्त फाराम) अनलाईनको माध्यमबाट भरी त्यसको Print Out वा Submission Number लिएर वा आन्तरिक राजस्व विभाग मातहतका कार्यालयहरुमा प्राप्त हुने दरखास्त फाराम पूर्ण रुपमा भरी सो साथ आवश्यक पर्ने कागजातहरु समेत संलग्न गरी आन्तरिक राजस्व विभाग मातहतका सम्बन्धित कार्यालयहरुमा दरखास्त गर्न सकिन्छ । यसरी दरखास्त प्राप्त भएपछि आन्तरिक राजस्व विभाग मातहतका कार्यालयहरुले जाँचबुझ गरी विद्युतीय प्रणालीबाट PAN जारी गर्दछन ।

 

  स्थायी लेखा नम्बर (PAN )  लिने तरिका (Registration Process )

  • Mozilla Firefox वेब व्राउजर प्रयोग गरी ird.gov.np पेज लोड गर्नुहोस ।
  • होमपेजमा भएको taxpayer portal क्लिक गर्नुहोस ।
  • तत्पश्चात प्राप्त हुने screen मा Registration Folder लाई छनौट गर्नुहोस ।
  • तत्पश्चात Application for Registration मेनु क्लिक गर्नुहोस ।
  • Submission No. प्राप्त गर्न आवश्यकता अनुसारको बक्समा टाइप गरी आफ्नो कारोवार स्थल संग सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट (PAN) लिने हो सोही कार्यालय छनौट गरी OK बटनमा क्लिक गर्नुहोस ।
  • Submission No. प्राप्त गरी आवश्यकता अनुसारको व्यक्तिगत वा व्यवसायिक (Personal/ Business) छनौट गर्नुहोस ।
  • अब Screen मा माग भए बमोजिमको विवरणहरु प्रविष्टि गरी Save बटनमा क्लिक गर्नुहोस ।
  • आवश्यक सबै विवरण रुजु गरी विवरण ठीक भएमा Submit Button Click गरी विवरण Submit भएको जानकारी प्राप्त गर्नुहोस ।
  • यसरी विवरण Submit भैसकेपछि त्यस पेजमा भएको Save र Submit Button Disable भै Print Button मात्र Enable हुन्छ ।
  • अब Print Button मा क्लिक गरेर विवरण प्रिन्ट गरी आवश्यक अन्य कागजातहरु (जस्तै व्यवसाय दर्ता प्रमाण, दुई प्रति पासपोर्ट साइजको फोटो, नागरिकताको फोटोकपि, घरभाडा सम्झौता लगायतका कारोबार स्थल पहिचान हुने गरी तयार गरेको हस्तलिखित नक्सा) सहित सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा गएर स्थायी लेखा नम्बर (PAN) प्राप्त गर्न सकिन्छ ।
  • तपाईंलाई कुनै कुरा स्पष्ट नभएमा Help मा गई सहयोग लिन समेत सक्नु हुनेछ ।

 

आन्तरिक राजस्व विभागले स्थायी लेखा नं. लिनुपर्ने भनी तोकेको निर्धारण योग्य आय आर्जन गर्न चाहने वा भुक्तानीमा करकट्टी गर्नुपर्ने जुनसुकै व्यक्तिले त्यस्तो आय आर्जन गर्नु वा करकट्टी गर्नु अगावै स्थायी लेखा नम्बर अनिवार्य रुपमा लिनुपर्दछ । स्थायी लेखा नम्बर लिन अनिवार्य नभएको र स्थायी लेखा नं प्राप्त नगरेका अन्य व्यक्तिले पनि स्थायी लेखा नं. लिन सक्नेछन् ।

 

व्यवसाय दर्ता गरिसकेपछि Personal PAN लाई व्यावसायिक स्थायी लेखा नम्बर (Business PAN) मा परिवर्तनका लागि व्यवसाय दर्ता प्रमाणपत्र सहित सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा निवेदन दिएको अवस्थामा Personal PAN लाई कार्यालयले Business PAN मा रुपान्तरण गरिदिन्छ ।

Personal PAN लिन प्राकृतिक व्यक्तिले आफ्नो नाम, थर, स्थायी ठेगाना, पिताको नाम, जन्म मिति, नागरिकता/परिचयपत्र नम्बर बारे जानकारी गराउनु पर्दछ । सो साथ नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, विदेशीको हकमा राहदानी वा सम्बन्धित कुटनैतिक नियोगद्वारा जारी गरिएको परिचयपत्र, पेशागत प्रमाणपत्रको प्रतिलिपी र दुई प्रति फोटो पेश गर्नु पर्दछ । व्यावसायीक स्थायी लेखा नम्बर (Business PAN) को लागि व्यवसाय दर्ता प्रमाणपत्र समेत पेश गर्नुपर्दछ ।

 

PAN लिनको लागि भर्नुपर्ने निवेदन फारामको ढाँचा www.ird.gov.np को वेबसाइटबाट डाउनलोड गरी प्राप्त गर्न सकिन्छ । साथै आन्तरिक राजस्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, आन्तरिक राजस्व विभागबाट स्थायी लेखा नं. जारी गर्न स्विकृति प्राप्त उद्योग बाणिज्य संघहरु लगायतका निकायहरुबाट समेत प्राप्त गर्न सकिन्छ ।

 

PAN लिनका लागि कुनैपनि किसिमको दस्तुर बुझाउनु पर्दैन ।

जुनसुकै ठाउँबाट इन्टरनेट मार्फत् फाराम डाउनलोड गरी अनलाईनबाट नै PAN का लागि आवेदन गर्न सकिन्छ । यसरी अनलाईन आवेदन फाराम भर्दा प्राप्त भएको निस्सा (सब्मिशन नम्बर) लिई सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क राख्नु पर्दछ । रोजगारी गर्ने व्यक्तिले आफ्नो रोजगारदाता मार्फत् पनि Personnel PAN का लागि आवेदन गर्न सक्दछन् ।

PAN नलिई उद्योग व्यापार पेशा व्यवसाय संचालन गरेमा आयकर ऐन, २०५८ को उल्लघंन हुन गई दण्ड जरिवानामा समेत परिन्छ । तसर्थ उद्योग व्यापार पेशा व्यवसाय थालनी गर्नु अगावै PAN का लागि आवेदन गरी PAN लिनुपर्दछ ।

एउटा व्यक्ति (प्राकृतिक व्यक्ति वा निकाय) ले जीवनमा एउटा मात्रै PAN लिन सक्दछ । त्यसैमा आफ्नो व्यवसायको प्रकारहरु थप गर्दै लैजानु पर्दछ । प्राकृतिक व्यक्तिले थप कारोबार गर्न चाहेमा सोही PAN मा कारोबार थप गर्नुपर्दछ ।

PAN लिएपछि कारोवार गर्न, आयात निर्यात गर्न, बैंकसँग ऋण लिन एवं राजस्वसम्बन्धी सम्पूर्ण काम गर्न सहज हुन्छ । साथै तपाईको व्यवसायमा पारदर्शिता आउने हुन्छ । PAN लिएर त्यसको आधारमा करदाताको पहिचान पाउनु तपाईको लागि गौरवको विषय हो । यो हरेक करदाताको पहिचान सम्बन्धी विशेष संकेत पनि हो ।

आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयहरुमा रहेको हेल्पडेस्क, www.ird.gov.np को वेबसाईट र उद्योग वाणिज्य महासंघहरुबाट समेत थप जानकारी र सहयोग लिन सकिन्छ ।

PAN का लागि आवेदन गर्दा प्राकृतिक व्यक्तिको हकमा आफ्नो २ प्रति पासपोर्ट साइजको फोटो बुझाउनु पर्छ । निकायको हकमा संचालक समितिले निर्णय गरे अनुसारका व्यक्तिको फोटो संलग्न गर्नुपर्दछ ।

विदेशी नागरिकले नेपालको प्रचलित कानून अनुसार नेपालमा उद्योग, व्यापार, पेशा, व्यवसाय, रोजगारी वा लगानी गर्दा PAN लिनु पर्दछ । यसका लागि आवेदन गर्दा अन्य कागजातका अतिरिक्त निजको परिचय खुल्ने राहदानी वा सम्बन्धित कूटनैतिक नियोगद्वारा जारी गरिएको परिचयपत्र पेश गर्नु पर्दछ ।

गैर बासिन्दा व्यक्तिको हकमा निज स्वयंले वा निजको नेपालमा रहेको स्थायी संस्थापन वा प्रतिनिधिले PAN लिन आवेदन गर्नुपर्दछ ।

PAN का लागि आवदेन गर्दा कर चुक्ता प्रमाणपत्र वा पुरानो आय विवरण, कर रकम, अग्रिम कर कट्टी रकम दाखिला गर्नु पर्दैन । कारोवार शुरु गर्न बाँकी नै रहेको करदाताले त झन् पर्दै परेन । तर आन्तरिक राजस्व कार्यालयले पुराना करदाताबाट (साविकदेखि कारोवार गरिरहेका) कर असुली प्रयोजनका लागि आय विवरण, अग्रिम कर माग गर्न सक्दछ । भाडाको घरमा बसेको करदाताको ठेगानाको पहिचानको लागि बसेको ठाउँको (कारोवार स्थलको) नक्सा र घरबहालको सम्झौता भने आवश्यक पर्दछ ।

पुरानो आयकर दर्ता प्रमाणपत्र लिने व्यक्तिले पनि PAN लिन अनिवार्य छ । पुरानो आयकर प्रमाणपत्रलाई यसले प्रतिस्थापन गर्दछ । यो नयाँ नम्बरले हिजोको व्यवसायलाई भने नियमितता दिन्छ ।

PAN एउटा स्थायी परिचयपत्र हो । यसको नवीकरण गराइ राख्न पर्दैन । तर करदाताको ठेगाना, कारोवार स्थल वा कारोबारको प्रकृति आदिमा कुनै परिवर्तन भए सोको सूचना सम्बन्धित आन्तरिक राजस्व कार्यालय/करदाता सेवा कार्यालयलाई परिवर्तन भएको मितिले १५ दिन भित्र दिनुपर्नेछ ।

PAN नलिएका व्यक्तिले पनि करयोग्य कारोवार गरेको भए आय विवरण पेश गर्ने र लाग्ने कर तिर्नु पर्दछ । PAN नलिंदैमा करको दायित्वबाट मुक्ति पाइंदैन । कर तिरेपछि सोको निस्सा (कर चुक्ता प्रमाण) पनि पाइन्छ । तर PAN नलिंदा जरिवाना हुने, PAN ले करदातालाई नै फाइदा पुग्ने भएकोले PAN लिनका लागि पनि आवेदन गर्नु अनिवार्य हुन्छ । यो लिन सजिलो पनि  छ ।

स्थायी लेखा नम्बर (PAN) लिन देहायका कागजात पेश गर्नु पर्दछः       

          क) व्यक्तिगत व्यवसायिक स्थायी लेखा नम्बर लिन (Individual Business PAN) को लागि

  • एकलौटी फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपी,
  • आवेदन पत्रमा दस्तखत गर्नेको पासपोर्ट साइजका २ प्रति फोटोहरु,
  • प्रोप्राइटरको नागरिकताको प्रतिलिपी
  • मुख्य कारोवार स्थल वा प्रधान कार्यालय देखिने गरी बनाइएको नक्सा र प्रोप्राइटरको २ प्रती फोटो समावेश गर्ने साथै आफ्नो भवन भए लालपूर्जाको फोटोकपी अन्यथा घरधनी सँगको घरबहाल सम्झौताको फोटोकपी ।

ख) व्यवसायिक स्थायी लेखा नम्बर लिन (Business PAN Entity) को लागि

  • फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपी,
  • आवेदन पत्रमा दस्तखत गर्नेको पासपोर्ट साइजका २ प्रति फोटोहरु,
  • संचालकहरुको नागरिकताको प्रतिलिपी,
  • मुख्य कारोवार स्थल वा प्रधान कार्यालय देखिने गरी बनाइएको नक्सा र संचालकको २ प्रती फोटो समावेश गर्ने साथै आफ्नो भवन भए लालपूर्जाको फोटोकपी अन्यथा घरधनी सँगको घरबहाल सम्झौताको फोटोकपी ।

           ग) स्थायी लेखा नम्बर (PAN) लिन समय लाग्दैन, तुरुन्त पाइन्छ ।

PAN लिएपछि आफ्नो वैयक्तिक विवरण र PAN संख्या उल्लेख भएको फोटो सहितको PAN कार्ड वा प्रमाणपत्र पाइन्छ ।

PAN लिन आवेदन गर्दा इन्टरनेटका माध्यमबाट वा अरुलाई मञ्जुरीनामा दिएर पनि आवेदन गर्न सकिन्छ तर PAN कार्ड लिंदा आफू करदाताले (निकायको हकमा अधिकृत व्यक्तिले) प्राप्त गर्ने प्रमाण पत्रमा दस्तखत गर्नुपर्ने हुँदा स्वयं उपस्थित हुनु पर्दछ ।

घरमै बसेर कम्प्यूटरबाट इन्टरनेटका माध्यमले PAN का लागि आवेदन गर्न सकिन्छ तर PAN कार्ड लिन आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा उपस्थित भई कार्ड लिनु पर्दछ ।

PAN नलिई कारोवार गर्दा आयकर ऐनको अनिवार्य व्यवस्था नमाने वापत ऐनको दफा ११९ क अनुसार रु.५ हजार देखि २५ हजारसम्म शुल्क लाग्दछ । साथै आयात निर्यात गर्दा वा बैकिंग कारोवार गर्दा वा सरकारी/सार्वजनिक निकायसँग सरोकार पर्ने कार्य गर्न पाईदैन ।

सोही नम्बर प्रयोग गर्नका लागि व्यवसाय दर्ता गरी व्यावसायिक स्थायी लेखा नम्बरमा परिवर्तनका लागि आवश्यक कागजात सहित कारोवार स्थलसँग सम्बन्धित आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयहरुमा निवेदन दिनु पर्दछ ।

सोही नम्बर प्रयोग गर्नका लागि व्यवसाय दर्ता खारेज वा स्थगन गरी व्यक्तिगत स्थायी लेखा नम्बरमा परिवर्तनका लागि आवश्यक पर्ने कागजातहरु सहित सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयहरुमा निवेदन दिनु पर्दछ ।

स्थायी लेखा नम्बरका बारेमा थप जानकारी लिन विभागको वेबसाइट www.ird.gov.np मा Log On गर्न सकिन्छ । साथै आन्तरिक राजस्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, आन्तरिक राजस्व विभागबाट स्थायी लेखा नम्बर जारी गर्न स्वीकृति प्राप्त उद्योग बाणिज्य संघहरु लगायतका निकायहरुबाट समेत स्थायी लेखा नम्बर (PAN) बारे थप जानकारी पाउन सकिन्छ ।

स्थायी लेखा नम्बर लिन अनलाइन विवरण भर्दा प्रयोग गर्ने युजर आइ डी र पासवर्डमा आफुलाई सजिलो हुने र सम्झन सक्ने शब्द राख्न सकिन्छ । जस्तै युजरनेममा आफ्नो नाम र पासवर्डमा मोवाइलन नम्बर आदि । तर यसरी राखिएको युजरनेम, पासवर्ड र सब्मीसन नम्बरबाट पुन लगइन गरी सबमिट नगर्दा सम्म संशोधन एवं तत् पश्चात निवेदन प्रिन्ट गर्न सकिनेछ ।

ब्यक्तिगत ब्यावसायिक स्थायी लेखा नम्बर लिएको ब्यक्तिले अर्को ब्यक्तिगत स्थायी लेखा नम्बर लिनु पदैन सोही स्थायी लेखा नम्बरलाई नै अन्य कामका लागि पनि प्रयोग गर्न सकिन्छ । एउटै ब्यक्तिको दुइवटा स्थायीलेखा नम्बर हुँदैन ।

ब्यावसायिक स्थायी लेखा नम्बर हरायो भने आफुलाई स्थायी लेखा नम्बर संझना छ भने सो  स्थायी लेखा नम्बर लिएको कार्यालयमा गइ निवेदन दिई पुन प्राप्त गर्न सकिन्छ । यदी स्थायी लेखा नम्बर संझनामा छैन भने आफनो नागरिकताको प्रमाण पत्र लिई सम्बन्धीत कार्यालयमा गई स्थायी लेखा नम्बर खोजी गर्न आग्रह गर्ने र स्थायी लेखा नम्बर पत्ता लागेपछि निवेदन दिई कार्ड पुन: प्राप्त गर्न सकिन्छ । यदि मू.अ.करमा दर्ता भएको करदाता हो भने निवेदन साथ रु.१०० दस्तुर तिरी पुन प्राप्त गर्न सकिन्छ ।

आर्थिक वर्ष २०७६/७७ को बजेट बक्तव्यले कुनै ब्यक्तिले कुनै आर्थिक वर्षमा आय आर्जन गर्ने कार्य (जस्तै तलब, भत्ता, ज्याला, तथा घर बहाल लगायत) गर्दछ भने ती सबै ब्यक्तिले अनिवार्य रुपमा ब्यक्तिगत स्थायी लेखा नम्बर (PAN)  लिनु पर्ने व्यवस्था गरेको र यस नितीगत व्यवस्थालाई "सवैका लागि स्थायी लेखा नम्बर" भनिएको हो ।